धनगढी- कञ्चनपुरमा जंगली हात्ती मरेको घटनामा एक जना पक्राउ परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका-४ पर्सियामा जंगली हात्ती मरेको घटनामा पर्सियाकै ओमप्रकाश रानालाई पक्राउ परेका हुन् ।
फागुन ७ गते रानाकै खेतबारीमा वयस्क भाले हात्ती मरेको अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्ती मरेको रिपोर्ट आएपछि
डिभिजन वन कार्यालय कञ्चनपुरले रानालाई पक्राउ गरेको जनाएको छ ।
हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापबाटै मरेको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ लालझाडी सब-डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले जानकारी दिए ।
रानालाई मंगलबार पक्राउ गरि बुधबार ८ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ ।

