Advertisement
Thursday, May 22
Advertisement

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्नुअघि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग अन्तरङ्ग कुराकानी भएको छ । मंगलबार नेकपाको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा दुई शीर्ष नेताबिच एक घण्टा लामो कुराकानी भएको हो ।

काम विशेषले कपिलवस्तु गएका बेला विप्लवलाई भेट्न शर्मा शिवगढी पुगेका थिए । छलफलमा पार्टी एकता र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट लैजाने विषयमा सकारात्मक कुराकानी भएको महासचिव विप्लवले रातोपाटीसँग बताए । तर माओवादीले संस्थागत निर्णय नगरी अहिले नै एकता भइहाल्छ भन्ने अवस्था छ भनेर बुझ्न नहुने उनको तर्क छ ।

‘प्रभाकरजी काम विशेषले यहाँ आउनुभएको थियो । भेटघाट गरौँ भन्ने कुरा भयो, भेट्यौँ । कुराकानी राम्रो भएको छ । पहिलो कुरा देशमा जुन जटिल खालको राजनीतिक परिस्थिति बनेको छ । त्यसबारे थोरै समीक्षा भयो । उहाँले बुझेको र हामीले बुझेको कुरा आपसमा छलफल गर्‍यौँ । दोस्रो कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध भएर अगाडी लैजाने भन्ने विषयमा छलफल भयो । तेस्रो माओवादीबिच एकता र मोर्चाको बारेमा छलफल भयो । पार्टी एकतालाई सकारात्मक ढङ्गले लैजाऔँ भन्ने कुरा भयो । चौथो आन्तरिक बैठक बस्दैछ । त्यसमा सबैले सकारात्मक ढङ्गले पहल गरौँ । एकता र मोर्चालाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भयो । छलफल राम्रो भयो,’ छलफलबारे विप्लवले भने ।

माओवादीभित्रको वैचारिक सङ्घर्षका विषय उनीहरूको आन्तरिक विषय भएकाले सकारात्मक ढङ्गले अगाडि बढोस् भन्ने आफूले शुभेच्छा व्यक्त गरेको उनले जानकारी दिए ।

माओवादी भित्र पछिल्लो समय जुन वैचारिक र सैद्धान्तिक बहस भइरहेको छ । त्यो उहाँहरूको आन्तरिक विषय हुन् । बहस सकारात्मक ढङ्गले अगाडि बढोस् भनेर मैले शुभेच्छा व्यक्त गरेको छु । अध्यक्ष प्रचण्डसँग कुराकानी हुँदा पनि भएको थियो । हामीबिच जति कुरा भएका छन्, ती सकारात्मक भएका छन् । हरेक पार्टीमा वैचारिक र सैद्धान्तिक बहस हुन्छ । यसलाई सकारात्मक रूपमा हल गर्नुपर्छ’, उनले भने, ‘आज पनि यस विषयमा छलफल भयो । उहाँ पनि गम्भीर हुनुहुन्छ । जुन छलफल चलिरहेको छ, त्यो व्यक्तिगत स्वार्थ नभई सिङ्गो माओवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा भएको हो । प्रभाकरले उठाउनुभएको विषय पनि आन्दोलनकै विषय हुन् । यी सबै छलफललाई सकारात्मक ढङ्गले अगाडि बढाउँदा एकता र मोर्चाबन्दीलाई सहयोग पुर्‍याउँछ । सँगसँगै नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नयाँ र खुला तरिकाले अगाडि बढाऊँ भन्ने कुराकानी भए ।’

पार्टी एकता, माओवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा शर्मा पनि गम्भीर रहेको आफूले पाएको उनले बताए । ‘विभिन्न विकल्प छन्, ती विकल्पबारे छलफल गरौँ भन्ने कुरा भएको छ । मिलेर कसरी अगाडि बढ्ने ? एकताका आधार कसरी निर्माण गर्ने ? माओवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा उहाँका कुरा सकारात्मक पाएको छु’, उनले भने, ‘प्रभाकरसँगको कुराकानी त सकारात्मक नै भयो । हामी सहयोद्धा, सहपाठी भएकाले अन्तरङ्ग कुराकानी हुनु स्वाभाविक हो । तर एकताका लागि पहिला त माओवादीले संस्थागत निर्णय गर्नु पर्‍यो नि । माओवादीले अहिलेसम्म निर्णय नै छैन । ठ्याक्कै भोलि वा पर्सी नै भइहाल्छ भन्ने कुरा सही होइन । सायद छिट्टै माओवादी नेतृत्वसँग पनि छलफल हुन्छ ।

’माओवादीले कात्तिकको दोस्रो साता केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । बैठक अगाडि सबै प्रदेशमा परामर्श समिति बैठक बसको थियो । सबै प्रदेशमा भएको परामर्शका आधारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्ताबेज लेख्दै छन् । केन्द्रीय समिति बैठकले विप्लवका पार्टी लगायत अन्य माओवादी घटकसँग एकताबारे औपचारिक निर्णय लिने माओवादी नेताहरूले दाबी गरेका छन् । स्रोत: रातोपाटी

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज