धनगढी – धनगढीको केएमसीमा जनसंख्या शिक्षामा परियोजना कार्य तथा गोष्ठी सम्पन्न भएको छ ।
बुधबार बीएड चौथो वर्षमा अध्ययनरत विद्यार्थीको आयोजनामा गरिएको उक्त तीन दिने परियोजना कार्य तथा गोष्ठी कैलाली बहुमुखी क्याम्पसको सेमिनारमा हलमा सम्पन्न भएको हो ।
उक्त गोष्ठी क्याम्पसमा फागुन २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको हो । कार्यक्रममा बीएड चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेको प्रतिबेदनलाई विभिन्न समूहमा बिभाजन गरि तीन दिनसम्म प्रस्तुत गरिएको कार्यक्रमका संयोजक तथा बीएड चौथो वर्षमा अध्ययनरत विद्यार्थी रोहित महताले बताए ।
जनसङख्या विषय विशेषज्ञ महेन्द्रराज जोशीले सेमिनार आयोजना गर्नुको उद्देश्य प्रस्तुत गर्दै तीन दिने सेमिनार अन्तक्रिर्यात्मक भएको र प्रत्येक समूहको समिक्षा पनि गरिएको बताए । हरेक समूहको प्रस्तुति अत्यन्तै राम्रो भएको उनले बताएका छन् ।
विद्यार्थीको आत्मविश्वास देखेर यो कार्यक्रम सफल भएको अनुमान गर्न सकिने कार्यक्रमका प्रमुख अतिथि तथा सहायक क्याम्पस प्रमुख लोकबहादुर बिष्टले बताएका छन् । क्याम्पसले सम्पूर्ण विद्यार्थीलाई शिक्षासँगै रोजगार अभियानमा जोड्ने पनि उनले बताए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३