Advertisement

थलारामा क्षयरोग खोजपडताल: ८ सय ६६ जनाको परीक्षण, ६ मा संक्रमण

Advertisement

 

बझाङ — बझाङको थलारा गाउँपालिकामा सञ्चालन गरिएको तीन दिने सक्रिय क्षयरोग खोजपडताल शिविरमा ६ जना नयाँ क्षयरोग संक्रमित फेला परेका छन्। चैत २६ देखि २८ गतेसम्म थलारा गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय बझाङ र स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

गाउँपालिकाका  ९ वटै वडामा सञ्चालित शिविरमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त मेसिन प्रयोग गरी ८ सय ६६ जनाको छातीको एक्सरे परीक्षण गरिएको थियो। परीक्षणको आधारमा ५१ जनामा क्षयरोगको आशंका देखिएकाले उनीहरूबाट थुक (खकार) संकलन गरिएको थियो।

संकलित खकार नमुनाहरूलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको अणुविज्ञानी तीव्र पहिचान प्रविधि प्रयोग गरी परीक्षण गरिएको थियो। परीक्षणको क्रममा ६ जनामा क्षयरोगको जीवाणु (माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस) पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय बझाङका प्रयोगशाला निरीक्षक नारायण जोशीका अनुसार ती संक्रमित बिरामीहरूलाई आजैदेखि औपचारिक रूपमा उपचारमा ल्याइएको छ। साथै, उनीहरूको अवस्थाबारे सम्बन्धित स्थानीय स्वास्थ्य संस्था र गाउँपालिकालाई जानकारी गराइसकिएको जोशीले बताए।

एआई प्रविधिबाट गरिएको एक्सरे परीक्षणमा क्षयरोगको आशंका देखिए तापनि थुक परीक्षणमा जीवाणु नदेखिएका व्यक्तिहरूलाई निगरानीमा राखिने र आवश्यक परे पुनः परीक्षण गरिने योजना रहेको पनि जोशीले जानकारी दिए।

यसैक्रममा  बझाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूमा पनि क्षयरोग परीक्षण गरिएको थियो, तर कुनै पनि व्यक्तिमा संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज