Advertisement

बझाङका क्याम्पसमा विद्यार्थी अभाव, बिचमै छ‍ोड्ने प्रवृत्ति बढ्दै

Advertisement

बझाङ : बझाङमा पछिल्लो समयमा उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको छ । जिल्लामा सञ्चालित क्याम्पसहरुमा हरेक बर्ष विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । उच्च शिक्षा प्रदानका लागि खुलेका क्याम्पसहरुमा विद्यार्थीहरुको अभाव रहेको छ ।

विगतको तुलनामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या कम हुँदै गएको जयपृथ्वी बहुमुखी क्याम्पस भोपूरका प्राध्यापक दिर्घराज पण्डितले बताउनुभयो । जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसमै उच्च शिक्षा अध्ययन गर्नेहरुको संख्या कम हुँदै गएको उहाँले बताउनुभयो । जयपृथ्वी बहुमुखी क्याम्पसमा हरेक बर्ष भर्ना हुने विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । रोजगारमूलक शिक्षाको अभ्यास नहुँदा उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको क्याम्पस प्रमुख पण्डितको भनाइ छ । उहाँले अहिले विदेशतिर जानेको संख्या बढ्दै गएको र पढेर के गर्ने भन्नेहरुको संख्या बढ्दै गएको बताउनुभयो ।

जयपृथ्वी बहुमुखी क्याम्पसमा मात्रै नभएर जिल्लामा सञ्चालित अन्य क्याम्पसहरुमा समेत विद्यार्थीको अभाव रहेको छ । कतिपय ठाउँमा विद्यार्थीको अभावमा क्याम्पसहरु बन्द हुने अवस्थामा समेत पुगेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिकामा रहेको एक मात्रै मुख्य क्याम्पस खापरदेब बहुमुखी क्याम्पसमा पनि विद्यार्थीहरुको संख्या न्यून रहेको प्राध्यापक रमेश बहादुर सिंहले बताउनुभयो । पछिल्लो समयमा मान्छेले सहर नै बढी रोज्ने गरेकाले उच्च शिक्षा अध्ययन गर्नेहरुको संख्या कम हुँदै गएको बताउनुभयो । उहाँले पहाडी क्षेत्रहरुमा खासै रोजगारीका अवसरहरु पनि नहुने गरेकाले स्नातक तहसम्म अध्ययन गर्नेको संख्या निकै कम हुँदै गएको र भर्ना भएकाहरुले पनि बीचमै छोड्ने प्रवृति बढेको बताउनुभयो ।

जिल्लामा सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसको रुपमा एक मात्रै जयपृथ्वी बहुमुखी क्याम्पस भोपुर सञ्चालन रहेको छ । यस्तै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसको रुपमा खापरदेब बहुमुखी क्याम्पस कालुखेती, सेती क्याम्पस बगडगाउँ, थलारा बहुमुखी क्याम्पस थलारा, बझाङदिप क्याम्पस झोता, सुनकुडा क्याम्पस सुनकुडा, त्रिवेणी आर्दश बहुमुखी क्याम्पस बुङ्गल र शान्ती आदर्श क्याम्पस चौघानपाटा सञ्चालनमा रहेका छन् ।

सबै जसो क्याम्पसहरुमा विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । तर सुनकुडा क्याम्पसमा भने स्नातक तहमा अध्ययन गर्नेको संख्या सन्तोषजनक नै रहेको क्याम्पस प्रमुख चक्र बहादुर ढाँटले बताउनुभयो । उहाँले भर्ना भएकाहरुले बीचमा छोड्ने प्रवृति भने बढेको बताउनुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश अधिवेशनमा गणेश बहादुर बोहराले सह–महामन्त्री पदमा पुनः उम्मेदवारी घो...
च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज