Advertisement

समाचार

अखिल क्रान्तिकारी धनगढी नगर समितिको अध्यक्षमा पवन सुनार 

समाचार
धनगढी - अखिल क्रान्तिकारी धनगढी नगर समितिको अध्यक्षमा पवन सुनार चयन भएका छन् । अखिल क्रान्तिकारी धनगढी उपमहानगरको दोस्रो नगर सम्मेलनबाट सुनार निर्विरोध चयन अध्यक्ष पदमा चयन भएका हुन् । शनिबार धनगढीमा भएको सम्मेलनबाट ३९ सदस्य नगर कमिटी गठन गरिएको जनाइएको छ । कमिटीको उपाध्यक्षमा विशाल पन्त, दिपेन्द्र बोहरा, किरण मगर, दिनेश हमाल रहेका छन् भने सचिवमा  सुनिल प्रसाद जोशी चयन भएका छन् । त्यस्तै सहसचिव क्षितिज रावल, शिबराज भट्ट, सरोज पाण्डे र कोषाध्यक्षमा पवन कुँवरलाई चयन गरिएको छ ।...
मिर्गौला स्वेच्छिक दान गर्न किन नपाउने :- हिमालय तिवारि

मिर्गौला स्वेच्छिक दान गर्न किन नपाउने :- हिमालय तिवारि

समाचार
आज १४ मार्च अर्थात विश्व मिर्गौला दिवस , सर्वप्रथम विश्व मिर्गौला दिवसको हार्दिक शुभकामना । अन्य मुलुकमा जस्तै आज हामीले पनि दिवस मनाई रहेका छौँ । मलाई के लाग्छ भने मिर्गौला जोगाउनका लागि भन्दै गरिने जनचेतनामुलक र्‍याली र प्रवचनले मात्रै अब पुग्दैन । यसका लागि नीगिगत रुपमा लचिलो हुन पनि जरुरी छ । किनभने  बिरामीको लागि चाहिने रगत जसको पनि लिन पाइन्छ तर मिर्गौला चाँहि आफ्नो परिवार र नातागोताको मात्रै । यस्तो  किन ? यसलाई पनि स्वेच्छिक दान गर्न मिल्ने नियम बनाउन सकिदैन ? किनभने हामी सबैलाई थाहा छ स्वस्थ मान्छेले आफ्नो शरीरमा भएको दुई मिर्गौला मध्ये एक दान गर्दा शरीरलाई कुनै हानी हुँदैन । मिर्गौला दान गर्दा पनि व्यक्ति स्वस्थ जीवन जिउन सक्छ भने मिर्गौला दान गर्ने परिपाटीलाई किन साघुँरो घेरामा खुम्च्याउने ? ईच्छा भएकाहरुले दान गर्न किन नपाउने ? हो यसलाई धन्दाको रुपमा वा किनबेचको काम...

केएमसीमा तीन दिने जनसंख्या शिक्षामा परियोजना कार्य तथा गोष्ठी सम्पन्न 

समाचार
धनगढी - धनगढीको केएमसीमा जनसंख्या शिक्षामा परियोजना कार्य तथा गोष्ठी सम्पन्न भएको छ । बुधबार बीएड चौथो वर्षमा अध्ययनरत विद्यार्थीको आयोजनामा गरिएको उक्त तीन दिने परियोजना कार्य तथा गोष्ठी कैलाली बहुमुखी क्याम्पसको सेमिनारमा हलमा सम्पन्न भएको हो । उक्त गोष्ठी क्याम्पसमा फागुन २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको हो । कार्यक्रममा बीएड चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेको प्रतिबेदनलाई विभिन्न समूहमा बिभाजन गरि तीन दिनसम्म प्रस्तुत गरिएको कार्यक्रमका संयोजक तथा बीएड चौथो वर्षमा अध्ययनरत विद्यार्थी रोहित महताले बताए । जनसङख्या विषय विशेषज्ञ महेन्द्रराज जोशीले सेमिनार आयोजना गर्नुको उद्देश्य प्रस्तुत गर्दै तीन दिने सेमिनार अन्तक्रिर्यात्मक भएको र प्रत्येक समूहको समिक्षा पनि गरिएको बताए । हरेक समूहको प्रस्तुति अत्यन्तै राम्रो भएको उनले बताएका छन् । विद्यार्थीको आत्मविश्वास द...

रुपालको पनिउटमा रहेको ‘शिव मन्दिर’ रंगरोगनका लागि चन्दा संकलन गरिँदै 

समाचार
रुपाल - होली पर्वका अवसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका-१, रुपाल, पनिउटमा रहेको शिव मन्दिर रंगरोगन गरिने भएको छ । रुपालको पनिउटका समाजसेवी प्रेम प्रसाद भट्टको सहकार्यमा चन्दा संकलन गरि उक्त शिव मन्दिर रंगरोगन गरिने भएको हो । होली पर्वमा मन्दिरलाई आकर्षक एवम् सुन्दर बनाउने र नयाँ पुस्तालाई पनि मन्दिर प्रति आकर्षण बढाउने उद्देश्यले शिव मन्दिर रंगरोगन गरिन लागिएको समाजसेवी प्रेम प्रसाद भट्टले बताएका छन् । गाउँघरमा रहेका ऐतिहासिक सम्पदाहरुको महत्त्वलाई जगाउनका लागि उक्त शुभ कार्यमा सबैले आफू सक्दो सहयोग गरिदिन समाजसेवी भट्टले आग्रह गरेका छन् । सहयोगका लागि PREM PRASAD BHATTA को नाममा Manjushree Finance Limited मा रहेको खाता नम्बर 005000014610 मा सहयोग रमक पठाउँन सकिने अथवा 9848542934 मा सम्पर्क गर्न सकिने उनले बताएका छन् ।  सहयोगका लागि 'QR' पनि उपलब्ध गरिएको छ ।...

कर्णाली पुलमा आगलागी, जल्यो ट्रक

समाचार
धनगढी - सोमबार अपरान्ह्र कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ । पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको राखिएको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो सल्किएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

धनगढीमा कुटपिटबाट एक जनाको मृत्यु

समाचार
धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी गाउँ बस्ने वर्ष ३५ का महेश रानाको ज्यान गएको हो । मृतकमाथि सोही गाउँमा गएराति कुटपिट भएको बताइएको छ । कुटपिटपछि घर गएर सुतेका राना बिहान अचेत जस्तो देखिएपछि परिवारले अस्पताल पुर्‍याउँदा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । उनका अनुसार कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महिला पुरुष गरेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसैगरी, कुटपिट भएको घरलाई सिल गरेर अनुसन्धान गर्ने कार्य भइरहेको छ । राति अर्काको घरमा गएको रानामाथि के कति कारणले कुटपिट भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको चन्दले बताए । उनले अनुसन्धानपछिमात्रै घटनाबारे सबैकुरा यकिन थाहा हुने उल्लेख गरेका छन् ।...

आज ग्याल्पो ल्होसार मनाइँदै

समाचार
धनगढी – शेर्पा समुदायले आज आफ्नो साँस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदैछन् ।  हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् ।  मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।  यसअघि पुष १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाइसकेका छन् ।...
सिपी अस्पतालको सार्वजनिक सुनुवाई  कार्यक्रम सम्पन्न !

सिपी अस्पतालको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न !

समाचार
धनगढी :  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा निर्माणाधिन अवस्थामा रहेको सिपी अस्पतालले त्यस क्षेत्रका स्थानीयहरुसंग सार्वजनिक सुनुवाई गरेको छ । निर्माणाधिन अवस्थामा रहेको अस्पतालमा प्रभावित क्षेत्रका स्थानीयहरुको रायसुझाव लिइ सोही अनुसार अघि बढ्ने उद्देश्यसहित अस्पतालले सार्वजनिक सुनुवाई गरेको हो । सो अवसरमा स्थानीयहरुले रोजगारीका लागि त्यस क्षेत्रका मानिसलाई प्राथमिकता दिनुपर्ने, फोहोर व्यवस्थापन र सरसफाईमा अस्पतालले ध्यान दिनुपर्ने, सामाजिक कार्यमा लगानी गर्नुपर्ने लगायतका सुझाव राखेका थिए । सो अवसरमा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले हरेक निकायले सार्वजनिक सुनुवाई गर्ने तर, आएका सुझावलाई कार्यान्वयन नगर्ने प्रवृति रहेको बताउँदै –‘प्रभावित क्षेत्रका मानिसबाट आएका सुझावहरुलाई सरोकारवाला निकायले सम्बोधन गर्न जरुरी छ । अस्पतालले सुनुवाईबाट...

बैतडीको कुल्लेककोट दरबार संरक्षणको पर्खाइमा

समाचार
बैतडी - कुनै बेला सामाजिक न्याय-अन्याय छुट्याउने थलोका रूपमा रहेको बैतडीको कुल्लेककोट दरबार संरक्षण नहुँदा यहाँ रहेका ऐतिहासिक शिलालेख र मूर्तिहरू डाँडामा अलपत्र परेका छन् ।  कोट भत्केर ढुङ्गा छरपस्ट भएका छन् भने नजिकै रहेको कुवा पुरिन थालेको छ। दशरथचन्द नगरपालिका–४, देवलहाट नजिकैको अग्लो डाँडामा रहेको कुल्लेककोट दरबार बाह्रौँ शताब्दीअघि निर्माण भएको अभिलेख भेटिन्छन्।  दशरथचन्द नगरपालिका–४, कुल्लेककोटबाट दक्षिणतिर ग्वाल्लेक धुरा (अग्लो डाँडा)मा धज्या ढुङ्गा रहेको छ। तत्कालीन समयमा गाउँमा आक्रमण गर्न कटक पसे सो धज्या ढुङ्गाबाट कुल्लेककोट दरबारमा स्थानीय भाषामा ‘धदिउन्या’ (चर्को स्वर निकालेर जानकारी गराउने) चलन रहेको स्थानीयवासीले बताएका छन्।  ग्वाल्लेक क्षेत्रमा अहिले पनि धज्या ढुङ्गालाई अन्यायका बेला बोल्ने ढुङ्गाका रूपमा पूजा हुने गरेको स्थानीय हरिदत्त जोशीले बताउ...

गृहमन्त्री लामिछानेले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण

समाचार
काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।  गृहमन्त्री लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सङ्गठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्था रहको बताए । त्यसको आफूले अन्त्य गर्ने उनले बताए । “कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ । त्यसको योजना बनाएर ल्याउनुस्, कसरी–के गर्नुपर्छ, म गर्नेछु” मन्त्री लामिछानेले भने । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीको साङ्गठनिक संरचना, जनशक्ति परिचालन, समस्या र चुनौतीबारे जानकारी गराए ।...
एमाले बैतडीको  अधिवेशन मा  अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरी दाबेदारी !

एमाले बैतडीको अधिवेशन मा अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरी दाबेदारी !

समाचार
धनगढी: एमाले बैतडीको नवौं अधिवेशनको तयारी पूरा भएको छ। भोलिदेखि पाटनमा शुरु हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको हो। अधिवेशनको उद्घाटनका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बैतडी पुगिसकेका छन्। अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन्। यस्तै अधिवेशनबाट अध्यक्ष बन्नका लागि आधा दर्जन जतिले इच्छा प्रकट गरेका छन्।  जसमध्ये युवा तथा विद्यार्थी नेता एवं अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरीले आफ्नो सशक्त दाबेदारी रहेको कामना टुडे लाई बताए। उनले आफू उम्मेदवार रहने बताउँदै सहमतिमै नेतृत्व चयनको प्रयास गरिने जनाए। उनी युवाहरू माझ लोकप्रिय मानिन्छन्। उनीसहित नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट र हजारी साउँद लगायतले पनि अध्यक्षमा आकांक्षा देखाएको बताइन्छ।...

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

समाचार
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनसँग दुई खेल खेल्नुअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेल यही मार्च १५ अर्थात चैत २ गते मलेसियामा हुने एन्फा महासचिव किरण राईले जानकारी दिए । त्यसका लागि नेपाली टोली मार्च १३ मा मलेसिया जानेछ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा नेपाली टोलीले विश्वकप छनोटको खेलका लागि तयारी गरिरहेको छ । छनोट दोस्रो चरणमा समूह एचमा रहेको नेपालले मार्च २१ र २६ मा बहराइनसँग होम र अवे म्याच खेल्ने तालिका थियो । तर नेपालको घरेलु मैदान दशरथ रंगशालमा अन्तर्राष्ट्रिय खेल खेलाउन लायक नभएपछि नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने भएको छ । उक्त खेल अब न्युट्रल भेन्युमा हुनेछ र खेल कहाँ ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज