धनगढी: धनगढीको डिस्कभरी इङ्गिलस बोर्डिङ स्कुलको बार्षिकोत्सव सम्पन्न भएको छ। विद्यार्थीका विभिन्न प्रतिभाहरु प्रदर्शनी सहित स्कुलको वार्षिकोत्सव सम्पन्न भएको हो।
विद्यार्थीहरुले आफै निर्माण गरेका विभिन्न हस्तकलाको प्रदर्शनी सहित वार्षिकोत्सव मनाइएको हो। शिक्षाविद् शिवहरि मुडभरीको प्रमुख आतिथ्यतामा आयोजित स्कुलको १५ औँ वार्षिकोत्सवमा विद्यार्थीहरुले विभिन्न संस्कृती झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा उशु खेल प्रदर्शनी योग नृत्य लगायतका जनचेतनामूलक सन्देश दिने नाटक प्रस्तुत गरिएको थियो।
ब्यवस्थापन समितिका अध्यक्ष बृखबहादुर सिहंको अध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्याय, धनगढी प्यावसनका अध्यक्ष नरेन्द्र सिहंसहित विभिन्न विद्यालयका प्रधानाध्यापक र विद्यालयका अभिभावकहरूको उपस्थिती रहेको थियो। वार्षिकोत्सव कार्यक्रममा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३