Advertisement

समाचार

अक्सलमा अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न माग !

अक्सलमा अनेरास्ववियुका नेता माथि आक्रमण, अपराधिलाई कारबाही गर्न माग !

समाचार
अक्सल क्याम्पसमा एमाले निकट अनेरास्ववियुका नेतामाथि कुटपिट भएकाे छ । अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशी अनेरास्ववियु क्याम्पस कमिटीद्धारा आयाेजित कार्यक्रममा सहभागी भएर निस्किदै गर्दा अनेरास्ववियु क्रान्तिकारीका टाेलिले आक्रमण गरेर घाइते बनाएकाे अनेरास्ववियुका प्रवक्ता प्रकाश पाैडेलले जानकारी दिनुभयाे । 'आक्रमणकाे अनेरास्ववियु घाेर निन्दा र भर्त्सना गर्दछ' अनेरास्ववयुबाट जारी विज्ञप्तिमा उल्लेख छ- 'तत्काल सिसिटिभि फुटेज हेरेर अपराधीलाई अविलम्ब पक्राउ गरेर कारबाही अघि नबढाए हामी प्रतिरोधमा उत्रने प्रशासनलाई चेतावनी दिन चाहान्छौ ।'  विज्ञप्तिमा अस्कल क्याम्पसमा पटक पटक भैरहेको यस किसिमको अपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइको लागि संगठन तयार रहेकाे उल्लेख गर्दै अपराधीलाई राज्यको आडमा संरक्षण गरिर...

वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र प्यालेस्टाइन सेमिफाइनलमा

समाचार
धनगढी - साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।  समूह बी अन्तर्गत बिहीबारको खेलमा नेपाल र प्यालेस्टाइन दुवै विजयी भएपछि नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । गएरातिको खेलमा प्यालेस्टाइनले सिरियालाई १-० ले पराजित गरेपछि नेपालसँगै प्यालेस्टाइन पनि अन्तिम चारमा पुगेको छ । त्यसअघि नेपालले इराकलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको थियो । समूह बी मा नेपाल र प्यालेस्टाइन दुवैले लगातार दोस्रो खेल जित्दै ६ अंक जोडेका छन् । तर गोलअन्तरमा नेपाल अघि छ । अब शनिवार हुने नेपाल र प्यालेस्टाइनबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो । लगातार दुई खेल हारेका इराक र सिरिया भने समूह चरणबाटै बाहिरिएका छन् । ८ टोली सहभागी प्रतियोगितामा ...

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ 

समाचार
धनगढी - कैलालीको धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना बिहीवार साँझ पक्राउ परेका हुन्।  अस्थायी प्रहरी पोष्ट शान्तीनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका-२ विश्वनाथ मन्दिर नजिकबाट १ ग्राम ५५०मिलिग्राम लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...

धनगढीको जाखोर तालमा चराको उपस्थिति बाक्लो

समाचार
धनगढी - धनगढीको जाखोर तालमा चराको उपस्थिति बढेको छ ।  पछिल्लो समय तालमा मानवीय हस्तक्षेप रोकिएपछि विभिन्न प्रजातिका चरा तालमा बढ्न थालेका हुन् ।  धनगढी उपमहानगरपालिका-७ देवहरिया उद्यानमा रहेको यो ताललाई विगतमा माछा पालनका लागि ठेक्कामा दिइएपछि चराहरूको सङ्ख्या घटेको थियो । केही समययता जाखोर तालमा माछा पालन गर्न र मार्नमा रोक लगाइएको छ ।  माछा पालन कार्य रोकिएपछि तालमा रैथाने र आगन्तुकको चराहरूको उपस्थिति बढिरहेको चराविद् हिरुलाल डङ्गौराले बताए ।  उनका अनुसार सङ्कटापन्न नकटा चरासहित सिलसिले हाँस, लामऔंले, बगाले सिम कुखुरा, कर्रा साउरी, विभिन्न प्रजातिका बकुल्लाको सङ्ख्या जाखोर तालमा बढिरहेको छ ।  देहरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा जाखोर ताल फैलिएको छ ।...
धनगढीको डिस्कभरी स्कुलको वार्षिकोत्सव सम्पन्न !

धनगढीको डिस्कभरी स्कुलको वार्षिकोत्सव सम्पन्न !

समाचार
धनगढी: धनगढीको डिस्कभरी इङ्गिलस बोर्डिङ स्कुलको बार्षिकोत्सव सम्पन्न भएको छ। विद्यार्थीका विभिन्न प्रतिभाहरु प्रदर्शनी सहित स्कुलको वार्षिकोत्सव सम्पन्न भएको हो। विद्यार्थीहरुले आफै निर्माण गरेका विभिन्न हस्तकलाको प्रदर्शनी सहित वार्षिकोत्सव मनाइएको हो। शिक्षाविद् शिवहरि मुडभरीको प्रमुख आतिथ्यतामा आयोजित  स्कुलको १५ औँ वार्षिकोत्सवमा विद्यार्थीहरुले विभिन्न संस्कृती झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा  उशु खेल प्रदर्शनी योग नृत्य लगायतका जनचेतनामूलक सन्देश दिने नाटक  प्रस्तुत गरिएको थियो। ब्यवस्थापन समितिका अध्यक्ष बृखबहादुर सिहंको अध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्याय, धनगढी प्यावसनका अध्यक्ष नरेन्द्र सिहंसहित विभिन्न विद्यालयका प्रधानाध्यापक र विद्यालयका अभिभावकहरूको  उपस्थित...

भासु भिरमा द्वन्द कालिन एम्बुस विष्फोट हुँदा ४ जना घाइते

समाचार
कैलाली - भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझ द्वन्द कालिन समयामा राखिएको विद्युतीय धराप(एम्बुस) विष्फोट हुँदा चार जना घाईते भएका छन् ।  सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस विष्फोट हुँदा चालकसहित चार जना घाईते भएका हुन् ।  घाइते हुनेमा जेसिबी चालक  कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले  बताए । घाईते चार जना मध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ । अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । ...

टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ

समाचार
धनगढी - कैलालीको टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका-१ स्थित एयरपोर्टबाट ९८० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका २३ वर्षीय आरोन थापा बुधवार साँझ पक्राउ परेका हुन्।  ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। ...

एमाले कैलालीको नेतृत्व चयन गर्न आज मतदान हुँदै 

समाचार
धनगढी - सुखडमा जारी नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन कमिटीले बुधबार दिउँसो २ बजे मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो तर मनोनयन दर्ता, उम्मेदवारी नामावली प्रकाशन, दाबी विरोधमा समय लागेका कारण मतदान आजलाई सारिएको हो । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार बिहान ८ बजेपछि मतदानको समय तय गरिएको छ । एमाले कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन् । अध्यक्षमा उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य कमलसिंह रानाले भने पाण्डेलाई समर्थन गर्दै फिर्ता लिएका छन् ।  सुखडमा जारी अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । बुधबारसम्म सहमतिको प्रयास जारी राखे...

कैलालीको एक गौशालामा राष्ट्रिय जनावरको बिजोग

समाचार
धनगढी - स्थानीय सरकारले व्यवस्थापन गरेको कैलालीको एक गौशालामा राष्ट्रिय जनावर गाईको बिजोग देखिएको छ ।  गोदावरी नगरपालिका–९ भल्कामा रहेको गौशालामा चौपायाको बिजोग भएको हो । छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसाथ गोदावरी नगरपालिकाले गौशाला स्थापना गरेर त्यहाँ गाईगोरु व्यवस्थापन गरेको छ । तर गौशालामा राखिएका चौपाया भोकभोकै मरिरहेका छन् ।  राम्रो स्याहार र खाना नपाएर धेरै चौपाया मरिसकेको स्थानीयको भनाइ छ । वडा अध्यक्ष रामलाल रानाले खाना नपाउँदा चौपाया मरिरहेको बताए । उनले वडामा बजेट नभएका कारण चौपायाका लागि पराल खरिद गर्न नसकेको उल्लेख गर्दै भने , “केही उपाय नलागेपछि मैले आफ्नो व्यक्तिगत पैसाले नुन, त्रिपाल लगायतको कुरा किनेर दिएको थिएँ ।”  एक चोटि सेहरी गाउँवासीले प्रतिघरबाट एकसय रुपियाँ सङ्कलन गरी चौपायाका लागि पराल खरिद गरेको अध्यक्ष रानाले जानकारी दिए । उनका अनु...

अछाममा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज राष्ट्रपति पौडेल आउँदै

समाचार
अछाम - अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज बिहीवार राष्ट्रपति रामचन्द्र पौडेल आउने भएका छन्।  बिहीवारदेखि २५ गतेसम्म वैद्यनाथ धाममा लाग्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल अछाम आउन लागेका हुन्। कोटीहोम मुल आयोजक समितिका अनुसार आज बिहान राष्ट्रपति पौडेल ११ वजे कोटिहोम (महाकुम्भ)को समुद्घाटन गर्ने छन्।  नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो। जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ। साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा आजदेखि २५ गते शिवरात्रीसम्म कोटिहोम महायज्ञ सञ्चालन हुनेछ। कोटिहोम महायज्ञमा झन्डै डेढ करोड खर्च हुने अनुमान छ।...

बझाङमा कार्यसम्पादन मूल्यांकनमा छबिसपाथीभेरा प्रथम

समाचार
बझाङ - आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा बझाङको छबिसपाथीभेरा गाउँपालिका बझाङका स्थानीय तह मध्य उत्कृष्ट भएको छ ।  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार छबिसपाथिभेरा गाउपालिकाले ४६ .८१ अंक प्राप्त गरी स्थानीय तह मध्येमा पहिलो बनेको हो ।  आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार ...

कैलालीको चुरेमा सडक खन्दा विस्फोट

समाचार
धनगढी - कैलालीको चुरेमा विस्फोट भएको छ।  जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा विस्फोट भएको हो । भीमदत्त राजमार्गम मर्मतका लागि डोजरले खन्दा विस्फोट भएको प्रहरीले बताएको छ। विस्फोटका कारण डोजरका चालकसहित तीन जना घाइते भएका छन् ।  विस्फोट भएको बस्तुको विषयमा भने खुलेको छैन । प्रहरी घटनास्थल तिर गएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज