Advertisement

Breaking News 1

पहिलो पटक अपी हिमाल आरोहणका लागि टोली प्रस्थान

पहिलो पटक अपी हिमाल आरोहणका लागि टोली प्रस्थान

Breaking News 1, ताजा अपडेट, पर्यटन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलाको अपिहिमाल गाउँपालिकामा अवस्थित अपी हिमाल पहिलो पटक आरोहण हुने भएको छ । यसका लागि १५ सदस्यीय आरोही टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले आयोजना गरेको विशेष बिदाइ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे । उनले अपी हिमालको पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र गर्वको क्षण हुने उल्लेख गरे । हालै सरकारले राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालमा दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेपछि अपी हिमाल आरोहणको बाटो खुलेको हो । कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहणलाई नेपाल चिनाउने महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै शेर्पा र गैर–शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमालारोहणमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरे । उनका अनु...
प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलसहित आज चीनको तियान्जिन प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे। प्रधानमन्त्रीको बिदाइका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि उपस्थित थिए। त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा हुने शिखर सम...
मनसुन सक्रिय : देशभर बदली, विभिन्न प्रदेशमा मध्यम वर्षाकाे सम्भावना

मनसुन सक्रिय : देशभर बदली, विभिन्न प्रदेशमा मध्यम वर्षाकाे सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सामान्यभन्दा दक्षिणतिर र पश्चिमतर्फ सरदर स्थानको आसपास रहेको छ। यसकै प्रभावले देशभर सामान्यतया बादल लागिरहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान छ। सबै प्रदेशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
निलकमल सहकारीमाथि कोष हिनामिनाको आरोप, पदाधिकारी मौन

निलकमल सहकारीमाथि कोष हिनामिनाको आरोप, पदाधिकारी मौन

Breaking News 1, दैनिक, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ, बझाङको मष्टा गाउँपालिका–१ मा अवस्थित निलकमल महिला बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामाथि वर्षौंदेखि बचतकर्ताको रकम हिनामिना र दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।   वि.सं. २०६७ सालमा तत्कालीन कोटदेवल गाविसमा स्थापना भएको सहकारीले पारदर्शी हिसाब–किताब नगरी, आन्तरिक अडिटमा देखिएका त्रुटिहरू लुकाउने र नियम विपरीत खर्च गर्ने जस्ता गतिविधि गर्दै आएको बचतकर्ताहरूको आरोप छ।   सहकारीकी अध्यक्ष विमला रावलसहित पदाधिकारीहरूले मिलेमतो गरी संस्थाको कोष दुरुपयोग गरेको पीडितहरूले दाबी गरेका छन्। उनीहरूका अनुसार, पटक–पटक गुनासो गर्दा पनि सहकारी नेतृत्वले बेवास्ता गरेको र स्थानीय सरकारले समेत चासो नदिएको छ।   “हामीले पसिनाको पैसा विश्वास गरेर बचत गरेका थियौँ, तर अहिले रकम फिर्ता पाउने कि नपाउने अनिश्चित छ,” एक बचतकर्ताले बताए।   स्थानीय महिलाहरूले सहकारीले मनपरी ढंगले १...
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

Breaking News 1, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको मौलिक तथा ऐतिहासिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पर्वको पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर तयार पारिने बिरुडा भिजाएर गौराको सुरुवात गर्ने चलन छ। यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। पर्वअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाइन्छ। त्यसपछि भाँडाभित्र बिरुडा राखी देवी गौरीलाई अर्पण गरिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिने चलन छ। गौरा पर्व पुत्रदा एकादशीपछि भदौ महिनाको बिरुडा पञ्चमीका दिनदेखि सुरु हुन्छ। यसअघि एक महिना शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने परम्परा रहिआएको छ। बिरुडा भिजाउँदा गाउँघरमा मंगल गीत गाउँने र सगुन बाँड्ने प्रथा छ। यस पर्वमा पुरुषको व्रतबन्ध जस्तै महिलाले दुवधागो (रक्षासूत्र) बाँध्ने गर्छन्। साथै, महिलाले व्रत बसेर गौरीलाई पूजाआर्चना गरी दीर्घायु, परिवार सुख–शान्ति र स...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यसको प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही ठाउँमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा र लुम्बिनीको तराई तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। राति देशभर सामान्य बदली रहनेछ। पहाडी भूभागका धेरै ठाउँमा मध्यम वर्षा र गण्डकी, कर्णाली, सुदूरपश्चिमको पहाडी क...
बाढीले बगाएको चार वर्षपछि पुनःनिर्माण भयो देउरा–रेगम जोड्ने झुलुङ्गे पुल

बाढीले बगाएको चार वर्षपछि पुनःनिर्माण भयो देउरा–रेगम जोड्ने झुलुङ्गे पुल

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चार वर्षअघि बाढीले बगाएको झुलुङ्गे पुल पुनः निर्माण गरिएको छ। केदारस्यूँ गाउँपालिकाको देउरा र थलारा गाउँपालिकाको रेगम जोड्ने सेती नदीमाथिको उक्त पुल पुनःनिर्माण गरिएको हो। २०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पुल बगाएपछि स्थानीयले झण्डै चार वर्ष सास्ती भोग्नुपरेको थियो। पुल बग्दा थलारा गाउँपालिका–१ र २ का सबै गाउँसँगै डोटी जिल्लाका केही बस्तीका बासिन्दा समेत आवतजावतमा समस्यामा परेका थिए। पुल नभएपछि रेगम, पिपलकोट, चुथी, बगडा, मोरायल, खरायल, थापागाँउ, तेलिमाडु लगायतका गाउँका स्थानीयलाई उपभोग्य सामान किन्न, बिरामीलाई स्वास्थ्य संस्थामा लैजान र विद्यार्थीलाई विद्यालय पुग्न समेत कठिनाइ हुने गरेको थियो। आपतकालीन रूपमा दुवै पालिकाले हिउँदमा अस्थायी काठेपुल बनाएर आवतजावतलाई सहज बनाउने प्रयास गरे पनि बर्खामा नदीमा पानी बढ्दा पुल बग्ने भएकाले समस्या दोहोरि...
आज विश्व ताल दिवस

आज विश्व ताल दिवस

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यसहित आज विश्व ताल दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन थालिएको हो। गत वर्षको महासभामा विश्व ताल दिवस मनाउने प्रस्ताव पारित भएको थियो। यस अवसरमा राष्ट्रसङ्घीय संस्था, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय निकाय, नागरिक समाज, निजी क्षेत्र, वातावरणविद् र शैक्षिक अभियन्तालाई तालको महत्वबारे जनचेतना फैलाउने र संरक्षणमा जोड दिने लक्ष्य राखिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा करिब ११ करोड ७० लाखभन्दा बढी ताल छन्, जसले विश्वको चार प्रतिशत भूभाग ओगटेका छन्। प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण ताजा पानीका स्रोत घट्दै गएपछि यस दिवसको महत्व झन् बढेको छ। तालहरूले पेयजल, कृषि र उद्योगका लागि आवश्यक स्रोत उपलब्ध गराउने मात्र नभई जैविक विविधता संरक्षणमा समेत महत्वपूर्ण योगदान दिएका छन्। बढ्दो ...
आज देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशसहित पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्था...
केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी

केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केदारस्यूँ गाउँपालिका– १ देउरामा निर्माण भइरहेको अत्याधुनिक प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको हो। हाल सम्म सुविधा सम्पन्न जिल्लामै सबैभन्दा ठूलो पाँचतले प्रशासनिक भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पालिकाले जनाएको छ । भवन निर्माणको भौतिक कार्य सबै सकिएको छ भने लिप्ट जडान र फलामे सिडि जडान कार्य बाँकी रहेको गाउँपालिकाका सब-इन्जिनियर लोकराज पाण्डेले कामना टुडेसँग बताए । दुई वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरि एल.बि एण्ड एबी बुल्डर्सर प्रालि धनगढी कैलालीले २०७९ मंसिर २१ गते ६ करोड ८० लाख ४५ हजार ३ सय ३२ रुपैयाँ ८८ पैसामा जिम्मा लिएको थियोे । तर निर्माण कम्पनीले तोकिएको समयमा भवन निर्माण गर्न नसकेपछि दुई पटक म्याद थपको माग गर्दै अहिले निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको हो ...
बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने, सुदूरपश्चिममा ६ र देशभर २३ इलाका प्रशासन थपिँदै

बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने, सुदूरपश्चिममा ६ र देशभर २३ इलाका प्रशासन थपिँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- सरकारले सेवा प्रवाहमा सहज ल्याउन बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बझाङको देउरा सहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ। प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ। बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने भन्ने खबर आएपछि केही समय अघि झोताबासीले झोतामा इलाका प्रशासक कार्यालय हुनुपर्ने माग राखेका थिए । नापी पालपोत कार्यालय झोता भएको र इलाका प्रशासन कार्यालय पनि झोतामै हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए । केहीले व्यक्तिले भने भूगोलका हिसाबले सबैलाई पायक पर्ने देउरा भएकाले देउरामा नै इलाका प्रशासन कार्यालय हुनुपर्ने माग गर्दै आएका थिए । अन्ततः सरकारले इलाका प्रशासन कार्यालय देउरामै स्थापना गर्ने निश्चित गरेक...
आज पनि वर्षाको सम्भावना

आज पनि वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
  काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाले सम्भावित वर्षाका कारण आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज