Advertisement

समाचार

आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिने कार्यसूची छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत हुनेछ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिनेछ । यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद प...
बझाङदीप क्याम्पसमा अखिल समाजवादी एक्लै स्ववियु चुनाव लड्दै , अरु गठबन्धनमा

बझाङदीप क्याम्पसमा अखिल समाजवादी एक्लै स्ववियु चुनाव लड्दै , अरु गठबन्धनमा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ।। मंगलबार २७ गते बझाङको चर्चित क्याम्पसका रुपमा परिचित बझाङदीप क्याम्पसमा स्ववियु लड्ने विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गराए । क्याम्पसमा स्ववियु चुनाव विप्लव निकट विद्यार्थी सङ्गठन अखिल (समाजवादी) एक्लै भिड्ने गरि उम्मेदवारी दर्ता गरियो । क्याम्पसको स्ववियु निर्वाचन लड्ना लागि नेपाली काँग्रेस निकट विद्यार्थी नेविसंघ र नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एकातिर गठबन्धन गरेका छन् । अर्कोतिर नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी, र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू समाजवादी एक भएर चुनावी मैदानमा उत्रिएका छन् । तर यता एक्लै भिडिरहेको अखिल समाजवादीका नेताहरुले भने आफ्नो जित सुनिश्चित भएको बताएका छन् । आजभन्दा ठिक...
बझाङदीप क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच गठबन्धन,  सभापतिमा भण्डारीको उम्मेदवारी

बझाङदीप क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच गठबन्धन, सभापतिमा भण्डारीको उम्मेदवारी

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको झोतामा रहेको बझाङदीप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रुपमा रोशन भण्डारीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धनभएपछि नेविसंघका विद्यार्थी नेता रोशन भण्डारीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। । भण्डारीले आफ्नो उम्मेदवारीसँगै शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको हकहित संरक्षण, भौतिक पूर्वाधार विकास र रोजगारमूलक कार्यक्रमलाई आफ्नो प्रमुख एजेन्डा बनाएका हुन् । उनले क्याम्पसमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न योग्य प्राध्यापकको व्यवस्था, पुस्तकालय तथा प्रयोगशालाको विस्तार र डिजिटल शिक्षाको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, विद्यार्थीको हकहित संरक्षण गर्दै छात्रवृत्ति वितरणलाई पारदर्शी ब...
बझाङका ९ वर्षीय खड्काको करातेमा विश्व कीर्तिमान

बझाङका ९ वर्षीय खड्काको करातेमा विश्व कीर्तिमान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
धनगढी- बझाङका एक ९ वर्षीय बालकले कराते खेलमा विश्व कीर्तिमान राख्न सफल भएका छन्। जिल्लाको मष्टा गाउँपालिका- १, कोटदेवल घरभएका ९ वर्षीय अन्सु खड्काले कराते खेलमा विश्व कीर्तिमान राख्न सफल भएका हुन् । भारतको कर्नाटक राज्य, बैंगलोरमा बस्दै आएका अन्सुले फेब्रुअरी २५ मा तामिलनाडु फिजिकल एजुकेशन एण्ड स्मार्ट युनिभर्सिटी, चेन्नईमा आयोजित कराते प्रतियोगितामा २२ हजार  सहभागीलाई पछि पार्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन् । अन्सुले कराते खेल्न थालेको जम्मा २ वर्ष ८ महिना मात्र भएको उनकी आमा ईश्वरीदेवी खड्काले बताइन्। छोराको सफलताले परिवार मात्र नभई बझाङकै नाम उचो बनाएकोमा गर्व लागेको उनले बताइन्। बुवा विक्रम बहादुर खड्काले अन्सु बझाङ जिल्लाकै पहिलो गिनिज बुक रेकर्ड होल्डर भएको जानकारी दिनुभयो। अन्सुले यसअघि पनि विभिन्न ७ स्थानमा गोल्ड मेडल जितिसकेका छन्। उनी एक्सप्रेस व...
शान्ति आर्दश बहुमुखि क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका धामी निर्वाचित

शान्ति आर्दश बहुमुखि क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका धामी निर्वाचित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङको छबिसपाथिभेरा गाउँपालिका–५ चौघानपाटामा रहेको शान्ति आर्दश बहुमुखि क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बम धामी निर्विरोध निर्वाचित भएका छन् । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताको समय भएपनि विद्यार्थी सङ्गठनहरूको सहमतिमा अखिल क्रान्तिकारीका धामी निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् । पाँचवटा विद्यार्थी सङ्गठन दल दर्ता गरेकोमा सङ्गठनका नेताहरुको सहमतिका आधारमा निर्विरोध स्ववियु नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै स्ववियु उपसभापतिमा नेविसंघका बविन सिंह, सचिवमा अनेरास्ववियुकी शान्ति बोहरा, कोषाध्यक्षमा एकीकृत समाजवादी निकट अनेरास्ववियुका समशेर जाग्री, उपसचिवमा अनेरास्ववियबाट मनिसा खबास निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यमा एकीकृत समाजवादी निकट अनेरास्ववियुबाट शान्ति नेपाली, झल्का बुढा, एमाले निकट अनेरास्ववियुबाट समिति सिंह,...
पालिका टिमले गरेको काममा आफूले गरेको भन्दै अफवाह फैलाउँदै एमाले नेता धामी

पालिका टिमले गरेको काममा आफूले गरेको भन्दै अफवाह फैलाउँदै एमाले नेता धामी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा नेकपा एमालेका एक नेताले पालिकाको टिमले गरेको कामलाई एमाले गरेको भन्दै अफवाह फैलाएका छन् । एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका दल बहादुर धामीले दुर्गाथलि गाउँपालिकाको टिमले गरेको कामलाई एमालेले गरेको भन्दै अफवाह फैलाएका हुन् । एमाले नेता धामीले मंगलबार आज विहानै सामाजिक संजाल फेसबुकमा लेख्दै दुर्गाथलि गाउँपालिका अध्यक्ष दिलबहादुर थापा नेतृत्वको टिमले गरेको कामलाई एमालेले गरेको भन्दै अफवाह फैलाएको पाइएको छ । एमाले नेता धामीले आफ्नो फेसबुकमा पोष्ट गर्दै भनेेका छन्, दुर्गाथली गाउँपालिकाका वडा नं. ५,६ मा विद्युतिकरणका लागि आफुले पहल गरेको "हामी जनताको काममा विश्वास गर्दछौं । बझाङ दुर्गाथलि वडा नं ५ का केन्द्रीय विद्युत बल्न बाँकि रहेका जाप्रि बुढामेल बाईकाट्या गिर्पु बिन्नीबिसौना समेतका टोलहरु, वडा नं ६ चुवाबन र वडा नं ७ मा केन्द्रीय विद्युत बाल्न सफल हुनेभएका छौं । हाम्रो...
गौरिफन्टा देखि बेंगलोरका लागि हिडेको बस दुर्घटना

गौरिफन्टा देखि बेंगलोरका लागि हिडेको बस दुर्घटना

Breaking News 1, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल र भारतको सिमान गौरिफन्टा देखि हिडेको बस आज बिहान उत्तर प्रदेशमा दुर्घटना भयको छ। UP३१T९४७७ नम्बरको बस र ट्याङ्कर एक आपसमा ठोक्किदा दुर्घटना भयको हो। उक्त बसले नेपाल भारतको सिमाना गौरिफन्टा देखि भारतका बिभिन्न सहर हुदै बेंगलोर र बेंगलोर देखि नेपाल बडर सम्म नेपाली यात्रुहरुलाई वसारपोसार गर्ने भयकाले बसमा सबै नेपाली यात्रु मात्र रहेको खुल्न आयको छ। दुर्घटना बाट मानवीय क्षति नभय पनि बस चालक सहित लगभग १० जना यात्रु घाइते भयका छन। दुर्घटना के कारण ले भयको हो भन्ने अहिले सम्म खुलेको छैन।...
सेती क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका दौल्याल निर्विरोध चयन

सेती क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका दौल्याल निर्विरोध चयन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका- १ बगडगाउँमा रहेको सेती क्याम्पसको स्ववियु सभापतिमा दिपेन्द्र दौल्याल निर्विरोध चयन भएका छन् । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताको समयमा भएपनि अनेरास्ववियुका दौल्याल निर्विरोध क्याम्पसको स्ववियु सभापतिमा चयन भएका हुन् । अनेरास्ववियु र नेविसंघ बीच सहमती हुँदा निर्विरोध स्ववियु नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै स्ववियु उपसभापतिमा नेविसंघकाका रुपेश खड्का , सचिवमा अनेरास्ववियुकी विमला खड्का , कोषाध्यक्षमा सुमित्रा जोशी, उपसचिवमा सर्मिला थापा निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यमा अनेरास्ववियुका पदम गिरी, सुरज रोकाया , रेखा गिरी र पुजा रोकाया चयन भए,भने नेविसंघका अञ्जु बोहरा र बषन्ती भण्डारी चयन भएका निर्वाचन समितिले जनाएको छ ।...
बझाङदिप क्याम्पसमा स्ववियु कोषाध्यक्षमा थापाको उम्मेदवारी

बझाङदिप क्याम्पसमा स्ववियु कोषाध्यक्षमा थापाको उम्मेदवारी

Breaking News 1, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- अहिले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको चहलपहल पढ्दो छ । आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि विद्यार्थी नेताहरूले आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् । यसैबीच बझाङमा रहेको बझाङदिप क्याम्पस झोतामा लामोसमयसम्म विद्यार्थी राजनितिमा हुमिएकी थलारा गाउँपालिका ३ कि महिला नेतृ सुस्मिता थापाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । उनले क्याम्पसको स्ववियु निर्वाचनमा अखिल (समाजवादी) का तर्फ बाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी हुन । बझाङदिपमा अखिल (समाजवादी) ले आफ्ना उम्मेदवारहरु टुंगो लगाएर घोषणा समेत गरिसकेका छन् । अखिल ( समाजवादी) कै तर्क बाट सभापतिको उम्मेदवारी दिएका अक्कल धामी नेतृत्व टिममा कोषाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । अहिले बझाङदिप क्याम्पसमा स्ववियु निर्वाचनमा अखिल ( समाजवा...
स्ववियु निर्वाचनमा मनोनयन दर्ता आज

स्ववियु निर्वाचनमा मनोनयन दर्ता आज

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
धनगढी- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ। बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता भएको थियो। त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो। निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।...
कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट बैतडीका साउदको मृत्यु

कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट बैतडीका साउदको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। बैतडीको शिबनाथ गाउपालिका–५ सरमाईली घर भई हाल पुनर्वास नगरपालिका–९ “ख” गाँउ दाजुको घरमा बस्दै आएको ४० वर्षीय सुन्दर सिंह साउदको टेलर गाडीले ठक्करबाट मृत्यु भएको हो । पुनर्वास नगरपालिका–९ “ख” गाँउ खाती चोकमा पुनर्वासबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ क ५९२ नम्बरको टेलर गाडीले आइतवार ठक्कर दिँदा साउदको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टेलर गाडी र चालक भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ३८ वर्षीय पिताम्बर कलौनीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।...
डडेल्धुरामा सहकारीबाट ११ लाख बढी चोरेको आरोपमा अध्यक्ष सहित ५ जना पक्राउ

डडेल्धुरामा सहकारीबाट ११ लाख बढी चोरेको आरोपमा अध्यक्ष सहित ५ जना पक्राउ

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डडेल्धुराको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम चोरी गरेको आरोपमा अध्यक्ष सहित ५ जना पक्राउ परेका छन् । सहकारीबाट रकम चोरी भएको एक वर्षपछि प्रहरीले अध्यक्ष बिरेन्द्र बिष्ट सहित पाँच जनालाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा सहकारीका प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगायत अन्य सहकारीसँग आबद्ध व्यक्तिहरू पनि रहेका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा उनीहरूको संलग्नता देखिएकोले थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए गत चैत २३ मा परशुराम नगरपालिका–४ कटालस्थित उक्त सहकारीको कार्यालयबाट ११ लाख १३ हजार चोरी भएको थियो । कार्यालयको पछाडिको ढोका खोलेर नगद राखिएको लकर फुटाइ रकम चोरी भएको थियो। सीसीटीभी फुटेजको आधारमा अनुसन्धान जारी राखिएको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज