घुसको काण्ड बाहिरिएपछी बुंगलका मेयरलाई नाराजुलुस सहित पालिका छोड्न चेतावनी
बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकाका स्थानीयले मेयरलाई बुङगल नगरपालिका छाड्न चेतावनी दिएको हाे । आज एक कार्यक्रमका बिच नारा लगाउदै स्थानीय सरकार बुङगलका मेयरलाई राजिनामा दिन चेतावनी दिएको स्थानीय रामचन्द्र जाेशीले बताए ।
बुङगल नगरपालिका मेयर जयबहादुर धामीले स्थानीयलाई जागिर लगाई दिने भन्दै कामना टेलिभिजनले न्युज प्रशारण गरेपछि स्थानीय सर्वसाधारण राजनैतिक दलका नेता कार्यक्रताहरुले नगरपालिका परिसरमा बुङगल नगरपालिकामा भ्रष्टाचार भएको भन्दै र मेयर अडियो काण्ड बारे आज नाराजुलुस सहित नगरपालिका घेराउ गरेका थिए ।
नारावाजी गर्दै स्थानीय सँगसँगै नेकपा एमाले र विप्लव समुहको सयुक्त आयाेजनामा बुङगलका सर्वसाधारणले नगरपालिका घेराउ सहित नारा लगाएका थिए । नारामा "ए चाेर बुङगल छाेड, जनता लुट्न पाईदैन यस्तो मेयर हामीलाई चाहिदैन । तुरुन्तै राजिनामा देउ भ्रष्टाचार गर्न पाईदैन" जस्ता थिए ...












