Advertisement

बझाङको खप्तडछान्नामा कार्यान्वयन भएन तोकिएको नयाँ भाडादर, सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार

Advertisement

बझाङ : खप्तडछान्ना गाउँपालिकामा मनोमानी भाडा अशुल्ने क्रम रोकिएको छैन् । केही दिन अघि जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला ट्राफिक कार्यलयले जिल्ला भित्रका राजमार्ग र ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधन जीपको भाडादर कायम गरेको भएपनि जीप धनीहरुले भने अझै भाडादर लागु गरेका छैनन् ।

जिल्लामा सवारी साधनहरुले यात्रुहरुबाट चर्को भाडा लिइरहेको गुनासो गरेपछी जिल्ला प्रशनसन कार्यालयले सवारी साधनको भाडादर कायम गरी लागु गर्न निर्देशन दिएको थियो । तर सवारी धनीहरुले भने भाडादर कार्यन्वयन गरेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको जिल्ला यातायात व्यवस्थापन समितीको बैठकले जयपृथ्वी राजमार्गमा प्रतिकिलोमिटरमा ९ रुपैयाँ र ग्रामीण सडक खण्डमा प्रतिकिलोमिटर २० रुपैयाँ भाडादर तोकेको थियो । तर जीप धनीहरुले पक्की सडक खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँ र कच्ची सडक खण्डमा प्रतिकिलोमिटर ३० देखि ५० रुपैयाँसम्म लिने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बझाङले चैनपुरदेखी तमैलसम्मको १२ किलोमिटरको भाडा ११० रुपैयाँ कायम गरेको भएपनि जीपधनीहरुले २०० रुपैयाँ लिने गरेको पाइएको छ । त्यसैगरी जिल्लाका विभिन्न कच्ची सडक खण्डमा समेत जीप धनीहरुले आफ्नो मनोमानी तरिकाले भाडा लिइरहेका छन् । खप्तडछान्ना गाउँपालिकामा जीप धनीहरुले पुरानै भाडा लिरहेको भएपनि सम्बन्धित निकाय मौन रहेको स्थानीय सागर सिहँले बताए । उनले तमैलबाट कालुखेतीसम्म २ सय १० रुपैयाँ तोकिएको भएपनि ४ सय रुपैयाँ नदिएसम्म जीप धनीले यात्रुलाई ओसारपसार गर्न नमान्ने गरेको गुनासो गरे । भनेजति भाडा तिरेर यात्रा गर्न बाहेक विकल्प नभएपछि आफुहरु धमाधम चर्को भाडा तिर्न बाध्य भएको यात्रुहरुको गुनासो छ । कच्ची सडकमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार गर्दा दुर्घटनाको पनि जोखिम बढेको छ ।

जिल्ला प्रशासनले बेलाबेला भाडादर कायम गर्ने गरेको भएपनि त्यसलाई कार्यान्वयन गर्न नसेको भन्दै प्रशासनको पनि आलोचना बढ्दै गइरहेको छ । जिल्ला प्रशासनले नयाँ भाडादर कार्यान्वयन नगर्ने सवारी सञ्चालकलाई कारबाही गर्ने बताउदै आएपनि फितलो अनुगमन र प्रभावकारी नियमनको अभावले निर्णय कार्यान्वयन हुन सकेको छैन् ।

जिल्ला प्रशासनले एकलौटी रुपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीहरुले भाडादर नघटाउने बताउँदै आएका छन् । सार्वजनिक यातायातको भाडादर घटाइएको हप्तौं बितिसक्दा पनि सो निर्णय कार्यान्वयन नहुँदा सर्वसाधारण मारमा परेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज