पाल्पा —पाल्पाको तानसेन–रानीमहल सडक खण्डको तानसेन नगरपालिका–१, नारायणडाँडामा सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
गुल्मीबाट पाल्पातर्फ आइरहेको लु १ ज ४९६८ नम्बरको इभी गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
गाडीमा १३ जना सवार रहेकामध्ये बाँकी सकुशल छन् । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेको छ ।