Advertisement

ओपन एआईले ल्यायो च्याट जीपीटी सर्च, गुगललाई तनाव

Advertisement

लोकप्रिय एआई च्याट प्लाटफर्म च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले अन्ततः च्याट जीपीटीमा एउटा बहुप्रतिक्षित फिचर ल्याएको छ । कम्पनीले च्याट जीपीटीमा रियल टाइम सर्च फिचरलाई आबद्ध गरेको हो ।

ओपन एआईको उक्त कदमसँगै कम्पनीले माइक्रोसफ्ट कोपाइलट र गुगल जेमिनीलाई कडा टक्कर दिनेछ । खासगरी सर्च इन्जिन बादशाह गुगललाई यो सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ ।

यद्यपि हालका लागि यो फिचर च्याट जीपीटीका प्रिमियम अर्थात् सशुल्क प्रयोगकर्ताका लागि मात्रै उपलब्ध हुनेछ । तर, निकट भविष्यमै यसलाई च्याट जीपीटीको नि:शुल्क भर्सनमा समेत लञ्च गरिने योजना कम्पनीको छ।

यो फिचरको मद्दतले प्रयोगकर्ताहरुले च्याट जीपीटीबाट आफूले चाहेका अद्यावधिक जानकारीहरु सर्च गरेर प्राप्त गर्न सक्नेछन् । साथै यसमा प्रयोगकर्तालाई निकै तीव्र गतिमा हरेक सबालको जवाफ प्राप्त हुनेछ ।

ओपन एआईले यो फिचरको नाम च्याट जीपीटी सर्च राखेको छ । जब तपाईंले च्याट जीपीटी खोल्नुहुनेछ त्यहाँ टेक्स्ट बक्समै वेब सर्चको पनि अप्सन देखिनेछ । ओपन एआईका अनुसार च्याटबटको सबैभन्दा पछिल्लो संस्करणले रियल टाइम जानकारी प्राप्त गर्न तथा प्रवाह गर्न सक्दछ । त्यहाँबाट प्रयोगकर्ताले समाचार, शेयर मूल्य, खेलकुदको अपडेट जस्ता सबै खालका जानकारी हासिल गर्न सक्नेछन् ।

कसरी काम गर्दछ यो फिचरले ?

ओपन एआईले सर्चका लागि छुट्टै प्रडक्ट लञ्च गरेको छैन । तथापि यसलाई एउटा फिचरका रुपमा विद्यमान च्याट जिपिटीमै जोडिएको छ ।

कम्पनीले यसलाई च्याट जीपीटी ४ को उत्कृष्ट भर्सन बताएको छ जसले कठिन कामलाई पनि सजिलैसँग सम्पादन गर्न सक्दछ । साथै यसले प्रयोगकर्तालाई राम्रो नतिजा र फलो अप प्रश्नहरुको पनि जवाफ दिनेछ ।

यो मोडेलले प्रयोगकर्तालाई मौसम पूर्वानुमान र स्टक मूल्यदेखि खेलकुदसम्मका जानकारी दिनेछ । प्रयोगकर्तालाई च्याटबटको होमपेजमा डाइरेक्ट ट्याब पनि उपलब्ध हुनेछ ।

कम्पनीले आफ्नो ब्लग पोस्टमा भनेको छ : च्याट जीपीटीले अब वेबमा पहिले भन्दा निकै उत्कृष्ट तरिकाले सर्च गर्न सक्दछ ।

तपाईंले पहिलेभन्दा तीव्र गतिमा जवाफ पाउनुहुनेछ, जुन सम्बन्धित वेब श्रोतका लिंकसँगै हुनेछन् । पहिले तपाईंले यसका लागि कुनै सर्च इन्जिनमा जानु पर्दथ्यो ।

च्याट जीपीटीको यो नयाँ फिचर आइओएस, एन्ड्रोइड र डेस्कटप एपमा उपलब्ध भैसकेको छ । अर्थात् सबै खालका प्लाटफर्मका प्रिमियम प्रयोगकर्ताहरुले यो प्रयोग गर्न सक्दछन्  ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज