Advertisement

समाचार

बझाङदिप क्याम्पसको स्ववियु सभापतिमा जोशीको उम्मेदवारी

बझाङदिप क्याम्पसको स्ववियु सभापतिमा जोशीको उम्मेदवारी

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
चैनपुर- बझाङको केदारस्यूँ गाउँपालिका-९ झोतामा रहेको बझाङदिप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) सभापतिका लागि सुरेश जोशी (सुर्य ) ले उम्मेदवारी दिने भएका छन् विद्यार्थी राजनितिबाट उदाएका जोशीले आउँदो चैत्र ५ गते हुने स्ववियु चुनावमा अनेरास्ववियू (एकिकृत समाजवादी) का तर्फबाट सभापतिमा उम्मेदवारी दिने भएका हुन । यो भन्दा अगाडि जोशी अनेरास्ववियु (नेकपा एमाले) बझाङ जिल्ला कोषाध्यक्ष तथा केदारस्युँ गाउँपालिका - ८ का वडा कमिटि अध्यक्ष समेत थिए । उनले केही दिन अगाडि मात्रै नेकपा एमाले त्यागेर एकिकृत समाजवादी बाट राजनिति गर्ने घोषणा गरेका थिए । जोशी क्याम्पसको स्ववियु उपसभापति समेत हुन् । उपसभापति भएर धेरै अनुभव बटुलेका जोशी त्यो ठाँका एक प्रभावशाली विद्यार्थी नेता समेत हुन । अहिले बझाङदिप क्याम्पसमा उनको चर्चा चलिरहेको छ । यदि म स्ववियु सभापति भयो भने विद्यार्थीहरूका लागि पढ्दै...
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु

अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु

Breaking News 1, अछाम, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–८ सुतुडा बाडीकी अन्दाजी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिँदा मृत्यु भएको हो । सोमबार दिउँसो वडा नम्बर ९ ओली गाउँ रातोमाटेमा घर पोत्ने माटो निकाल्ने क्रममा अचानक उनीहरुमाथि माटोको ढिस्को खस्दा पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनीहरु जेठानी देउरानी रहेको जनाएको छ । चैते दशैंको समयमा घर लिपपोत गर्नका लागि सो क्षेत्रमा महिलाहरू नियमित रूपमा रातो माटो खन्न जाने गर्दछन ।...
स्ववियु निर्वाचनका लागि सेती क्याम्पसबाट २ सङ्गठन मात्र लिए मनोनयन पत्र

स्ववियु निर्वाचनका लागि सेती क्याम्पसबाट २ सङ्गठन मात्र लिए मनोनयन पत्र

Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) निर्वाचनका लागि छबिसपाथिभेरा गाउँपालिका १ बगडगाउँमा रहेको सेती क्याम्पसबाट २ वटा विद्यार्थी सङ्गठनले मनोनयन पत्र लिएका छन् । स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो २ बजेसम्म मनोनयन पत्र लिने समय रहेकोमा उक्त समयसम्म २ सङ्गठनले मात्रै मनोनयन पत्र लिएका हुन् । मनोनयन पत्र लिनेमा अनेरास्ववियु र नेविसंघ रहेको क्याम्पस स्ववियु सभापति लक्ष्मण गिरीले बताए । आज मनोनयन दर्ता पत्र बुझेकाहरूले मात्र भोली उम्मेदवारी दिन पाउने छन् । अनेरास्ववियुले सभापतिमा दिपेन्द्र दौल्याललाई घोषणा गरेपनि यता नेविसंघले भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । क्याम्पसमा स्ववियुमा भाग लिन पाँचवटा विद्यार्थी संगठनले आफ्नो सङ्गठन दर्ता गराएको भएतापनि २ सङ्गठनले मात्रै मनोनयन पत्र लिएको निर्वाचन समितिले जनाएको छ ।...
सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहबाट ३ सय ७२ विद्यार्थी दीक्षित

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहबाट ३ सय ७२ विद्यार्थी दीक्षित

Breaking News 3, कन्चनपुर, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा ३ सय ७२ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतवार सम्पन्न दीक्षान्त समारोहमा उक्त संख्यामा विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञान संकायका स्नातक तथा स्नातकोत्तर विद्यार्थीहरूले उपाधि प्राप्त गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलालीस्थित गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्ने योजना रहेको बताए। उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा विकास गर्न आफूले पहिलेदेखि नै पहल गरिरहेको उल्लेख गरे। त्यसैगरी, उनले डडेल्धुराको परशुराम क्षेत्र जोड्ने पुल र सीमा क्षेत्रमा निर्माण हुने अन्य पुलबारे समेत चर्चा गरे। आफ्नो अघिल्लो कार्यकालमा ...
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ । दुबईमा आइतबार भएको फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो । न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २/२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३, माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २/२ विकेट लिए । भारत प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली पनि बनेको छ । भारत यसअघि सन् २००२ मा संयुक्त विजेता र २०१३ मा विजेता बनेको थियो ।...
बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका ४ पालिगाडाकी  १३  बर्षीया लिला साउँद आफ्नै घर भित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार आईतबार साँझ लिलाको शव घरभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी उदयदेव माध्यमिक विद्यालय पालिगाडामा कक्षा ८ मा अध्ययनरत थिइन् ।। मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
आज सभापति देउवा सहित काँग्रेसका नेताहरू सुदूरपश्चिम आउँदै

आज सभापति देउवा सहित काँग्रेसका नेताहरू सुदूरपश्चिम आउँदै

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम आउने भएका छन। काँग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा सुदूरपश्चिम आउन लागेका हुन। काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि आज बिहान ९ः३० बजे देउवा धनगढी विमानस्थलमा पुग्ने छन्। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले सोमवार बिहान सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको जानकारी दिए । धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ। पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने छन्।...
बाजुरामा ट्याक्टर दुर्घटना , बुबाको मृत्युु छोरा घाइते

बाजुरामा ट्याक्टर दुर्घटना , बुबाको मृत्युु छोरा घाइते

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति ११ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा चालक बुढिगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको हो । डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर खप्तड छेडेदह गाउँपालिका–५ को चिराल्ना कच्ची सडक खण्डको ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रावतको ट्याक्टरको ट्राली मुनी च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरमा सवार मृतक चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ट्याक्टर सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।...
आज दुई प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना

आज दुई प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।...
काठमाडौं महानगरद्वारा राप्रपालाई एक लाख जरिवाना

काठमाडौं महानगरद्वारा राप्रपालाई एक लाख जरिवाना

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना तोकेको हो । महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख छ । फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको महानगरले उल्लेख गरेको छ । निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरी...
रास्वपा दुर्गाथलिको सभापतिमा ओली

रास्वपा दुर्गाथलिको सभापतिमा ओली

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि ओली चयन भएका छन् । पार्टीको प्रथम अधिवेशनबाट ओलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको हो । पार्टीको उपसभापतिमा प्रेम जप्रेल चयन भएका छन् । यस्तै सचिवमा हंसराज रोकाया, कोषाध्यक्षमा दिपिका जप्रेल चयन भएका छन् । सदस्यमा प्रकाश खाती , धर्मराज खैर , दिलन बहादुर बोहरा ,सुरेस माड , हिरो जप्रेल , मदनराज जप्रेल र उजले बोहरा सर्वसम्मत चयन भएका छन् । जिल्ला बाट गएको पार्टीको टोलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ ।...
बझाङमा १५ दिने सिलाई कटाई तालिम सुरु

बझाङमा १५ दिने सिलाई कटाई तालिम सुरु

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा केदारस्यूँ गाउँपालिकाका महिलाहरूका लागि १५ दिने सिलाइ कटाइ तालिम सुरु भएको छ । जिल्ला सदरमुकाम चैनपुरा रहेको दलित सहयाेग समाजकाे सभा हलमा आइतबार १५ दिने सिलाई कटाई तालिम सुरु भएको हाे । दलित सहयोग समाज बझाङले केदारस्यु गाउँपालिका सँगको समन्वयमा २० जना महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गरेको हो । तालिम उद्घाटन कार्यक्रममा दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपाली सहितको उपस्थितीमा रहेको थियोे । वर्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयाेगमा सञ्चालित तालिमबाट सबै दिदीबहिनीहरुले राम्रो सिप सिक्दै आत्मनिर्भर हुने विश्वास कार्यकारी नेपालीले व्यक्त गरे । आइतबारदेखि सुरु भएको तालिम आउँदो चैत १० गतेसम्म जारी रहनेछ । दलित सहयाेग समाजले समुदाय सुधार र विकास निर्माण सहित समुदायमा सचेतना कार्यक्रमहरु जगाउदै आएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज