नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन सुप प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. उत्कृष्ठ व्यवस्थापकको रुपमा पुरस्कृत
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यूले ६९औं प्रहरी दिवस २०८१ को अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौमा आयोजित विशेष कार्यक्रममा यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) प्रतियोगिता २०८१ मा सवै प्रदेश प्रहरी कार्यालयहरूमध्ये सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र के.सी. लाई उत्कृष्ट व्यवस्थापकीय कार्य गर्नु भए बाफत उहाँको पेशागत निष्ठा र कार्यदक्षताको उच्च मुल्याङ्कन गर्दै प्रशंसा-पत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्यूहरू, अन्य बरिष्ठ प्रहरी अधिकृत ज्यूहरू, बिभिन्न अलंकार प्राप्त गर्ने प्रहरी कर्मचारीहरु, प्रहरी कार्य तथा यस सँग सम्बन्धित बिभिन्न क्षेत्रहरुमा बिशिष्ठ योगदान योगदान पुर्याउनु हुने सम्मानित नागरिकवर्ग, बिभिन्न बिधामा पुरस्कृत...












