Advertisement

समाचार

अखिल भारत नेपाली एकता समाज ले स्थापना दिवस मनायो

समाचार
हिजो नोभेम्बर सात तारीकका दिन अखिल भारत नेपाली एकता समाज ले भारत भरि बिभिन्न ठाउमा ४६ औ स्थापना दिवस भब्य रुप ले मनायको छ। बेंगलोर को पुर्ब नगर समिति ले पनि स्थापना दिवस मा बिभिन्न कार्यक्रम गरेर मनायको छ। उक्त कार्यक्रम मा महिला बिभाग प्रमुख ममता बुढाको अध्यक्षता र केन्द्रीय समिति सदस्य राजेस बिष्ट प्रमुख अथिति रहनु भयको थियो।...
नारायणगढ मुग्लिन सडकको सत्र किलोमा माइक्रोबस र बस ठोक्किए : ४ जनाको मृत्यु

नारायणगढ मुग्लिन सडकको सत्र किलोमा माइक्रोबस र बस ठोक्किए : ४ जनाको मृत्यु

समाचार
चितवन —नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा रहेका चार जना सामान्य घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । घाइतेमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु भएको डीएसपी रिजालले बताए । त्यसैगरी चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा गम्भी...
काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

समाचार
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गर्न लागिएको छ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो । विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको छ । गर्मीयाममा काम गर्न नसकिने, त्यसैबेला वर्षा पनि हुने भएकाले अहिले कात्तिक महिनादेखि नै विमानस्थल स्तरोन्नतीको काम सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । इन्जिनियर अधिकारीका अनुसार रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको हो । प्राधिकरणका अनुसार तीन निर...
अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्स को हुन् ?

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्स को हुन् ?

समाचार
दोस्रोपटक अमेरिकाको राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पको विश्वभर जति चर्चा भइरहेको छ, त्यस्तै चर्चा उपराष्ट्रपति जे.डी. भान्सको पनि भइरहेको छ । किनभने उनी अमेरिकाको इतिहासमै तेस्रो सबैभन्दा युवा उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका ४० वर्षीय भान्स ओहियोका सिनेटर हुन् । उनले ६० वर्षीय डेमोक्रेटिक उम्मेदवार टिम वाल्ट्जलाई हराए । सांसद बनेको दुई वर्षमै ट्रम्पको विश्वास पात्रको रुपमा भान्स उपराष्ट्रपति चुनिएका छन् । अमेरिकामा सबैभन्दा कम उमेरको उपराष्ट्रपतिको रुपमा पहिलो नम्बरमा जोन सी ब्रेकिनरिजको नाम आउँछ । उनी ३६ वर्षको उमेरमै उपराष्ट्रपति बनेका थिए । उनको कार्यकाल १८५७ देखि १८६१ सम्म थियो । उतार–चढावपूर्ण बाल्यकाल भान्सको जन्म १९८४ को अगष्ट महिनामा ओहियो राज्यको मिडलटाउन शहरमा भएको थियो । भान्स ६ वर्षको छँदै उनका आमा–बुवाको छोडपत्र भयो । उनकी आमाले पा...
हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित

हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, हुम्ला
हुम्ला – हुम्लाको  गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । यसअघि जीपमा यात्रा गर्ने नागरिक अब गाउँ–गाउँमा ठूला बस पनि पुग्न थालेपछि दङ्ग भएका छन् । बस सेवा सुरुआत भएपछि सहज मात्र नभइ भाडासमेत केही सस्तो पर्ने भएको छ । अदानचुली ताँजाकोटलगायतको क्षेत्रबाट यसअघि जीपमार्फत सुर्खेतसम्म यात्रा गर्दा खान बस्नबाहेक भाडा छ देखि आठ हजार रुपैयाँसम्म तिर्दै आएका थिए । तर बसको यात्रामा नेपालगञ्जसम्म तीन हजार रुपैयाँमा पुग्न सक्ने अवस्था छ । बस चल्न थाले पनि यातायात समितिको सिन्डिकेटका कारण नियमित सञ्चालन गर्न समस्या पर्ने गरेको गुनासो छ । कर्णाली प्रदेश सभाका सदस्य रणसिंह परियारले यसबारेमा सदनमा कुरासमेत उठाउनुभएको छ । केही दिनअघि मात्रै सिमकोट पुग्नुभएका कर्णालीका मुख्यमन्त्री यमलाल कँडेललाई पनि हुम्लाका नागरिक र जनप्रतिनिधिले नागरिकको सहज यात्रालाई ध्यान दिन र व्यवस्...
नीजि शिक्षक पाल्न अछाममा युवा क्लबले देउसी भैलो खेलेर ३ लाख संकलन

नीजि शिक्षक पाल्न अछाममा युवा क्लबले देउसी भैलो खेलेर ३ लाख संकलन

समाचार
जिल्लाको चौरपाटी गाउँपालिका १ स्थित परिवर्तनशिल युवा क्लबले देउसी–भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन गरेको छ । मटेना टोलमा गठित सो क्लब र देवीस्थान आधारभूत विद्यालयले संयुक्त रुपमा खेलेको देउसी–भैलोबाट ३ लाख ५२ हजार ३६५ रुपैयाँ संकलन गरेको हो । लक्ष्मी पूजाको दिनदेखि संयुक्त रुपमा सुरु भएको देउसी–भैलो बाट उक्त रकम संकलन भएको क्लबले जनाएको छ । करिब पाँच दिनसम्म खेलिएको देउसी–भैलोबाट सो रुपैयाँ संकलन गरिएको हो । क्लब र विद्यालयले खेलेको देउसी भैलो पालिकामै उत्कृष्ट रहेको दाबी समेत गरिएको छ । हरेक वर्ष क्लबले देउसी–भैलोबाट लाखौँ रुपैयाँ संकलन गर्दै आएको छ । यस पटक पनि भैलोलाई निरन्तरता दिँदै क्लबले वडा नम्बर १ भित्रैका विभिन्न टोलमा भैलो मागेको थियो । क्लबले विद्यालयलाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग गरिरहेको छ। क्लबको सहयोगबाट देवस्थान आधारभूत विद्यालयमा निजि श्रोतबाट दुई जना शिक्षक र...
रास्वपाका कार्यकार्ताले निषेधित क्षेत्र तोड्न खोज्दा अश्रुग्याँस प्रहार

रास्वपाका कार्यकार्ताले निषेधित क्षेत्र तोड्न खोज्दा अश्रुग्याँस प्रहार

समाचार
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा नाराबाजीसहित प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए । रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास हानेको हो । लामिछानेको समर्थनमा प्रदर्शन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस भइरहेको छ ।लामि...
रोहन मुस्तफा सुदूरपश्चिम रोयल्समा अनुबन्धित

रोहन मुस्तफा सुदूरपश्चिम रोयल्समा अनुबन्धित

समाचार
एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहनले नेपालमा सम्पन्न विभिन्न फ्रेन्चाएज खेलिसकेका छन् । यूएईको कप्तान समेत गरेका ३६ वर्षीय रोहनले एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका छन् । बायाँ हाते ब्याटर उनले ५८ टि२०आई मा १ हजार माथि रन जोड्नुका साथै २१ को औसतमा ६१ विकेट पनि लिएका छन् । एकै ओडीआईमा शतक प्रहार गर्नुका साथै ५ विकेट लिने दुर्लभ कीर्तिमान पनि उनको नाममा छ । उनले यूएईको स्थानीय आईएल टि२० लिगमा डेजर्ट भाइपर्स र आबुधाबी टि१० मा बांग्ला टाइगर्सको प्रतिनिधित्व गरिसकेका छन्। रोयल्सले यसअघि विदेशी खेलाडीको रुपमा न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्म...
घरको छतमा कृत्रिम वातावरण बनाएर केशरखेती गर्दै विवेक

घरको छतमा कृत्रिम वातावरण बनाएर केशरखेती गर्दै विवेक

समाचार
दाङका एक युवाले आफ्नो घरको छतमा छुट्टै वातानुकूलित कोठा बनाएर बहुमूल्य जडीबुटी मानिने केशरको खेती सुरु गरेका छन्। घोराही उपमहानगरपालिका–१०, नारायणपुरका २८ वर्षीय विवेक अधिकारीले केशरलाई चाहिने कृत्रिम वातावरण तयार गरेर खेती सुरु गरेका हुन्। विवेकले चार वर्षअघि भारतको पञ्जावबाट बिएस्सी एजी (कृषिमा स्नातक) तहको पढाइ पूरा गरेका थिए। घर फर्केपछि उनले जिल्लामै सञ्चालित विभिन्न कृषि फर्महरूमा काम गरे। कामकै सिलसिलामा उनले आफ्नो पढाइअनुसार आफैले कुनै नयाँ काम गर्ने सोच बनाए। विकल्पहरूको खोजी गर्दै जाँदा ‘बहुमूल्य’ र ‘दुर्लभ’ मानिने वनस्पति केशरको खेती गर्ने निर्णयमा पुगे। उनले भारतबाट प्रतिकेजी तीन हजार रुपैयाँका दरले उच्च गुणस्तरको तीन सय केजी गानो (कम्स) ल्याए। त्यसलाई प्रशोधन गर्दा गर्दा २५० केजी रोप्नका लागि तयार भयो। उनले अनुकूल वातावरण तयार गरेर रोपेका बिरुवामा सात हप्तामा फू...
छठ पर्व सुरु, आज नहाय खाय

छठ पर्व सुरु, आज नहाय खाय

समाचार
महेन्द्रनगर (धनुषा) —आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रूपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व  सुरु भएको छ  ।अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ । बजारमा  पूजा सामग्री किन्नेको चहलपहल बढेको छ । छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो । आदिदेव सूर्यलाई अर्घ्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले सिँगारिँदै छ । खासगरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गङ्गासागर, धनुष सागर, अङ्गराजस...
जनकपुरधाममा छठका मनाउन भित्र्याइयो पाँच करोडको केरा

जनकपुरधाममा छठका मनाउन भित्र्याइयो पाँच करोडको केरा

समाचार
छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ। जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिंगै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए। उनले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब रु पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए। जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए। ...
ओपन एआईले ल्यायो च्याट जीपीटी सर्च, गुगललाई तनाव

ओपन एआईले ल्यायो च्याट जीपीटी सर्च, गुगललाई तनाव

समाचार
लोकप्रिय एआई च्याट प्लाटफर्म च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले अन्ततः च्याट जीपीटीमा एउटा बहुप्रतिक्षित फिचर ल्याएको छ । कम्पनीले च्याट जीपीटीमा रियल टाइम सर्च फिचरलाई आबद्ध गरेको हो । ओपन एआईको उक्त कदमसँगै कम्पनीले माइक्रोसफ्ट कोपाइलट र गुगल जेमिनीलाई कडा टक्कर दिनेछ । खासगरी सर्च इन्जिन बादशाह गुगललाई यो सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । यद्यपि हालका लागि यो फिचर च्याट जीपीटीका प्रिमियम अर्थात् सशुल्क प्रयोगकर्ताका लागि मात्रै उपलब्ध हुनेछ । तर, निकट भविष्यमै यसलाई च्याट जीपीटीको नि:शुल्क भर्सनमा समेत लञ्च गरिने योजना कम्पनीको छ। यो फिचरको मद्दतले प्रयोगकर्ताहरुले च्याट जीपीटीबाट आफूले चाहेका अद्यावधिक जानकारीहरु सर्च गरेर प्राप्त गर्न सक्नेछन् । साथै यसमा प्रयोगकर्तालाई निकै तीव्र गतिमा हरेक सबालको जवाफ प्राप्त हुनेछ । ओपन एआईले यो फिचरको नाम च्याट...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज