धनगढी- बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। मौसममा आएको परिवर्तनसंगै जिल्लाका अधिकांश गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका हुन् ।
अहिले अस्पताल,स्वास्थ्यसंस्थामा आउने बिरामीमध्ये अधिकांस भाइरल ज्वरोका हुने गरेका स्वास्थ्यकर्मीहरुले बताएका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारको लागि पुग्ने गरेका छन्।
अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार दैनिक १५० जना उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका छन्। जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन्।
जिल्लाका अन्य स्वास्थ्यसंस्थामा पनि भाइरल ज्वरोको बिरामी बढेका छन्। गाउँगाउँमा बिरामी बढेपछि त्यहाँका स्वास्थ्यसंस्थाहरुमा पनि बिरामीको चाप बढ्न थालेको छ ।

