काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
असोज २ गते जिल्ला अदालत काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
एक महिलाबाट दुईजनाबीचको सम्वाद सार्वजनिक गरेको भन्दै एक साताअघि साइबर ब्युरोमा प्रसाईंविरुद्ध मानहानीको जाहेरी परेको थियो ।
प्रसाईलाई विद्युतीय कारोबार कसुरमा मुद्दा चलाउन आजै जिल्ला अदालत काठमाठौंमा म्याद थपका लागि लगिनेछ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३