रुपाल – होली पर्वका अवसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका-१, रुपाल, पनिउटमा रहेको शिव मन्दिर रंगरोगन गरिने भएको छ ।
रुपालको पनिउटका समाजसेवी प्रेम प्रसाद भट्टको सहकार्यमा चन्दा संकलन गरि उक्त शिव मन्दिर रंगरोगन गरिने भएको हो ।
होली पर्वमा मन्दिरलाई आकर्षक एवम् सुन्दर बनाउने र नयाँ पुस्तालाई पनि मन्दिर प्रति आकर्षण बढाउने उद्देश्यले शिव मन्दिर रंगरोगन गरिन लागिएको समाजसेवी प्रेम प्रसाद भट्टले बताएका छन् ।
गाउँघरमा रहेका ऐतिहासिक सम्पदाहरुको महत्त्वलाई जगाउनका लागि उक्त शुभ कार्यमा सबैले आफू सक्दो सहयोग गरिदिन समाजसेवी भट्टले आग्रह गरेका छन् ।
सहयोगका लागि PREM PRASAD BHATTA को नाममा Manjushree Finance Limited मा रहेको खाता नम्बर 005000014610 मा सहयोग रमक पठाउँन सकिने अथवा 9848542934 मा सम्पर्क गर्न सकिने उनले बताएका छन् ।
सहयोगका लागि ‘QR’ पनि उपलब्ध गरिएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३