बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको रिङ्गराेड स्थानीयले सरसफाइ गरेका छन ।
दशै नजिकिँदै गर्दा,जयपृथ्वी नगरपालिका चैनपुरका स्थानीयले सहरको रिङ्गराेड सरसफाइ गरेको हाे ।
स्थानीय समाजसेवी प्रेम बहादुर सिँह सम्राट सिँह घनश्याम राेकाया सहितकाले टाेलिले आज सरसफाइ गरेको हाे । स्थानीय समाजसेवी प्रेम सिँहकाे जेसिविले पानकाेट फुल देखि बजार सम्म फाेहर हटाउदै सरसफाइ गरिएको थियाे ।
स्वच्छ शहर सफा सहर बनाउन नगरपालिकाकाे भुमिका रहेता पनि, स्थानीय आफै जागेर यस्तो राम्रो कार्य गरेका हुन । रिङ्गराेड सरसफाइ गरेपछि मेयर चेतराज वजाल र उपमेयर सुरत सिँह रतन बस्ने टाेल पनि सफा देखिएकाे छ ।


