काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
असोज २ गते जिल्ला अदालत काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
एक महिलाबाट दुईजनाबीचको सम्वाद सार्वजनिक गरेको भन्दै एक साताअघि साइबर ब्युरोमा प्रसाईंविरुद्ध मानहानीको जाहेरी परेको थियो ।
प्रसाईलाई विद्युतीय कारोबार कसुरमा मुद्दा चलाउन आजै जिल्ला अदालत काठमाठौंमा म्याद थपका लागि लगिनेछ ।

