Advertisement

Breaking News 1

अछाममा बहुविवाह कसुरमा महिला प्रकाउ, पुरुष फरार

अछाममा बहुविवाह कसुरमा महिला प्रकाउ, पुरुष फरार

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा बहुविवाह कसुरमा एक महिला प्रकाउ परेकी छन् । जिल्लाको तुर्माखाँद गाउँपालिका ४ चिसिकी २४ वर्षीया तुलसी बुढा बहुविवाह कसुरमा प्रकाउ परेकी हुन् । बहुबिवाह कसुरमा २०८१ असाढ ६ गते १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३ सय ३३ रुपैया जरिवाना तोकिएकोमा हालसम्म फरार गरिएकी बुढालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सोमबार दिउँसो १२: ४० बजे प्रहरी चौकि तुर्माखाँदबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ। प्रकाउ परेकि महिलासँग बहुबिवाह गर्ने पुरुष भने अझै फरार रहेका छन् । बुढा घरमा श्रीमती हुँदाहुँदै सौतामा आएकी थिइन् ।...
नियम बिपरितका भिसा रद्द गरी देश निकाला गर्ने अमेरिकी विदेश मन्त्रालयको चेतावनी

नियम बिपरितका भिसा रद्द गरी देश निकाला गर्ने अमेरिकी विदेश मन्त्रालयको चेतावनी

Breaking News 1, Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
एजेन्सी- अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो । सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक सन्देशमा भिसा धारकहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गरिने र यदि उनीहरूले उल्लंघन गरेमा भिसा रद्द गरी देश निकाला गरिने उल्लेख छ। मन्त्रालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट जारी गरेको सन्देशमा भनिएको छ, ‘अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि रोकिँदैन। हामी भिसा धारकहरूले सबै अमेरिकी कानून र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गर्छौं – र यदि उनीहरूले पालना नगरेको भेटिएमा हामी उनीहरूको भिसा रद्द गरी देश निका...
अछाममा बिहानै भूकम्पको धक्का

अछाममा बिहानै भूकम्पको धक्का

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । केन्द्रका अनुसार अछामको बाटुलासेन केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ।...
आज देशका केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

आज देशका केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ । यस्तै, आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।...
बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

बझाङको बुङ्गल घर भएका बोहरा महेन्द्रनगरबाट बेपत्ता

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ घर भएका एकजना महेन्द्रनगरबाट बेपत्ता भएका छन् । भारतबाट घर फर्किएका बुङ्गल नगरपालिकाका अन्दाजी ४२/४३ वर्षीय बीर बहादुर बोहरा महेन्द्रनगर बजारबाट वेपत्ता भएका हुन् । बोहरा फागुन २९ गते साँझ ७ बजेको समयमा महेन्द्रनगरको चमनचोकबाट बेपत्ता भएका उनका काका हरिलाल बोहराले कामना टुडेलाई जानकारी दिए । उनलेे भने मैले पनि चैत ३ गते मात्रै बेपत्ता भएको खबर पाएको हुँ , खोजी कार्य गर्दा अहिलेसम्म भेटिएको छैन । उनीसँगै साथमा भएकाहरू भने घर पुगिसकेका छन् , तर बोहरा अहिलेसम्म सम्पर्कमा नआउँदा परिवार चिन्तामा परेको छ । बोहराको घर परिवारले खोजी कार्य गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय निवेदन दिनुका साथै सबैलाई आग्रह समेत गरेको छ । बोहलाई भेटाएमा नजिक प्रहरीलाई जानकारी गर्न तथा ९८०९४७५७८० मा सम्पर्क गरीदिन अनुरोध गरिएको छ ।...
मुख्यमन्त्री शाहको प्रेस सल्लाहकारमा बम

मुख्यमन्त्री शाहको प्रेस सल्लाहकारमा बम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त भएका छन्। मुख्यमन्त्री शाहले सोमबार उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। प्रेस युनियनको नेतासमेत रहेका बमले राजनीति र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गर्नुभएको छ। उनीँ २०६२ सालदेखि पत्रकारितामा आबद्ध छन्। विगतमा धनगढी पोस्ट, अनुमोदन दैनिक लगायतका सञ्चार माध्यममा काम गरेका बम पछिल्लो समय न्युज दैनिकमा कार्यरत छन् ।...
जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण

जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको सदरमुकाम चैनपुरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेको छ । संस्थाले सोमबार एक कार्यक्रम बिच थलारा गाउँपालिका–९ की मृतक संथाकी सदस्य पञ्चमला देवी जोशीको छोरा भागिरथ जोशीलाई वित्तीय साक्षरता कार्यक्रम तथा विमा क्षतिपूर्ति बापतको ६ लाख २५ हजार रकम हस्तान्तरण गरेको हो । समाजमा लघुवित्त संस्थाका विषयमा गलत प्रचार भईरहेपनि वास्तवमा यस्ता संस्थाहरुले समुदाय स्तरमा धेरै सहुलियत पुर्याउँदै आएको संस्थाका शाखा प्रबन्धक सुमन रानाले बताए उक्त रकम हस्तान्तरण कार्यक्रममा वित्तीय क्षेत्रको सुधार ,वित्तीय अनुशासन , कर्जा सदुपयोग ,बचत को महत्त्व तथा आवश्यकता, प्रबिधी मैत्री पारदर्शी कारोबार ,कर्जा बिमाको महत्त्व र बैंकिङ प्रणाली जस्ता विभिन्न वित्तीय ज्ञानहरुको बारेमा जानकारी गराईएको थि...
सुदुरपश्चिमका झण्डै ५९ हजार विद्याथी (एसइई) मा सहभागी हुने

सुदुरपश्चिमका झण्डै ५९ हजार विद्याथी (एसइई) मा सहभागी हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- सुदुरपश्चिमका झण्डै ५९ हजार विद्याथी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनेभएका छन् । यहीँ चैत ७ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) मा प्रदेशभरका ५८ हजार ९ सय ४३ जना विद्यार्थी सहभागी हुनेभएका हुन् । शिक्षा विकास निर्देशनालयका अनुसार गत वर्ष ५५ हजार १० जनाले परीक्षा दिएका थिए भने यस वर्ष ५८ हजार ९ सय ४३ जना सहभागी हुने भएका छन्। प्रदेशभर परीक्षार्थीको सङ्ख्या वृद्धि भए पनि कैलालीमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । गत वर्ष १८ हजार ७ सय २० विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने यो वर्ष १९ हजार ८ सय ४८ जना विद्यार्थी परीक्षा दिने भएका छन् । त्यसै गरी, कञ्चनपुरमा पनि सोही अनुरूप वृद्धि भएको छ । अघिल्लो वर्ष १० हजार ३३५ जनाले परीक्षा दिएका थिए भने यो वर्ष परीक्षार्थीको सङ्ख्या ११ हजार ३०१ पुगेको छ। यसै गरी, बैतडी, अछाम, बझाङ, डोटी, दार्चुला, बा...
बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना गरेको लगायतका आरोप

बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना गरेको लगायतका आरोप

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको भोलि स्ववियु निर्वाचन हुने एक क्याम्पसमा तालाबन्दी गरिएको छ । जिल्लाको डिलासैनी गाउँपालिका- ६ गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको हो । क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ । फागुन १५ गते सम्म मात्रै विद्यार्थी भर्ना म्याद रहेको भए पनि क्याम्पसमा फागुन २५ गते सम्म विद्यार्थी भर्ना गरेको देखिएको स्ववियु अध्यक्षका उम्मेदवार रमेश मालले बताए । साथै क्याम्पस प्रशासनले वितरण गर्नुपर्ने परिचय पत्र पनि विद्यार्थी संगठनहरुले वितरण उनको भनाइ छ । अनेरास्ववियुले फागुन १५ गते पछि भर्ना गरिएका फर्जि विद्यार्थीको भर्ना रद्द गर्नुपर्ने र विद्यार्थी संगठन संग रहेका परिचय पत्र फिर्ता मागी क्याम्पस प्रशासनले नै विद्यार्थी दिनुभपर्ने माग गरेको छ। फर्ज...
नेपाल प्रहरीको ३१ औं आईजीपीमा थापा नियुक्त

नेपाल प्रहरीको ३१ औं आईजीपीमा थापा नियुक्त

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपीमा नियुक्त भएका हुन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गरिएको जनाइएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै  आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका थिए । ...
राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न

राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, समाचार
धनगढी- राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला कार्यक्रममा सम्पन्न भएको छ । आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला कार्यक्रममा सम्पन्न भएको हो । दलित एकताका लागि गोलमेच सम्मेलन आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्मा प्रमुख अतिथि रहनुभएको थियोे । त्यस्तै विशिष्ट अतिथिमा गोलमेच सम्मेलनका प्रवक्ता अग्निसिखा,सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनार रहनुभएको थियोे । यस्तै कार्यक्रममा नेता, प्रतिनिधिहरू कर्मचारी, बुद्धिजीवी पत्रकारको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रमबाट कर्णाली प्रदेश स्तरीय समन्वय समिति गठन गरिएको छ । डम्बर नेपालीको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।...
गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

गेटा बिमानस्थलबाट चरेश लिएर काठमाडौं जान लागेका कञ्चनपुरका नाथ पक्राउ

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गेटा बिमानस्थलबाट काठमाडौं जाँदै गरेका एकजना चरेशसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ एयरपोर्टमा वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौं जान लागेका कञ्चनपुरको वेदकोट नगरपालिका-८ बस्ने २१ वर्षीय भुवन नाथ विमानस्थलमै पक्राउ परेका हुन् । नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम चरेशसहित बिमानस्थल सुरक्षा गार्ड गेटाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज