बाजुराका भूकम्प प्रभावितलाई दोस्रो किस्ता दिइने
बाजुरा– जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले भूकम्प प्रभावितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृह मन्त्रालयबाट आएको रकम एक हजार चार सय ७३ जना भूकम्प प्रभावितलाई प्रदान गर्नेगरी पालिकालाई वितरण गर्ने निर्णय गरिएको हो ।
बाजुराका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्याङ्क अद्यावधिक नभएकाले पालिकाका प्रभावितहरूका लागि भने रकम नआएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार त्रिवेणी नगरपालिकाका लागि २८ लाख २५ हजार, बुढीगङ्गा गाउँपालिकाका लागि ८६ लाख र बुढीनन्दा नगरपालिकाका लागि १३ लाख ५० हजार रुपैयाँ आएकाे छ । त्यस्तै गौमूल गाउँपालिकाका लागि १३ लाख ७५ हजार, खप्तड छेडेदह गाउँपालिकाका लागि दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकाका ल...












