सुनपाल सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम
कैलाली— कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई निःशुल्क ड्राइभिङ तालिम दिएको छ।
समूहले आफ्नै वार्षिक कार्यक्रमअन्तर्गत जीविकोपार्जनमा टेवा पुर्याउँदै रोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ४५ दिने उक्त तालिम सञ्चालन गरेको हो। समूहका अध्यक्ष रामबहादुर कामीका अनुसार वन ऐन, २०७६ अनुसार सामुदायिक वनको आम्दानीको एक हिस्सा सामाजिक हितका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्थाअनुरूप तालिम सञ्चालन गरिएको हो।
गत वैशाख १३ गते सुरु भएको तालिम जेठ २६ गते सम्पन्न भएको थियो। तालिम मनकामना ड्राइभिङ सेन्टर, मसुरियाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सवडिभिजन वन कार्यालय मसुरियाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक व...











