Advertisement

Breaking News 2

झापामा नौ महिनामा २ अर्ब ३५ करोड राजस्व संकलन, ११ फर्ममाथि कारबाही

झापामा नौ महिनामा २ अर्ब ३५ करोड राजस्व संकलन, ११ फर्ममाथि कारबाही

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
झापा— आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ८.२६ प्रतिशतले बढी हो। कार्यालयका अनुसार अघिल्लो वर्ष साउनदेखि चैत महिनासम्म दुई अर्ब १७ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो। चालु आर्थिक वर्षमा चार अर्ब ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ। हालसम्मको संकलन कुल लक्ष्यको ८१.४५ प्रतिशत मात्र रहेको कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। नौ महिनामा आयकरबाट एक अर्ब सात करोड, ब्याजबाट सात करोड १९ लाख, मूल्य अभिवृद्धि कर (भीएटी) बाट ७६ करोड ७१ लाख र अन्तःशुल्कबाट ३९ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ। आयकर र भीएटी नतिर्ने ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गर्दै एक करोड ७५ लाख रुपैयाँ असुल गरिएको पनि सुनुवारले बताए। "राजस्...
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ। सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् । महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिए। “शिक्षक÷शिक्षिका आन्दोलनमा काठमाडौँ गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन ।”...
सुनसरीको देवानगञ्जमा गोलीकाण्ड, तीन जना पक्राउ, तीन अझै फरार

सुनसरीको देवानगञ्जमा गोलीकाण्ड, तीन जना पक्राउ, तीन अझै फरार

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
सुनसरी- देवानगञ्ज गाउँपालिकामा भएको गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवानगञ्ज–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेका छन्। सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहताको विराटनगरमा प्रहरी निगरानीमा उपचार भइरहेको छ। घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार छन्। फरारमध्ये कामेश्वर यादवसहितका तीन जना सीमावर्ती क्षेत्रमा बस्दै आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घटनामा कुल ६ जनाको संलग्नता रहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू सबै आपराधिक पृष्ठभूमिका रहेको र भारतमा समेत खोजीको सूचीमा परेका तथ्य खुलेका छन्। पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिनअघि मात्र पक्राउ परेर छुटेका थिए। प्रहरीका अनुसार घाइते मेहता...
देशका पहाडी भूभागमा बदली, कतै–कतै वर्षा र हिमपातको सम्भावना

देशका पहाडी भूभागमा बदली, कतै–कतै वर्षा र हिमपातको सम्भावना

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- स्थानीय वायु प्रणालीको प्रभावले देशका केही भागमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। रातिको मौसमतर्फ, कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आकाश मुख्यतः खुल्ला रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।...
नहरमा डुबेर एक बालिका बेपत्ता

नहरमा डुबेर एक बालिका बेपत्ता

Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दिर्घ बादीकी ९ वर्षीया छोरी खुसी बादी बेपत्ता भएकी प्रहरीले जनाएको छ। उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी जनाइएको छ। उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।...
तेस्रो कमल स्मृति कपको उपाधि बौनाली टाइगरलाई

तेस्रो कमल स्मृति कपको उपाधि बौनाली टाइगरलाई

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा सम्पन्न तेस्रो कमल स्मृति कपको उपाधी बौनाली टाइगरले जितेको छ । कमल स्मृति क्लबको आयोजना तथा वडा नम्बर ४ को मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि बौनाली टाइगरले जितेको हो । प्रतियोगिताको उपविजेता चिरासैनी युवा क्लब र तेस्रो मष्टा भवानी युवा क्लब भएको छ । प्रतियोगिताको विजेता बौनाली टाइगरले ४५ हजार ५ सय रुपैयाँ, उपविजेता चिराशैनी युवा क्लबले २७ हजार ३ सय रुपैयाँ र तेस्रो हुने मष्टा भवानी युवा क्लबले नगद १६ हजार ३८० रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता विजेता टिमहरूलाई बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल, नेकपा एमाले बित्थडचिर गाउँपालिका कमिटी अध्यक्ष दिपेन्द्र बोहराले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । पुरस्कार प्राप्त गरेपछि चिराशैनी युवा क्लबका अध्यक्ष कलक धामीले कमल स्मृति अक्षकोष स्थापनाका लागि न...
आईपीएलमा कोलकाताको सानदार जित, धोनीको कप्तानीमा चेन्नई आठ विकेटले पराजित

आईपीएलमा कोलकाताको सानदार जित, धोनीको कप्तानीमा चेन्नई आठ विकेटले पराजित

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई आठ विकेटले पराजित गरेको छ। महेन्द्रसिंह धोनी कप्तानीमा फर्किएको दिनमै चेन्नईले हार बेहोरेको हो। नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि धोनीले नेतृत्व सम्हालेका थिए। चेन्नईले दिएको १०४ रनको लक्ष्य कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनाउँदै सजिलै पार गर्‍यो। सुनील नारायणले ४४ रन बनाउँदै जितमा महत्वपूर्ण योगदान दिए भने क्विन्टन डि ककले २३ रन जोडे। चेन्नईतर्फ नूर अहमद र अन्सुल कामबोजले समान एक–एक विकेट लिए। त्यसअघि, एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ९ विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो। चेन्नईका शिवम दुबेले अविजित ३१ रन बनाए भने विजय शंकरले २९ रन जोडे। कोलकाताका सुनील नारायणले तीन विकेट, हर्षित र...
टी–२० शृङ्खला: लिगको अन्तिम खेलमा आज नेपाल हङकङसँग भिड्दै

टी–२० शृङ्खला: लिगको अन्तिम खेलमा आज नेपाल हङकङसँग भिड्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हङकङमा जारी टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि नेपालले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतमाथि पनि विजय हासिल गरेको छ। हङकङ, नेपाल, कतार र कुवेत सहभागी प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। १ जित र १ हारसहित कुवेत २ अङ्कका साथ दोस्रो स्थानमा छ। लिग चरणका सबै खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ।...
कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुरमा एक युवक मृत फेला

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। लालझाँडी गाउँपालिका–२ कसुवा जंगलमा कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने ३६ वर्षीय रामनिवास राना बिहीवार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा थप अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
डोटीमा चट्याङ लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई राहत दिने घोषणा

डोटीमा चट्याङ लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई राहत दिने घोषणा

Breaking News 2, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डोटी- डोटीको सायल गाउँपालिकाले चट्याङ लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई राहत दिने घोषणा गरेको छ। बुधबार राति सायल गाउँपालिका–६, दल्लेखकी ३३ वर्षीया कमला नागरीको चट्याङ लागेर मृत्यु भएपछि गाउँपालिकाले उनका परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो। चट्याङ लाग्दा कमलाका छोराछोरीसहित ७ जना घाइते भएका छन्। गाउँपालिका अध्यक्ष धर्म जोशीले कार्यपालिकाको बैठकबाट यथासिघ्र निर्णय गराई राहत रकम उपलब्ध गराइने जानकारी दिए। घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।...
बझाङको छडिभेल झरना आन्तरिक पर्यटकको आकर्षणमा

बझाङको छडिभेल झरना आन्तरिक पर्यटकको आकर्षणमा

Breaking News 2, ताजा अपडेट, पर्यटन, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिका–८ बिस्खेतस्थित छडिभेल झरना पछिल्लो समय आन्तरिक पर्यटकको लोकप्रिय गन्तव्य बन्दै गएको छ। छडिभवानी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको यो झरना क्षेत्रमा बझाङका विभिन्न स्थानबाट मानिसहरू आउने गरेका छन्। पर्यटकहरू झरनामा नुहाउने, फोटो र भिडियो खिच्ने, वनभोज गर्ने लगायतका गतिविधिमा रमाउने गरेका छन्। गर्मीयाममा थलारा, केदारस्यु, दुर्गाथली लगायतका पालिकाबाट दैनिक १०–२० जना पर्यटक पुग्ने गरेको स्थानीय यज्ञराज जोशीले बताए। थलारा–८ घट्टेखेत निवासी लक्ष्मीराज जोशीका अनुसार पछिल्लो समय टाढाटाढाबाट पनि जिप र मोटरसाइकल चढेर पर्यटक आउने गरेका छन्। गाउँपालिकाको सक्रियतामा पानीको धारा, मन्दिर, प्रतिक्षालय, भिउ टावर, वनभोजका संरचना निर्माण भएपछि पर्यटकको आकर्षण बढेको हो। वडा अध्यक्ष टिकाराज जोशीले छडिभेल झरना उत्कृष्ट गन्तव्य बन्दै गएको बताउँदै शनिबार...
अछामको आगलागी प्रभावित क्षेत्रको मन्त्री खड्काद्वारा स्थलगत निरीक्षण

अछामको आगलागी प्रभावित क्षेत्रको मन्त्री खड्काद्वारा स्थलगत निरीक्षण

Breaking News 2, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको बान्नीगढी जयगढमा आगलागीबाट नष्ट भएको क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले स्थलगत निरीक्षण गरेका छन्। धनगढीबाट गएको टोलीमा आन्तरिक मामिला मन्त्री हिरा सार्कीसमेत सहभागी थिए। मन्त्री खड्काले जलेका घर र पसलहरूको विवरण संकलन गर्नुका साथै पीडितहरूसँग भेटघाट गरेका थिए। बुधबार बिहान मन्त्रिपरिषद् बैठक सकेर उनी अछाम आएका हुन्। गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद र प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले क्षतिको जानकारी दिएका थिए। मङ्गलबार साँझ भएको आगलागीबाट २३ घरभित्र रहेका ३५ पसल जलेर नष्ट हुँदा आठ करोडभन्दा बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ। तत्काल राहत व्यवस्थापन गरिए पनि दीर्घकालीन पुनःस्थापनाका लागि समन्वय भइरहेको छ। अध्यक्ष साउँदले आगो नियन्त्रणमा सघाउने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, मङ्गलसेन नगरपालिकाको दमकल र स्थानीयवासीलाई धन्य...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज