बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझाङ र वडा कार्यालयको संयुक्त साझेदारीमा स्थानीयलाई ७ दिने साबुन बनाउने तालिम प्रदान गर्न थालिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मानबहादुर धामी र वडाध्यक्ष बिजय बहादुर धामीले यहीँ चैत २४ गते संयुक्त रूपमा तालिमको उद्घाटन गरेको वडा कार्यालयले जनाएको छ ।
उद्घाटन समारोहमा वडा सचिव धनशेर बहादुर बुढाले तालिमको महत्वबारे प्रकाश पार्दै यस्ता सीपमूलक कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक सशक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै वडाध्यक्ष धामीले तालिमको लक्ष्य स्थानीय स्रोत र कच्चा पदार्थको उपयोग गर्दै साबुन उत्पादनलाई प्रोत्साहन गर्नु रहेको बताए । उनलेे यस्ता सीपमूलक तालिमले नागरिकलाई आत्मनिर्भर बनाउँदै साना उद्योगमार्फत आम...












