बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको रिङ्गराेड स्थानीयले सरसफाइ गरेका छन ।
दशै नजिकिँदै गर्दा,जयपृथ्वी नगरपालिका चैनपुरका स्थानीयले सहरको रिङ्गराेड सरसफाइ गरेको हाे ।
स्थानीय समाजसेवी प्रेम बहादुर सिँह सम्राट सिँह घनश्याम राेकाया सहितकाले टाेलिले आज सरसफाइ गरेको हाे । स्थानीय समाजसेवी प्रेम सिँहकाे जेसिविले पानकाेट फुल देखि बजार सम्म फाेहर हटाउदै सरसफाइ गरिएको थियाे ।
स्वच्छ शहर सफा सहर बनाउन नगरपालिकाकाे भुमिका रहेता पनि, स्थानीय आफै जागेर यस्तो राम्रो कार्य गरेका हुन । रिङ्गराेड सरसफाइ गरेपछि मेयर चेतराज वजाल र उपमेयर सुरत सिँह रतन बस्ने टाेल पनि सफा देखिएकाे छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३