कैलाली: लम्किचुहा नगरपालिका वडा नं 02 काे आर्थिक सहयोगमा आयोजना गरिएको कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय नमुना मा.वि मोतिपुर र श्री जनसेवा मा.वि गणेशपुर का आर्थिक अवस्था नाजुक भएका, गरिव, जेहेन्दार करिव 20 जना विद्यार्थीलाई सोहि स्कुलले सिफारिस गरेको आधारमा 3 महिने नि:शुल्क कम्प्युटर तालिम प्रदान गरिने कार्यक्रम आज औपचारिक रूपमा संचालन गरिएको छ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति लम्कीचुहा नगरपालिका वडा नं 02 का वडा अध्यक्ष सन्तोष कुमार ओलीले अहिलेकाे युग भनेकाे आधुनिक युग हो, मानिसले हातले गर्न नसक्ने कामहरू प्रविधीले छिटो छरितो र सर्वसुलव रूपमा सम्पन्न गर्न सकिने भएकोले, म विद्यार्थी सँगै विद्यार्थीकाे समस्या आफ्नो प्रमुख यजेण्डाकाे रूपमा लिएर अघि बढेको र म लगायत हाम्रो वडा प्रविधिकाे क्षेत्रमा कटिबद्ध रूपमा लागी परेको बताउनु भयो।

साथै उक्त कार्यक्रमका प्रमुख अतिथि यस कार्यक्रमका संचालक नेशनल एडभान्स कम्प्युटर इन्सिच्युट का प्रबन्ध निर्देशक हेमन्त बहादुर शाहले म व्यक्तिगत र संस्थागत रूपमा प्रविधिमा परिवर्तन गर्न निरन्तर लागी रहेको बताउनु भयो।

