Advertisement

शिक्षा

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु : नियमितबाहेक ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु : नियमितबाहेक ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

मुख्य समाचार, शिक्षा
नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ । विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान केन्द्रित हुनेछ । अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत ...
शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पुग्यो पाठ्यपुस्तक

शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पुग्यो पाठ्यपुस्तक

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
बझाङ : नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पनि पाठ्यपुस्तक पुगेका छन्। हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाउने भएका हुन् जिल्लामा पुगेका पाठ्यपुस्तकहरुलाई जनकशिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरुले सबै पालिकाका सामुदायिक विद्यालयमा पु¥याउने शिक्षा विकास तथा समन्वय विकास ईकाइ बझाङले जनाएको छ । प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक ल्याइएको शिक्षा विकास तथा समन्वय विकास ईकाइ बझाङका सुचना अधिकारी बसन्त बहादुर सिंहले बताउनुभयो । जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गतेबाट सुदूरपश्चिम प्रदेशको बाजुराबाट किताब वितरण सुरु गरेको जनाएको छ। केन्द्रले ...
त्रिभुवन विश्वविद्यालयको स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि

त्रिभुवन विश्वविद्यालयको स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि

मुख्य समाचार, शिक्षा
त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको अस्ति बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो । आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने त्रिविले जनाएको छ । विश्वविद्यालयले अहिलेसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा नेपालीमा पनि सोध्न माग हुँदै आएको थियो । साथै तल्ला तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा सही रूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा समेत असर परेको थियो । ...
सात विद्यालयका कक्षा ८ का सबै विद्यार्थी फेल

सात विद्यालयका कक्षा ८ का सबै विद्यार्थी फेल

बझाङ, शिक्षा, समाचार
बझाङ : सात विद्यालयका सबै कक्षा ८ का सबै विद्यार्थी फेल भएको छन ।बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीकाले गाउँपालिका स्तरीय आधारभूत तह ( कक्षा ८) काे उत्तीर्ण परीक्षा २०८० को अन्तिम नतिजा आज सार्वजनिक गरेकाे हाे । स्थानीय सरकारले शिक्षालाई सुधार गर्नु पर्छ र गाउँपालीकाका विद्यालयमा पढाउने शिक्षककाे गुणस्तर चेक गर्न कक्षा आठकाे परीक्षा टाईट गरेर सबै विद्यार्थीकाे परिक्षा लिएको शिक्षा शाखा प्रमुख हरिचन्द्र कडायतले बताए । सार्वजनिक गरिएको परिक्षाफलमा गाउँपालीका भरिएका कक्षा आठमा परिक्षा दिने ३२४ जना थिए । जसमा २३ जना मात्र पास भएको उनको भनाइ छ । जसमा उत्कृष्ट नतिजा हाँसिल गर्ने १ जना छात्र र १ जना छात्रा रहेका छन । उत्कृष्ट हुन दुवै जनालाई प्रधानाध्यापककाे बैठक बाट सम्मान गरिएको हाे । निजि विद्यालयमा शिक्षाको गुणस्तर सुधार हुनु र सरकारले तलव दिने थाई शिक्षले पढाएका विद्यार्थीहरु...
त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन

मुख्य समाचार, शिक्षा
कैलाली : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएकोबारे छानबिन गर्न विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा.चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले हिजो गरेको निर्णयअनुसार उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन भएको हो । गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षाशास्त्र सङ्कायतर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) को उत्तरपुस्तिका हराएको थियो । विश्वविद्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीको परीक्षा आउँदो २१ गते सञ्चालन गर्ने जनाएको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले क्याम्पसहरुलाई निर्देशन दिइसकेको छ । निर्देशनको आधारमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, शह...
बझाङको दुर्गम गाउँपालिका साईपालमा शैक्षिक सामाग्री वितरण

बझाङको दुर्गम गाउँपालिका साईपालमा शैक्षिक सामाग्री वितरण

बझाङ, मुख्य समाचार, शिक्षा
बझाङ : सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे दुर्गम बस्ती साईपालमा शैक्षिक सामाग्री वितरण गरिएको छ । करिव ३/४ दिनको पैदल यात्रा हिडेर पुगिने स्थानीयसरकार साईपाल गाउँपालीकामा समाजसेवी बिष्णु ऐडीकाे पहलमा साइपाल गाउँपालिका भ्रमण गर्दै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको युवा नेता प्रेम राेकायाले बताए । नेपाली काङ्ग्रेसका नेता बिष्णु ऐडी लगायतकाे टाेलिले बिहिबारबाट बझाङ जिल्लाको अत्यन्तै विकट साइपाल गाउँपालिका भ्रमण संगै विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग स्वरुप वितरण गर्ने अभियान सुरु गरेको सँगसँगै रहेका खप्तड छान्नाका युवा नेता सराेज राेकायाले बताउनु भयाे । नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायिक महासंघ केन्द्रिय सचिव शम्भु लामिछाने र केन्द्रिय सदस्य योगेन्द्र बहादुर शाहीको आर्थिक सहयोगमा समाजसेवी बिष्णु ऐडीले गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षि...
बझाङका क्याम्पसमा विद्यार्थी अभाव, बिचमै छ‍ोड्ने प्रवृत्ति बढ्दै

बझाङका क्याम्पसमा विद्यार्थी अभाव, बिचमै छ‍ोड्ने प्रवृत्ति बढ्दै

बझाङ, मुख्य समाचार, शिक्षा
बझाङ : बझाङमा पछिल्लो समयमा उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको छ । जिल्लामा सञ्चालित क्याम्पसहरुमा हरेक बर्ष विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । उच्च शिक्षा प्रदानका लागि खुलेका क्याम्पसहरुमा विद्यार्थीहरुको अभाव रहेको छ । विगतको तुलनामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या कम हुँदै गएको जयपृथ्वी बहुमुखी क्याम्पस भोपूरका प्राध्यापक दिर्घराज पण्डितले बताउनुभयो । जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसमै उच्च शिक्षा अध्ययन गर्नेहरुको संख्या कम हुँदै गएको उहाँले बताउनुभयो । जयपृथ्वी बहुमुखी क्याम्पसमा हरेक बर्ष भर्ना हुने विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । रोजगारमूलक शिक्षाको अभ्यास नहुँदा उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको क्याम्पस प्रमुख पण्डितको भनाइ छ । उहाँले अहिले विदेशतिर जानेको संख्या बढ्दै गएको र पढेर के गर्ने भन्नेहरुको स...
यो वर्षको एसईई चैत १५ देखि सञ्चालन हुने

यो वर्षको एसईई चैत १५ देखि सञ्चालन हुने

मुख्य समाचार, शिक्षा
बझाङ : माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि सञ्चालन हुने भएको छ। आइतवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो। बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए। चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए। बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो। तर, होली पर्वका कारण परीक्षाको मिति सार्नुपरेको हो। यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्।  तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन्। परीक्षामा चैत्र २७ गते सम्म सञचालन हुने छ साथै यो वर्ष प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।...
बझाङ जिल्लाको कुल मस्ट्राजन माबी ले बिद्यार्थी बाट अनावश्यक शुल्क लिएको कुरा भ्रामक : प्रधानाध्यापक

बझाङ जिल्लाको कुल मस्ट्राजन माबी ले बिद्यार्थी बाट अनावश्यक शुल्क लिएको कुरा भ्रामक : प्रधानाध्यापक

बझाङ, शिक्षा, सुदूरपश्चिम
पछिल्लो समय बझाङ जिल्लाको मस्टा गाउपालिका अतर्गत पर्ने  कुल मस्ट्राजन माध्यामिक बिद्यालयमा बिद्यार्थीहरुबाट  अनावश्यक शुल्क लिइएको भन्ने कुरा सामाजिक संजालमा देखिएको जस्तो नभएको कुल मस्ट्राजन माध्यामिक बिद्यालय का प्रधानाध्यापक मोहन थापा ले जानकारी गराएका छन । प्रधानाध्यापक थापाले कुल मस्ट्राजन माबी मा बिगत ३/४ बर्ष देखि बिद्यालय बाट ११/१२ कक्षा पढेर  बिदाइ हुने बिद्यार्थीहरुबाट रु ३००० तीन हजार शुल्क लिदै आएको कुरा हाम्रो कामना टूडे लाई जानकारी दिएका छन ।  उक्त शुल्क पनि बिद्यालय प्रशासन , बिद्यालय ब्यवस्थापन समिती र अभिभावकहरुले निर्णय गरेबमोजिम लिईएको र त्यसै शुल्क भित्र ११/१२ पढ्ने सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाई निशुल्क सबै पाठ्यपुस्तक हरुको सुविधा समेत बिद्यालयले प्रदान गरेको प्रधानाध्यापक थापा ले बताएका छन । यदि उक्त शुल्क बढी भयो तिर्न सकिदैन...
वडाले दियो 20 जना गरिव, जेहेनदार विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

वडाले दियो 20 जना गरिव, जेहेनदार विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

कैलाली, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
कैलाली: लम्किचुहा नगरपालिका वडा नं 02 काे आर्थिक सहयोगमा आयोजना गरिएको कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय नमुना मा.वि मोतिपुर र श्री जनसेवा मा.वि गणेशपुर का आर्थिक अवस्था नाजुक भएका, गरिव, जेहेन्दार करिव 20 जना विद्यार्थीलाई सोहि स्कुलले सिफारिस गरेको आधारमा 3 महिने नि:शुल्क कम्प्युटर तालिम प्रदान गरिने कार्यक्रम आज औपचारिक रूपमा संचालन गरिएको छ। उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति लम्कीचुहा नगरपालिका वडा नं 02 का वडा अध्यक्ष सन्तोष कुमार ओलीले अहिलेकाे युग भनेकाे आधुनिक युग हो, मानिसले हातले गर्न नसक्ने कामहरू प्रविधीले छिटो छरितो र सर्वसुलव रूपमा सम्पन्न गर्न सकिने भएकोले, म विद्यार्थी सँगै विद्यार्थीकाे समस्या आफ्नो प्रमुख यजेण्डाकाे रूपमा लिएर अघि बढेको र म लगायत हाम्रो वडा प्रविधिकाे क्षेत्रमा कटिबद्ध रूपमा लागी परेको बताउनु भयो। साथै उक्त कार्यक्रमका प्रमुख अतिथ...
´चरित्रहिन आईमाई`

´चरित्रहिन आईमाई`

विचार, शिक्षा
‘तँ चरित्रहीन त होस् ।’ विवेक जोडले करायो । ‘किन ? के चरित्रहीन काम गरें मैले ?’ सानो स्वरमा सोधी सविताले ।‘अझ मुखमुखै लाग्छेस् ?’ विवेकले आफ्नो आक्रोशको डिग्री बढायो । ‘बढी बोलेकी होइन, सोधेकी मात्र हुँ । मैले त्यस्तो के चरित्रहीन काम गरें ?’ सविताले थप स्पष्टीकरण मागी । ‘बढ्ता बोल्ने होइन ल । मेरो रिसको पारो तातिसक्यो अब । अति भो अति ।’ विवेकको आक्रोशका अगाडि सविताले चुप नलागी धर पाइन ।  विवेक एक्लै बर्बराउन थाल्यो–`मेरो अघाडी बढी बोल्छ, समयमा भात पकाउनु छैन । न कपडा आइरन गरेको छ, न घर सफा–सुग्गर छ । मोबाइलमा पनि कति झुन्डिन सकेको ? को छ हँ तेरो मोबाइलमा झुन्डिरहन पर्ने स्पेशल मान्छे ?’  होइन के भनेको हजुरले ? कहिलेकाहीँ एक्लै हुँदा मन भुलाउन मोबाइल चलाउँछु हजुरबाहेक को हुनु र अरु मेरो ?’ सविताले आफ्नो स्पष्टीकरण प्रस्तुत गरी ।  ‘अझ सदुइ बन्छेस् ? म हुँदाहुँदै एक्...
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,६७ प्रतिशतको ग्रेड वृद्धि

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,६७ प्रतिशतको ग्रेड वृद्धि

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी थिए । जसमा एक जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । ग्रेड वृद्धि परीक्षा दिएका ३७ हजार ४१६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  आफ्नो नतिजामाथि चित्त नबुझेको खण्डमा पुनर्योगका लागि १५ दिनको समय दिइएको छ । असोज १९ गतेभित्रमा ग्रेडबृद्धि परीक्षाको परीक्षाफलमा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिनेछ ।  प्रकाशित नतिजामा कुनै प्राविधिक वा अन्य ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज