Advertisement
Wednesday, July 9

वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र प्यालेस्टाइन सेमिफाइनलमा

Advertisement

धनगढी – साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । 

समूह बी अन्तर्गत बिहीबारको खेलमा नेपाल र प्यालेस्टाइन दुवै विजयी भएपछि नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

गएरातिको खेलमा प्यालेस्टाइनले सिरियालाई १-० ले पराजित गरेपछि नेपालसँगै प्यालेस्टाइन पनि अन्तिम चारमा पुगेको छ । त्यसअघि नेपालले इराकलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको थियो ।

समूह बी मा नेपाल र प्यालेस्टाइन दुवैले लगातार दोस्रो खेल जित्दै ६ अंक जोडेका छन् । तर गोलअन्तरमा नेपाल अघि छ ।

अब शनिवार हुने नेपाल र प्यालेस्टाइनबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो ।

लगातार दुई खेल हारेका इराक र सिरिया भने समूह चरणबाटै बाहिरिएका छन् ।

८ टोली सहभागी प्रतियोगितामा समूह ए बाट जोर्डन र लेवानोनले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । दुवैले लगातार दुई खेल जितेका छन् ।

अब शुक्रबार हुने यी दुई टोलीको खेलबाट समूह ए को विजेता र उपविजेता निर्णय हुनेछ । नेपालले सेमिफाइनलमा यी दुई मध्ये एक टोलीसँग खेल्नुपर्नेछ ।

जोर्डन साविक विजेता समेत हो भने अहिलेसम्म भएको ७ मध्ये ५ संस्करणको रुपमा पनि जितेको छ । लेवानोनको सबैभन्दा राम्रो नतिजा भनेको उपविजेता हो । गत संस्करणको फाइनलमा लेवानोन जोर्डनसँग नै पराजित भएको थियो । यस्तै लेवानोन दुई पटक तेस्रो भएको थियो ।

पहिलो पटक प्रतियोगिता खेल्दै आयोजकको रुपमा रहेको साउदी अरेबिया र पहिलो पटक नै सहभागिता जनाएको ग्वाम समूह ‘ए’ मा लगातार दुई खेल हार्दै बाहिरिसकेको छ ।

यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बा सर्वाधिक ६ गोल गर्दै शीर्ष स्थानमा छिन् । पहिदलो खेलमा सिरिया विरुद्ध एक गोल गरेकी उनले दोस्रो खेलमा इराकलाई नेपालले ५-० ले हराउँदा पाँचै गोल गरेकी थिइन् ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा अचानक आएको बाढीले टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ। इलाका प्र...
दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ‘ओखर पकेट क्षेत्र कार्यक्रम’मा रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत देखाएर फ...
रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

काठमाडौँ– रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने १९ जना अझै बेपत्ता ...
मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यू...
भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

काठमाण्डाै– जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा ...
इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

बझाङ, मष्टा — सुदूरपश्चिमको विकट बस्ती मष्टा गाउँपालिकामा विकासको उज्यालो फैलाउन इन्जिनियर दीपक बोहराको योगदान उल्लेखनीय बन्दै गए...
छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

बझाङ — जिल्लाको केदारस्यूँ गाउँपालिका–५ का भरत धामीलाई छोरी गुमाएको पीडामा थोरै भए पनि राहत पुगोस् भनेर नेपाल कम्युनिष्ट पार्टी (व...
स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य सेवामा खटिएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज