Advertisement

ओपन एआईले ल्यायो च्याट जीपीटी सर्च, गुगललाई तनाव

Advertisement

लोकप्रिय एआई च्याट प्लाटफर्म च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले अन्ततः च्याट जीपीटीमा एउटा बहुप्रतिक्षित फिचर ल्याएको छ । कम्पनीले च्याट जीपीटीमा रियल टाइम सर्च फिचरलाई आबद्ध गरेको हो ।

ओपन एआईको उक्त कदमसँगै कम्पनीले माइक्रोसफ्ट कोपाइलट र गुगल जेमिनीलाई कडा टक्कर दिनेछ । खासगरी सर्च इन्जिन बादशाह गुगललाई यो सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ ।

यद्यपि हालका लागि यो फिचर च्याट जीपीटीका प्रिमियम अर्थात् सशुल्क प्रयोगकर्ताका लागि मात्रै उपलब्ध हुनेछ । तर, निकट भविष्यमै यसलाई च्याट जीपीटीको नि:शुल्क भर्सनमा समेत लञ्च गरिने योजना कम्पनीको छ।

यो फिचरको मद्दतले प्रयोगकर्ताहरुले च्याट जीपीटीबाट आफूले चाहेका अद्यावधिक जानकारीहरु सर्च गरेर प्राप्त गर्न सक्नेछन् । साथै यसमा प्रयोगकर्तालाई निकै तीव्र गतिमा हरेक सबालको जवाफ प्राप्त हुनेछ ।

ओपन एआईले यो फिचरको नाम च्याट जीपीटी सर्च राखेको छ । जब तपाईंले च्याट जीपीटी खोल्नुहुनेछ त्यहाँ टेक्स्ट बक्समै वेब सर्चको पनि अप्सन देखिनेछ । ओपन एआईका अनुसार च्याटबटको सबैभन्दा पछिल्लो संस्करणले रियल टाइम जानकारी प्राप्त गर्न तथा प्रवाह गर्न सक्दछ । त्यहाँबाट प्रयोगकर्ताले समाचार, शेयर मूल्य, खेलकुदको अपडेट जस्ता सबै खालका जानकारी हासिल गर्न सक्नेछन् ।

कसरी काम गर्दछ यो फिचरले ?

ओपन एआईले सर्चका लागि छुट्टै प्रडक्ट लञ्च गरेको छैन । तथापि यसलाई एउटा फिचरका रुपमा विद्यमान च्याट जिपिटीमै जोडिएको छ ।

कम्पनीले यसलाई च्याट जीपीटी ४ को उत्कृष्ट भर्सन बताएको छ जसले कठिन कामलाई पनि सजिलैसँग सम्पादन गर्न सक्दछ । साथै यसले प्रयोगकर्तालाई राम्रो नतिजा र फलो अप प्रश्नहरुको पनि जवाफ दिनेछ ।

यो मोडेलले प्रयोगकर्तालाई मौसम पूर्वानुमान र स्टक मूल्यदेखि खेलकुदसम्मका जानकारी दिनेछ । प्रयोगकर्तालाई च्याटबटको होमपेजमा डाइरेक्ट ट्याब पनि उपलब्ध हुनेछ ।

कम्पनीले आफ्नो ब्लग पोस्टमा भनेको छ : च्याट जीपीटीले अब वेबमा पहिले भन्दा निकै उत्कृष्ट तरिकाले सर्च गर्न सक्दछ ।

तपाईंले पहिलेभन्दा तीव्र गतिमा जवाफ पाउनुहुनेछ, जुन सम्बन्धित वेब श्रोतका लिंकसँगै हुनेछन् । पहिले तपाईंले यसका लागि कुनै सर्च इन्जिनमा जानु पर्दथ्यो ।

च्याट जीपीटीको यो नयाँ फिचर आइओएस, एन्ड्रोइड र डेस्कटप एपमा उपलब्ध भैसकेको छ । अर्थात् सबै खालका प्लाटफर्मका प्रिमियम प्रयोगकर्ताहरुले यो प्रयोग गर्न सक्दछन्  ।

 

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज