धनगढी । नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ । सो पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका प्रदेश सभा सदस्य घनश्याम चौधरी र इन्दिरा गिरीलाई पार्टीले गरेको कारबाही फुकुवा गरेको हो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबारदेखि कारबाही फुकुवा गर्दै दुवै जनालाई पार्टीको यथास्थानमा बहाली गरेकी छन् । नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको बेला अध्यक्ष श्रेष्ठले कारबाही गरेकी थिइन् । झन्डै छ महिनापछि सो कारबाही फुकुवा गरिएको छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले बागमती प्रदेश अध्यक्ष दीप तामाङ, गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र केन्द्रीय सदस्य नवीन थापालाई गरेको कारबाही पनि फुकुवा गरेको सांसद गङ्गाराम चौधरीले जानकारी दिए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३