सुनकुडा क्याम्पसमा संयुक्त प्यानल नै निर्वाचित , सभापतिमा विष्ट
धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त प्यानल निर्वाचित भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ ) र अखिल समाजवादीलाई हराउँदै अनेरास्ववियु अखिल क्रान्तिकारी र अनेरास्ववियूको संयुक्त प्यानलनै निर्वाचित भएको हो । क्याम्पसको स्ववियु सभापतिमा नेरास्ववियुका कपिल बिष्ट निर्वाचित भएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ ) का जयदेव भट्ट र अखिल समाजवादीका भानूभक्त जोशीलाई पराजित गर्दै सभापति पदमा बिष्ट निर्वाचित भएको निर्वाचन अधिकृत हिक्मत बहादुर स्याडाले जानकारी दिए ।
उनका अनुसार बिष्टले १ सय ४१ , भट्टले ७७ र जोशीले ४ मत प्राप्त गरेका थिए ।
स्ववियु सचिवमा अनेरास्ववियूका सन्तोष बि.क निर्वाचित भएका छन् । उनलेे १ सय १७ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेविसंघका धनबहादुर बोहराले ९२ र अखिल समाजवादीका अञ्जली ऐरले १५ मत प्राप्त ग...












