Advertisement

समाचार

विश्वकप क्रिकेट लिग–२ : नामिबियासँग नेपालको दोस्रो हार

समाचार
धनगढी - आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नामिबियासँग दोस्रो हार व्यहोरेको छ ।  बुधबार भएको खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जित्यो र नेपाललाई ब्याटिङको निम्तो दियो ।  ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर सातौं ओभरमा नेपालले दुई विकेट गुमायो ।  ओभरको दोस्रो बलमा भुर्तेल (१८)लाई एलबीडब्लू धरापमा पारेका बर्नार्ड स्कोल्जले चौथो बलमा अनिलकुमार साह (०) लाई पेभेलियनको बाटो देखाए । नेपालले थप ५ रन जोड्दा देव खनाल पनि शून्यमै आउट भए । आसिफ शेखले कुशल मल्लसँग मिलेर नेपालको इनिङ्स अगाडि बढाए । दुवैले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० रन पुर्‍याए । त्यसक्रममा आसिफले अर्धशतक पनि पूरा गरे । तर २०औं ओभरको पाँचौ बलमा स्कोल्जले नै आसिफलाई एलबीड...

अछाममा जिप दुर्घटना : एक बालकको मृत्यु, १४ घाइते

समाचार
अछाम - लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् ।  घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेको बताइएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको ज्यान गएको गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले बताए । चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  घाइतेहरुको एम्बुलेन्स, जिपबाट उद्धार गरेर बयलपाटा अस्पतालमा पुर्‍य ाएर उपचार भइरहेको अध्यक्ष साउँदको भनाइ छ । अन्य घाइतेको सङ्ख्या, नामथर र ठेगानाका बारेमा विवरण सङ्कलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । से १ झ ४२९ नम्बरको जिप लुग्राको आमरुख नजिक दुर्घटना भएर करिब एकसय ५० मिटर तल खसेको बताइएको छ । घटनास्...

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

समाचार
धनगढी - कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  जिल्लाको टीकापुरमा इन्टरनेटको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो। टीकापुर नगरपालिका–१ जमरा पारीमा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्बाहीले करेन्ट लागेर एक होटेलमा काम गर्दै आएका बर्दियाका ३३ वर्षीय शैलेश भुलको मृत्यु भएको छ।  उनलाई बुधवार बिहान करेन्ट लागेको र तुरुन्तै टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए।  इन्टरनेट सेवा प्रदायक कम्पनीले तारको व्यवस्थापन नगरेको र छरपस्ट रहेका तारका कारण करेन्ट लागेको स्थानीयले बताएका छन्।  इलाका प्रहरी कार्यालय टीकापुरले मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै रहेको छ। घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।...

नेपालले आज नामिवियासँग खेल्दै

समाचार
काठमाडौं - नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ ।  खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ । नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् । नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो ।  नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।...

यस्तो छ आजको मौसम

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।...

दार्चुलामा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु

समाचार
दार्चुला - दार्चुलामा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–६ की १८ वर्षीया मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेर मंगलवार मृत्यु भएको हो। मंगलवार रातोपौड भन्ने भीरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्।  मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भीरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए। ...

वाफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

समाचार
धनगढी - वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई हराएको छ ।  साउदी अरेबियाको राजधानी रियादमा रहेको  किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपालले सिरियालाई ४–१ गोलले जितेको हो । नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक/एक गोल गरेका हुन् । नेपाल प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । नेपालले दोस्रो खेलमा भोलि इराकसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।...

क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी

समाचार
धनगढी - क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल  ए २ विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो । नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए ।  ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए । यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो । क्यानडाका लागि श्रेयास मोभ्भाले ...

धनगढीमा दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न

समाचार
धनगढी - कैलालीको धनगढीमा दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न भएको छ ।  सुप ईन्टरटेनमेन्ट हाउस प्रालिद्वारा आयोजित म्युजिक अवार्ड २०८० को फाईनल कार्यक्रम शनिबार कैलाली उद्योग वाणिज्य संघ धनगढीमा रहेको शुभम होटलमा एक औपचारिक समारोहका बीच सम्पन्न भएको हो । सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी रहेका थिए ।  कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा विभिन्न बिधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड बितरण गरिएको थियो ।  नेपाली लोकसंगितसँग आबद्ध बरिष्ठ तथा अनुज गायक, गायिका, सर्जक, व्यवसायी तथा सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न ...

रासस सुदूरपश्चिमले मनायो ६३औं वार्षिकोत्सव 

समाचार
धनगढी - राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिमले ६३ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार धनगढीमा "सुशासन र समृद्धिका लागि रासस" विषयक अन्तरक्रिया कार्यक्रम गर्दै रासस सुदूरपश्चिम प्रदेशले ६३औं वार्षिकोत्सव मनाएको हो । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भिमबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा रासस सुदूरपश्चिम प्रदेशका अध्यक्ष सिद्धराज भट्टको अध्यक्षता रहेको थियो । समारोहमा सुदूरपश्चिम वन तथा वातावरण मन्त्री रमेश धामी, प्रदेश सभा सदस्य प्रकाश बम र कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको विशिष्ट आतिथ्यता रहेको थियो । उक्त समारोहको सञ्चालन राससकी घोडाघोडी संवाददाता इन्दु केसीले गरेकी थिइन् ।...

आजको मौसम : सुदूरपश्चिमसहित केहि स्थानमा हल्ला वर्षा

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।  जस्को प्रभावले अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।...

दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प

समाचार
धनगढी - दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज (मंगलवार) बिहान भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो। केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको थियो।  यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज