Advertisement

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्स को हुन् ?

Advertisement

दोस्रोपटक अमेरिकाको राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पको विश्वभर जति चर्चा भइरहेको छ, त्यस्तै चर्चा उपराष्ट्रपति जे.डी. भान्सको पनि भइरहेको छ । किनभने उनी अमेरिकाको इतिहासमै तेस्रो सबैभन्दा युवा उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।

रिपब्लिकन पार्टीका ४० वर्षीय भान्स ओहियोका सिनेटर हुन् । उनले ६० वर्षीय डेमोक्रेटिक उम्मेदवार टिम वाल्ट्जलाई हराए । सांसद बनेको दुई वर्षमै ट्रम्पको विश्वास पात्रको रुपमा भान्स उपराष्ट्रपति चुनिएका छन् ।

अमेरिकामा सबैभन्दा कम उमेरको उपराष्ट्रपतिको रुपमा पहिलो नम्बरमा जोन सी ब्रेकिनरिजको नाम आउँछ । उनी ३६ वर्षको उमेरमै उपराष्ट्रपति बनेका थिए । उनको कार्यकाल १८५७ देखि १८६१ सम्म थियो ।

उतार–चढावपूर्ण बाल्यकाल

भान्सको जन्म १९८४ को अगष्ट महिनामा ओहियो राज्यको मिडलटाउन शहरमा भएको थियो । भान्स ६ वर्षको छँदै उनका आमा–बुवाको छोडपत्र भयो । उनकी आमाले पाँच पटक बिहे गरिन् । त्यसैले उनले आमा–बुवाको माया सानैदेखि पाउन सकेनन् । बुवा फेरिएसँगै उनले आफ्ना नाम पनि पटक पटक फेर्नु परेको थियो ।
भान्सको चर्चित पुस्तक ‘हिलबिली एलेजी’मा उनले यो प्रसंग उल्लेख गरेका छन् ।

जेडीको सुरुको नाम उनको जैविक पिता डोनाल्ड बोमनको नामबाट ‘डोनाल्ड’राखिएको थियो । तर आमा बेवर्ली एकिन्सले तेस्रो बिहे बब ह्यामलसँग गरेपछि उनको नाम बदलिने क्रम सुरु भएको थियो ।

नाम फेरिरहनु पर्दा र आमा लागुपदार्थको लतमा पर्दा आफ्नो जीवन निकै कठिन भएको जेडी भान्सले आफ्नो पुस्तकमा लेखेका छन् ।
आमाबाट दुर्व्यवहार हुन थालेपछि जेडीको रेखदेख हजुरबुवा जेम्स र हजुरआमा भान्सले गर्न थालेका थिए । त्यसपछि उनको नाम पनि ‘जे.डी. भान्स’ राखिएको थियो ।

उनले सन् २००३ मा मिडलटाउन हाइस्कुलबाट विद्यालयको पढाइ पूरा गरेका थिए । त्यसपछि अमेरिकी नौसेनामा भर्ना भएका उनले इराकमा पुगेरसमेत सेवा गरेका थिए । उनले ओहियो स्टेट युनिभर्सिटीबाट राजनीति विज्ञान र दर्शनशास्त्रमा स्नातकसम्म अध्ययन पूरा गरे ।

भारतीय मूलकी पत्नी

जेडी भान्सले क्याम्पस पढ्दा चिनजान भएकी भारतीय मूलकी उषा चिलुकुरीसँग बिहे गरेका छन् । उषा यल ल जर्नलको कार्यकारी विकास सम्पादक थिइन् । उनी कानुन व्यवसायी हुन् ।

उनीहरुबीच सन् २०१४ मा बिहे भएको थियो । उनीहरुका दुई छोरा र एक छोरी छन् । जेडी भान्स भने राजनीतिज्ञ, लेखक र व्यवसायीको रुपमा परिचित छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज