
धनगढी – धनगढीको जाखोर तालमा चराको उपस्थिति बढेको छ ।
पछिल्लो समय तालमा मानवीय हस्तक्षेप रोकिएपछि विभिन्न प्रजातिका चरा तालमा बढ्न थालेका हुन् ।
धनगढी उपमहानगरपालिका-७ देवहरिया उद्यानमा रहेको यो ताललाई विगतमा माछा पालनका लागि ठेक्कामा दिइएपछि चराहरूको सङ्ख्या घटेको थियो । केही समययता जाखोर तालमा माछा पालन गर्न र मार्नमा रोक लगाइएको छ ।
माछा पालन कार्य रोकिएपछि तालमा रैथाने र आगन्तुकको चराहरूको उपस्थिति बढिरहेको चराविद् हिरुलाल डङ्गौराले बताए ।
उनका अनुसार सङ्कटापन्न नकटा चरासहित सिलसिले हाँस, लामऔंले, बगाले सिम कुखुरा, कर्रा साउरी, विभिन्न प्रजातिका बकुल्लाको सङ्ख्या जाखोर तालमा बढिरहेको छ ।
देहरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा जाखोर ताल फैलिएको छ ।

