Advertisement

Breaking News 1

देशका विभिन्न ठाउँमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

देशका विभिन्न ठाउँमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ– सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा रातिदेखि लगातार वर्षा भइरहेको छ। पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पानी दाङमा ५६ मिलिमिटर परेको छ भने अछाम र दैलेखमा ४१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा गराउने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको महाशाखाले जानकारी दिएको छ। हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा पनि वर्षा सुरु भएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।...
गेटा आँखा अस्पताल मार्तडी शाखाका प्रमुख लागुऔषधसहित पक्राउ

गेटा आँखा अस्पताल मार्तडी शाखाका प्रमुख लागुऔषधसहित पक्राउ

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— गेटा आँखा अस्पतालको बाजुरा, मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन्। धनगढीको चौराहाबाट शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बानियालाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो। प्रहरीले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानिया र बाजुराको त्रिणेवी नगरपालिका–८ का २५ वर्षीय मेकेन्द्र गिरीलाई एकसाथ पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार, धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा बानियाले चलाएको लु.प्र.प्र. ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा, पछाडि सवार गिरीले बोकेको झोलाबाट प्लास्टिकमा बेरेर लुकाइ राखिएको १० ग्राम खैरो हेरोइन र प्लास्टिक बाहेक थप ८.८ ग्राम लागुऔषध बरामद गरिएको हो। हाल दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरील...
लुम्बिनीका पूर्व भौतिक मन्त्री धर्मबहादुर चौधरी घुसिया निस्किएपछि 

लुम्बिनीका पूर्व भौतिक मन्त्री धर्मबहादुर चौधरी घुसिया निस्किएपछि 

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
बुटवल, लुम्बिनी — जनताको करबाट सञ्चालित राज्यको योजना प्रणाली, जुन विकासको मेरुदण्ड बन्नुपर्ने हो — त्यही प्रणाली भित्रैबाट घुस र धोका–धडीको घेराबन्दीमा परेको स्पष्ट संकेत देखिन थालेको छ। ताजातरीन उदाहरण हुन्, लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरी। उनै मन्त्रीमाथि अब पाँच लाख रुपैयाँ घुस लिएर योजनामै धोका दिएको गम्भीर आरोप सार्वजनिक भएको छ। एक सेवाग्राहीले तत्कालीन मन्त्री चौधरीले "डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पास गराइदिन्छु" भन्दै नगद घुस लिएको र पैसा बुझिसकेपछि सम्पर्क नै तोडेको भन्दै खुलासा गरेका छन्। “५० लाखको योजना दिलाइदिन्छु, तर १० प्रतिशत तिर्नुपर्छ – पाँच लाख,” चौधरीले यस्तो सर्तसहित पैसा मागेको पीडितको आरोप छ। घटना २०८० सालको असोज महिनाको हो। सेवाग्राहीले चौधरीको निर्देशनअनुसार आईपीएस प्रणालीमार्फत पाँच लाख रुपैयाँ पठाएका थिए। उक्त रकम ...
सगरमाथामा नयाँ कीर्तिमान बनाउनेको लर्को

सगरमाथामा नयाँ कीर्तिमान बनाउनेको लर्को

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन्। जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँनयाँ कीर्तिमान बनाउने बढिरहेका छन्। ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै सिजनमा तीनपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका हरिबहादुर बुढासहित विभिन्न कीर्तिमान बनाउनेको सङ्ख्या लामै छ। हिउँचितुवाको उपनामले चर्चित स्वर्गीय आङ्रिता शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। केही आरोहीले सबैभन्दा छोटो समयमा, सानो उमेरमा सगरमाथा चढेर नयाँ ‘रेकर्ड’ बनाएका छन् भने विनाअक्सिजन आरोहण गरेर पनि विभिन्न कीर्तिमान कायम गरेका छन्। यसै सन्दर्भमा सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बन...
अछाममा बलात्कृत १२ वर्षीया बालिकाले जन्माइन् छोरी

अछाममा बलात्कृत १२ वर्षीया बालिकाले जन्माइन् छोरी

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछाममा १२ वर्षीया बलात्कृत बालिकाले छोरी जन्माएकी छिन् । जिल्लाको चौरपाटीकी १२ वर्षीया बालिकाले छोरी जन्माएकी हुन् । भारतको सुरतमा एकै घरको अर्को कोठामा बस्ने मामा पर्ने पुरुषले आफूलाई पटकपटक बलात्कार गरेको ती बालिकाले प्रहरीलाई बयान दिएकी थिइन् । बालिका सुरतमा मजदुरी गरिरहेका बाबुआमासँग बस्थिन् । बालिकाको भनाइका आधारमा ४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो । आरोपित भारतमा भएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ ।...
कञ्चनपुरको गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

कञ्चनपुरको गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या न्यून रहे पनि पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार सन् २०२३ मा यो नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी सन् २०२४ मा एक हजार १५४ विदेशी पर्यटक यहाँबाट नेपाल आएका छन् । सन् २०२५ को अहिलेसम्म चार सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने यस वर्ष मार्चमा मात्रै दुई ८९ जना नेपाल प्रवेश गरेका छन् । गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकहरू पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका कार्यालय प्रमुख जोशीले बताउनुभयो । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट...
थलारामा क्षयरोग खोजपडताल: ८ सय ६६ जनाको परीक्षण, ६ मा संक्रमण

थलारामा क्षयरोग खोजपडताल: ८ सय ६६ जनाको परीक्षण, ६ मा संक्रमण

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
  बझाङ — बझाङको थलारा गाउँपालिकामा सञ्चालन गरिएको तीन दिने सक्रिय क्षयरोग खोजपडताल शिविरमा ६ जना नयाँ क्षयरोग संक्रमित फेला परेका छन्। चैत २६ देखि २८ गतेसम्म थलारा गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय बझाङ र स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो। गाउँपालिकाका  ९ वटै वडामा सञ्चालित शिविरमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त मेसिन प्रयोग गरी ८ सय ६६ जनाको छातीको एक्सरे परीक्षण गरिएको थियो। परीक्षणको आधारमा ५१ जनामा क्षयरोगको आशंका देखिएकाले उनीहरूबाट थुक (खकार) संकलन गरिएको थियो। संकलित खकार नमुनाहरूलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको अणुविज्ञानी तीव्र पहिचान प्रविधि प्रयोग गरी परीक्षण गरिएको थियो। परीक्षणको क्रममा ६ जनामा क्षयरोगको जीवाणु (माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस) पुष्टि भएको हो। स्वास्थ्य कार्यालय बझाङ...
एसईई परीक्षा केन्द्रमा शिक्षकले संवेदनशील अंग अनुचित रूपमा छोएको भन्दै किशोरीले दिइन् उजुरी

एसईई परीक्षा केन्द्रमा शिक्षकले संवेदनशील अंग अनुचित रूपमा छोएको भन्दै किशोरीले दिइन् उजुरी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— एसईई परीक्षाका क्रममा धनगढीको पञ्चोदय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको आरोपमा प्रहरीमा उजुरी परेको छ। पीडित किशोरीले चिट चेकजाँचको नाममा परीक्षा केन्द्रमा खटिएका एक शिक्षकले आफू र अन्य केही छात्राहरूको संवेदनशील अंगमा अनुचित रूपमा छोएको आरोप लगाउँदै प्रहरी प्रधान कार्यालयमा अनलाइनमार्फत उजुरी गरेकी हुन्। बुधबार मात्र उक्त उजुरी कैलाली जिल्ला प्रहरी कार्यालयमा पुगेको छ। उजुरी प्राप्त भएपछि प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार, उजुरीमा उल्लेखित शिक्षकसहित परीक्षा केन्द्रमा खटिएका अन्य कर्मचारीहरूसँग सोधपुछको तयारी भइरहेको छ। घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारीमा प्रहरीले जोड दिएको छ।...
धनगढीमा आफैले पालेको राँगाको आक्रमणमा किशोरी गम्भीर घाइते

धनगढीमा आफैले पालेको राँगाको आक्रमणमा किशोरी गम्भीर घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— धनगढी उपमहानगरपालिका–१७ पथरीमा आफैंले पालेको राँगाले आक्रमण गर्दा १५ वर्षीया किशोरी गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार ज्वती चौधरी नामकी ती किशोरीलाई घरमै पालेको राँगाले हानेपछि उनको संवेदनशील अङ्गसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले किशोरीको अवस्था गम्भीर रहेको र उनलाई निसर्ग अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिए।...
आज देशका पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना

आज देशका पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— देशमा हाल स्थानीय वायुको प्रभावसँगै बंगालको खाडी र उत्तर प्रदेश आसपासको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज कोशी प्रदेश सहित देशका पहाडी भेगका केही स्थानमा र बाँकी ठाउँका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ। त्यस्तै, उच्च पहाडी र हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। यस्तो मौसमका कारण कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्क रहन मौसम विभाग...
सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई सुपर ओभरमा हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ। बुधबार अरुण जेट्ली रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनायो। त्यसपछि १८९ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको राजस्थानले पनि २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनायो, जसले गर्दा खेल सुपर ओभरमा पुग्यो। सुपर ओभरमा पहिले ब्याटिङ गर्दै राजस्थानले ११ रन बनायो। जवाफमा दिल्लीले त्यो लक्ष्य केवल ४ बलमै पुरा गर्‍यो। यो दिल्लीको ६ खेलमा पाँचौँ जित हो र उसले १० अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको छ। राजस्थान भने सात खेलमा चार अंकसहित तालिकाको आठौँ स्थानमा छ। उसलाई यो प्रतियोगितामा पाँचौँ हार हो।...
पेट्रोलियम पदार्थको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घट्यो

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मुल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाण्डौ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज