डडेल्धुरा : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार यात्रुवाहक बस दुर्घटनामा परेको छ । यात्रुबाहक बस डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ७ खस्रेखानमा मंगलबार राती साढे बाह्र बजे सडकबाट करिब तिनसय मिटर तल खसेर दुर्घटनामा परेको हो । पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही घाइते भएका छन् । घाइते हुनेमा बैतडी पुर्चौडी नगरपालिका ७ बस्ने नवराज सआउँद, पुर्चौडी ६ बस्ने राजेन्द्र साउँद, कञ्चनपुर कृष्णपुर नगरपालिका ४ बस्ने दिनेश साउँद, डडेल्धुरा आलिताल गाउँपालिका १ बस्ने मुकुन्द बोहोरा, दार्चुला मार्मा ५ बस्ने बिमला महत, कञ्चनपुर कृष्नपुर नगरपालिका ५ बस्ने धनमति साउँद, पुर्चौडी ८ बस्ने पदम बहादुर बोहरा र बस चालक बिरेन्द्र बोहरा रहेका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटना घट्ने बित्तिकै जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठको कमान्डमा २५ जना खटिएका प्रहरी, पोखरा चौकी प्र.ना.नि केशव पन्तको कमाण्डमा ६ जना प्रहरी, प्रहरी बल ५२ नम्बर हेडक्वाटर गण डडेल्धुरा सहायक प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रशाद श्रेष्ठको कमाण्डमा ३५ जना शसस्त्र प्रहरी र प्र.नि. उपेन्द्र बहादुर बमको कमान्डमा १६ जना ट्राफिक प्रहरी तुरुन्त घटना स्थलमा पुगि उद्वार कार्य गरिएको थियो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३