सुनकुडा क्याम्पसमा तालाबन्दी,, निर्वाचन अधिकृतले एकल निर्णय गरेको आरोप
धनगढी- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। अहिले विद्यार्थी संघसङ्गठन तिब्ररुपमा चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारहरूले आफ्नो उम्मेदवारी केका लागि भन्ने घोषणा पत्र सार्वजनिक गर्दै मतदाताहरूसँग मत माग्नमा व्यस्त छन् । तर बझाङको सुनकुडा क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर क्याम्पसमा तालाबन्दी गरिएको हो ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा कम्युनिष्ट पार्टी (विप्लव ) निकट अखिल समाजवादीले बिहीबार क्याम्पसमा तालबन्दी गरेको छ । निर्वाचन अधिकृत हिक्मतबहादुर स्याडाको एकल निर्णय कारण तालाबन्दी गर्न बाध्य भएको दुवै सङ्गठनले जनाएका छन्। तालाबन्दी गरेका सङ्गठनले निर्वाचन अधिकृत स्याडाको राजीनामा मागेका छन्।
उनीहरूले समानुपातिकतर्फ दर्ता भ...











