Advertisement

साताभर वर्षाको सम्भावना, बिहीबारदेखि अझ धेरै वर्षा हुने

Advertisement

केही समय सुस्ताएको मनसुन फेरि सक्रिय भएको छ । जसअनुसार मंगलबारदेखि साताभर वर्षाको सम्भावना रहेको छ । बिहीबारदेखि शनिबारसम्म भने देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘मंगलबार दिउँसोदेखि बादल लागेर वर्षा हुन्छ, शनिबारम्म वर्षाको सम्भावना छ,’ मौसमविद् गोविन्द झाले भने, ‘बंगालआसपास बनिरहेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सर्दै छ । स्थानीय वायुको पनि असर र मनसुनी प्रभावका कारण वर्षा हुन लागेको हो ।’

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण मंगलबार दिउँसोदेखि देशभर बादल लाग्नेछ । दिउँसो लुम्बिनीका पश्चिमी भूभाग तथा सुदूरपश्चिमका तराईका धेरै स्थानमा हल्का वर्षा तथा केही स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा पनि वर्षा हुने देखिएको छ ।

बुधबार सातवटै प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि चेतावनी दिइएको छ । सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षाको आकलन महाशाखाले गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी का तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने देखिन्छ ।

बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कोशीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् झाले बताए । कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी का तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने आकलन छ ।

गर्मी घट्ने, धानबालीलाई असर गर्न सक्ने
मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका वेला मंगलबारदेखि भने वर्षा हुने भएको हो । सोमबार जनकपुरको अधिकतम तापक्रम ४०.६ डिग्रिसेल्सियस पुगेको थियो । तर, मंगलबारदेखिको वर्षाले तापक्रम घटाउने र जनजीवनमा केही राहत हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए । अब हुने वर्षाले पाक्न लागेको धानबालीलाई भने असर पु¥याउने देखिएको छ । कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताए । ‘जेठ मध्यमा रोपेको धान थन्क्याउने वेला भइसक्यो, वर्षा भएमा क्षति गर्छ, अहिलेको वर्षाले धान झर्ने, पाकेको बाली समयमा थन्काउन नपाएमा उत्पादन घट्ने समस्या हुन सक्छ,’ वरिष्ठ कृषि अर्थविद्समेत रहेका जोशीले भने ।

गर्मी बढेपछि विद्यालयमा बिहानी कक्षा सञ्चालन
लहान/
गर्मी बढेपछि सिराहाको गोलबजार नगरपालिका– ११ आशोपुर बल्कवामा वडा कार्यालयको अनुरोधमा वडा क्षेत्रका विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिएको छ । एक सातायता बढ्दै गएको गर्मीले विद्यार्थीलाई विद्यालय आउन, पठनपाठनमा सहभागी हुन र शिक्षकहरूलाई शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न असहज भएकाले वडा क्षेत्रका सामुदायिक, निजी र धार्मिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको गोलबजार– ११ का वडाध्यक्ष सोहेब अनवरले जानकारी दिए । ‘बढ्दो गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिने जोखिम बढ्यो,’ उनले भने, ‘त्यसले शिक्षण सिकाइ क्रियाकलापसमेत प्रभावित हुने भएपछि बिहानी कक्षा चलाउने निर्णय गरेका हौँ ।’ एक हप्तादेखि सिराहाका विभिन्न ठाउँमा मध्याह्नतिर औसत तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज