Advertisement

नयाँ शैक्षिक सत्रका लागि चैत १२ गतेदेखि पुस्तक वितरण गरिँदै

Advertisement

काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि चैत १२ गतेदेखि पुस्तक वितरण सुरु गरिने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको गोदाममा रहेका किताब पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षाको समन्वयमा वितरण सुरु गर्न लागिएको हो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार गत शुक्रबार बसेको बैठकले चैत १२ गतदेखि वितरण गर्ने निर्णय गरेको थियोे ।
‘गत वर्ष चैत १५ गतेबाट पुस्तक वितरण सुरु गरिएको थियो । जनक शिक्षाको प्रबन्ध–निर्देशक नियुक्त हुन बाँकी रहेकाले आर्थिक पक्ष केही प्रभावित हुन सक्ने श्रेष्ठले बताए । तैपनि पुस्तक वितरण समयमै सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ।

हाल कक्षा नौ र १० का लागि सात विषय, कक्षा चारदेखि आठसम्मका लागि ६ विषय र कक्षा एकदेखि तीनसम्मका लागि चार विषयका पुस्तक छापिएका छन् । तर, कक्षा एक, दुई र चारका केही पुस्तक भने जनक शिक्षाले यस वर्ष छापेको छैन ।
नयाँ शैक्षिक सत्र ०८१/८२ का लागि जनक शिक्षाले कुल एक करोड ७० लाख पुस्तक छापेको छ । जनक शिक्षा सामग्री केन्द्रका निर्देशक तिलबहादुर अधिकारीका अनुसार कक्षाअनुसार औसत २५ देखि ३० लाख थान पुस्तक आवश्यक पर्ने हुन्छ ।

वैशाखको पहिलो सातासम्म किताब वितरण गरि सक्ने लक्ष्य छ ।
पुस्तक वितरणमा मुख्य विक्रेता जनक शिक्षा सामग्री केन्द्र हुनेछ । सातै प्रदेशमा यसका कार्यालय छन् । केन्द्रले सातै प्रदेशका कार्यालयमा किताब पुर्‍याउनेछ । त्यहाँबाट जिल्ला–जिल्लामा ढुवानी हुनेछ ।
ढुवानी गर्नका लागि ढुवानीकर्ता तथा एजेन्ट तोकिएको छ । यसपटक देशभर एक हजार दुई सय एजेन्टले पुस्तक ढुवानी गर्नेछन् । उनीहरूले किताब विद्यालय–विद्यालयसम्म पुर्‍याउनेछन् ।

सरकारी विद्यालयमा कक्षा एकदेखि १२ सम्म पढ्ने विद्यार्थीले निःशुल्क पुस्तक पाउँछन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज