७०१ पालिकाको बजेट सार्वजनिक, काठमाडौंलगायत केहीले अझै पेश गरेनन्
काठमाडौँ- देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७०१ पालिकाले आगामी आर्थिक वर्षको बजेट संघीय पोर्टलमा प्रविष्ट गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बुधबार बिहानसम्म ५२ पालिकाले बजेट प्रविष्ट गर्न बाँकी छ।
सबैभन्दा धेरै मधेश प्रदेशमा बजेट प्रविष्ट नगर्ने पालिका छन्, जहाँ १३६ मध्ये ११२ पालिकाले मात्र बजेट पेश गरेका छन्। कोशीमा १३०, बागमतीमा ११०, गण्डकीमा ८४, लुम्बिनीमा १०१, कर्णालीमा ७७ र सुदूरपश्चिममा ८७ पालिकाले बजेट ल्याएका छन्।
काठमाण्डौ महानगरपालिका र धरान उपमहानगरपालिकाले असार १० गतेसम्म बजेट पेश गर्न सकेनन्। संघीय राजधानी काठमाडौंले आन्तरिक विवादका कारण बजेट ल्याउन नसकेको हो। विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखराले भने समयमै बजेट प्रस्तुत गरेका छन्।
संविधानअनुसार पालिकाले असार १० गतेभित्र बजेट पेश गर्नुपर्ने व्यवस्था छ। अझै बजेट नल्याउने पालिकाहरूमा प्...









