धनगढी- कैलालीमा एक महिलाले ३७ वर्षको उमेरमा नागरिकता पाएकी छन् । जिल्लाको गोदावरी नगरपालिका-८ की अपाङ्गता भएकी अरुणा कुमारी चौधरीले ३७ वर्षको उमेरमा नागरिकता पाएकी हुन् ।
मंगलबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल सहितको टोलीले अपाङ्गता भएकी चौधरीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ ।
अपाङ्गता भएका कारण नागरिकता बनाउन प्रशासनसम्म जान नसक्दा सरकारी सेवाबाट बञ्चित हुनुपरेको जानकारी चौधरीका बुवाले गराएपछि आफूहरूले घरमै आएर नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।
शारीरिक रूपमा पूर्णरुपमा अशक्त ३७ वर्षीय चौधरी नागरिकता लिन प्रशासन कार्यालयसम्म जान नसक्दा नागरिकताबाट बञ्चित थिईन् ।

