Advertisement

समाचार

सुनको भाउले बनायो नयाँ रेकर्ड : तोलाको एक लाख २६ हजार

समाचार
धनगढी – नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ ।  सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको हो ।  यसअघि बिहीवार र शुक्रवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

नाउपामा देखियो विवाद : सुदूरपश्चिममा मन्त्री बनेकाहरु अप्ठेरोमा

समाचार
धनगढी – नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीबाट मन्त्री बनेकाहरु अप्ठेरोमा परेका छन् ।  मन्त्री रहिरहन दिने कि फिर्ता बोलाउने भनेर अध्यक्ष रञ्जिता चौधरी र नेता रेशम चौधरीबीच कुरा मिल्न सकेको छैन । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा रञ्जिता र रेशमको मतभेद छ ।  रेशमको निर्देशनअनुसार नागरिक उन्मुक्तिबाट शुक्रवार तीन मन्त्रीले शपथ लिएका थिए ।...

क्याप्टेन बेद उप्रेतीद्वारा लिखित भूस्वर्गको परिकल्पना सुदूरपश्चिम लोकार्पण

समाचार
धनगढी - शनिबार क्याप्टेन बेद उप्रेतीद्वारा लिखित दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूपश्चिम नेपालको लोकार्पण गरिएको छ । लोकार्पणका क्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएकोे बताएका छन् । उनले सुदूरपश्चिममा पर्यटकीय विकासका लागि धेरै काम हुन नसकेको बताउँदै आगामी दिनमा पर्यटकीय क्षेत्रको थप अध्ययन र पहिचान गरी सुदूरपश्चिममा पर्यटनको विकास गर्नुपर्ने बताए ।  क्याप्टेन उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई नेपाल र नेपाल बाहिर चिनाउन सहयोग गर्ने उनले बताए ।  सुदूरपश्चिमको वास्तविक परिदृश्यलाई काल्पनिक विस्मयलोक/भूस्वर्गका रुपमा परिकल्पना गरिएका दृश्य समावेश गरेर तयार पारिएको पुस्तकमा १२० पाना र ९४ रंगिन तस्बिर छन्। पुस्तक नेपाली र अंग्...

कांग्रेस राष्ट्रिय सभाको संसदीय दलको नेतामा सिटौला मनोनयन

समाचार
काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्व महामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।  सभापति देउवाले सिटौलालाई कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जनसहित, २०७४ को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् । यसैगरी, कांग्रेसले सत्ता गठबन्धनमा नरहेका दलहरूसँग परामर्श गरेर अध्यक्षको उम्मेदवार तय गर्ने पनि मुख्य सचिव पौडेलले बताए । ...

रास्वपाले सोमबार बोलायो केन्द्रीय समिति बैठक

समाचार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । सरकारमा सहभागिता, इलाम- २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न २८ फागुन सोमबारको दिउँसो १२ बजे बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । एमाले-माओवादी केन्द्र-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको गठबन्धन बनेपछि २३ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । जसमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् । रास्वपाले सरकारमा सहभागी भइसकेपछि त्यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो । त्यस्तै इलाम- २ मा आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा उ...

बुढीगङ्गा नदीमा हाम फाल्दा एक महिलाको मृत्यु

समाचार
बाजुरा - बुढीगङ्गा नदीमा हाम फाल्दा एक जना महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा त्रिवेणी नगरपालिका –२ सिम्लाकी अञ्दाजी ३८ वर्षीया जानकी न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतक न्यौपानेले आज विहान करिब ६:३० बजे बुढीगङ्गा नदीमा हाम फालेपछि उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचाना अधिकारी दानसिंह भण्डारीले बताएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।...

धनगढीको माईलस्टोनले मनायो १५औं वार्षिकोत्सव

समाचार
धनगढी -  धनगढीको माईलस्टोन इङ्ग्लिस बोर्डिङ स्कुलले १५औं वार्षिकोत्सव मनाएको छ । धनगढी ७ भानुचोकमा रहेकाे माईलस्टोन इङलिस बोर्डिङ स्कुलले शनिबार १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हाे ।  विद्यालयका अध्यक्ष विरेन्द्र मल्लकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका अनुसन्धान विद् प्राध्यापक, डाक्टर दमन चलाउनेको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयकी शिक्षिका विष्ना बम बोहरा र शिक्षक उमेश ढुङ्गाना सञ्चालन गरेको उक्त समारोहमा शिक्षिका निलिमा श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । समारोहमा विद्यार्थीका नृत्य, गायन लगायतका विभिन्न प्रतिभा प्रस्तुत गरिएको छ । २०६५ सालमा २५ जना विद्यार्थीबाट सुरुवात गरेको विद्यालयमा अहिले ४ सय बढी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक भुवन मल्लले बताए ।...

धनगढीको सिटी स्कुलले मनायो १२औं वार्षिकोत्सव

समाचार
धनगढी -  धनगढीको सिटी स्कुलले १२औं वार्षिकोत्सव मनाएको छ । धनगढी ३ बिशालनगरमा रहेकाे सिटी स्कुलले शनिबार १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हाे ।  विद्यालयका अध्यक्ष त्रीविक्रम अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा नास्ट कलेजका क्याम्पस प्रमुख सन्तोष मुड्भरीको प्रमुख आतिथ्यता रहेको थियो । हाल निजि क्षेत्रमा देशभर ३० लाख विद्यार्थी र ६ लाख शिक्षक शिक्षिकाले रोजगारीको अवसर पाएको छ भने सरकारको वार्षिक ६ अर्ब बराबरको लगानी निजि स्कुलले बचाएको प्रमुख अतिथि मुड्भरीले बताए । अहिले जताततै विद्यार्थीलाई नकारात्मक क्षेत्रमा लाग्न प्रेरित भइरहेकोे देखिरहेकाले  स्कुलमा शिक्षक/शिक्षिका र घरमा अभिभावकले विद्यार्थीलाई निगरानी राख्नुपर्ने उनले बताए ।  समारोहमा विद्यार्थीका नृत्य, गायन लगायतका विभिन्न प्रतिभा प्रस्तुत गरिएको छ ।...

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ ।  प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।  मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका छन् भने प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाएका छन् । साथै शिवराज भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालय, र रामेश्वर चौधरीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् ।  साथै, खुशीराम चौधरी विनाविभागीय र इन्दिरा गिरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री भएकी छन् । प्रदेश प्रमुखको कार्यालय धनगढीमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आर्...

निर्देशक अनुप चन्द ठकुरी सम्मानित

समाचार
धनगढी - नेपाली कलाकारिता तथा निर्देशन क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै कलाकार तथा निर्देशक अनुप चन्द ठकुरी सम्मानित भएका छन् । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा सञ्चालित प्रादेशिक ललितकला प्रदर्शनिको समापन समारोहमा उनि सम्मानित भएका हुन् । बिहिबार समापन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलद्वारा उनि सम्मानित भएका छन् ।‌ आईतबारबाट सञ्चालन भएको ललितकला प्रदर्शनी बिहिबार सम्पन्न भएको हो । लामो समयदेखि कलाकारिता तथा निर्देशन क्षेत्रमा रहेका चन्दले ५० भन्दा बढि म्युजिक भिडियो निर्देशन गर्नुका साथै करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् । साथै उनले ३० ओटा भन्दा बढी डकुमेन्ट्री निर्देशन/सम्पादन गरेका छन् । सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष समेत रह...

धनगढीको शिवपुरीमा मनाइँयो महाशिवरात्रि

समाचार
धनगढी - धनगढीको शिवपुरी धाममा आज महाशिवरात्रि पर्व मनाइँएको छ ।  हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी शुक्रबार धनगढीको शिवपुरी लगायत देशभर मनाइँएको हो । शिवपुरी धाममा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । शिवपुरीमा काठमाडौंको पशुपतिनाथ पछि दर्शनार्थीको सबैभन्दा बढी घुइँचो लागेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाम व्यवस्थापन समितिका उपाध्यक्ष सिद्धराज पनेरूले बताएका छन् । आज बिहान तीन बजेबाट दर्शनार्थीले पूजा-आराधना गर्न सुरु गरेको उपाध्यक्ष पनेरूले बताए । शिवपुरीमा वर्ल्ड लिंकको आयोजनामा नि:शुल्क पिउने पानी र जुस राखिएको थियो । धाममा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशले नि:शुल्क  स्वास्थ शिविर सञ्चालन र पिउने पानीको व्यवस्था गरेको थियो । त्यस्तै विश्व हिन्दु परिषद् धनगढी नगरसमितीक...

आज महाशिवरात्रि पर्व मनाइँदै

समाचार
धनगढी - आज महाशिवरात्रि पर्व मनाइँदै छ ।  हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ ।  धनगढीको शिवपुरी धाम लगायत देशभरका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज