Advertisement
Sunday, July 13

रास्वपाका कार्यकार्ताले निषेधित क्षेत्र तोड्न खोज्दा अश्रुग्याँस प्रहार

Advertisement

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा नाराबाजीसहित प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए । रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास हानेको हो ।

लामिछानेको समर्थनमा प्रदर्शन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस भइरहेको छ ।लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई पनि म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइएको छ । पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ अनधिकृत रूपमा गएको देखिएको थियो भने तनहुँका खनाल गीतेन्द्रबाबु राई (जीबी) समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुन् ।

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज