Advertisement

Breaking News 1

मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

Breaking News 1, ताजा अपडेट, समाचार
महोत्तरी । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए । प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ । आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए । ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु एसइई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको बताइएको छ । घटनामा त...
सुदूरपश्चिममा १६ लाखभन्दा बढी पुस्तक वितरणको तयारी, ढुवानी तीव्र

सुदूरपश्चिममा १६ लाखभन्दा बढी पुस्तक वितरणको तयारी, ढुवानी तीव्र

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा आगामी शैक्षिकसत्र २०८३ का लागि पाठ्यपुस्तक बिक्रीवितरण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। प्रादेशिक कार्यालयका अनुसार स्थानीय पुस्तक बिक्रेतामार्फत वितरण भइरहेको छ भने हालसम्म करिब रु ३ करोड ७४ लाख ७० हजार बराबरको कारोबार भइसकेको छ। कार्यालय प्रमुख निर्मल कुमार यादवका अनुसार बाजुरा, दार्चुला, अछाम र बझाङ लगायत पहाडी जिल्लामा पुस्तक ढुवानी सम्पन्न भइसकेको छ। चैत ३० गतेभित्र प्रदेशका सबै नौ जिल्लामा पुस्तक पुर्‍याउने लक्ष्य राखिएको छ। दुर्गम क्षेत्रमा समेत ढुवानीलाई तीव्रता दिइएको र शैक्षिकसत्र सुरु हुनुअघि नै सबै स्थानमा पुस्तक पुग्ने विश्वास व्यक्त गरिएको छ। केन्द्रले आगामी वर्षका लागि करिब साढे १६ लाख थान पाठ्यपुस्तक वितरण गर्ने लक्ष्य लिएको छ। हाल कक्षा ३, ५ तथा ६ देखि १२ सम्मका पुस्तक बिक्रीवितरण भइरहेका छन्। चालु शैक्षिकसत्रमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ...
भूकम्प पीडितलाई राहत दिलाउन सक्रिय ऐन महर, प्रक्रिया अघि बढ्यो

भूकम्प पीडितलाई राहत दिलाउन सक्रिय ऐन महर, प्रक्रिया अघि बढ्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ: बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ऐन महर ले भूकम्प पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया छिट्टै अघि बढ्ने बताएका छन् । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मा भएको छलफलपछि उनले बाँकी रहेका वास्तविक पीडितहरूको पहिचान गरी राहत रकम उपलब्ध गराउने विषयमा सकारात्मक सहमति भएको जानकारी दिएका हुन् । २०७९ र ८० सालको भूकम्पबाट प्रभावित बझाङका केही पीडित अझै छुटेको उल्लेख गर्दै सांसद महरले ती सबैलाई समेट्ने प्रक्रिया सुरु गरिने बताए। साथै, यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई प्रक्रिया अगाडि बढाउन पत्राचार भइसकेको उनले जनाएका छन् ।...
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, सभामुखमा डोलप्रसाद अर्याललाई औपचारिक स्वीकृति दिइने

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, सभामुखमा डोलप्रसाद अर्याललाई औपचारिक स्वीकृति दिइने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- संघीय संसद्को दुवै सदन-प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ भने अपराह्न १२:१५ बजे राष्ट्रियसभाको बैठक तय गरिएको छ। आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्याल यसअघि नै निर्विरोध रूपमा सभामुख चयन भइसकेका छन्। उनको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्। त्यस्तै, राष्ट्रियसभाको बैठकमा विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेर गर्ने कार्यसूची रहेको छ। साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिनेछ। यसैगरी, प्रधानमन्त्री बा...
धनगढीमा कुटपिट प्रकरण : व्यवसायीमाथि आक्रमण, पावर देखाउँदै धम्कीको आरोप

धनगढीमा कुटपिट प्रकरण : व्यवसायीमाथि आक्रमण, पावर देखाउँदै धम्कीको आरोप

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढीमा मदिरा सेवन गरेर मातेका एक व्यवसायीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। तर, घटनापछि पीडित भनिएका व्यवसायीले कानुनी उपचार खोज्नुको सट्टा ‘पावर’को दम्भ देखाउँदै विभिन्न किसिमका धम्की दिएको आरोपसमेत लागिरहेको छ। चैत १६ गते सोमबार राति करिब साढे १ बजे धनगढी–४ स्थित दक्षिणकाली मार्गको ६ लेन सडकमा व्यवसायी विकास सिङ्घल माथि कुटपिट भएको बताइएको छ। सिङ्घलले प्रदेश र जिल्लाका उच्च पदस्थ प्रहरी अधिकारीहरूसँग राम्रो सम्बन्ध रहेको दाबी गर्दै आफूले जुनसुकै बेला जे पनि गर्न सक्ने भन्दै धम्की दिएको आरोप घटनामा संलग्न भनिएका पक्षले लगाएका छन्। साथै, उनले प्रहरी अधिकारीहरूलाई सिद्धार्थ लगायतका होटलमा खानपिन गराउने गरेको दाबी पनि गरिएको छ। उनीकै घरमा भएको छलफलका क्रममा कुटपिटमा संलग्न व्यक्तिहरूको सार्वजनिक रूपमा बेइज्जत गर्न मिडियाको प्रयोग गर्ने चेतावनी दिएको आरोपसमेत लागेको छ। तर सिङ्...
घाइते प्रहरी अनिल रावलका लागि सहयोग जुट्दै : थ्री स्टार इंग्लिस बोर्डिङ स्कुलबाट नगद र निःशुल्क शिक्षाको प्रतिबद्धता

घाइते प्रहरी अनिल रावलका लागि सहयोग जुट्दै : थ्री स्टार इंग्लिस बोर्डिङ स्कुलबाट नगद र निःशुल्क शिक्षाको प्रतिबद्धता

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - कैलालीको कैलारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका प्रहरी जवान अनिल रावलको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। बझाङको मष्टा गाउँपालिका- १ घर भएका रावल हाल निसर्ग हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचाररत छन्। गत चैत ११ गते ड्युटी सकेर घर फर्कने क्रममा भएको दुर्घटनापछि उनी गम्भीर घाइते भएका हुन् र उनको स्वास्थ्य अवस्था अझै जटिल रहेको चिकित्सकहरूले बताएका छन्। यसैबीच, थ्री स्टार इंग्लिस बोर्डिङ स्कुल का संस्थापक गोपाल शर्मा तथा संचालक मिरा आचार्य ले रावलको उपचारका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। साथै, उनले रावलका एक छोरालाई कक्षा १० सम्म विद्यालयमा लाग्ने सम्पूर्ण शैक्षिक खर्च निःशुल्क व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि रावलको जीवन बचाउन विद्यार्थीहरूले समेत मानवीय संवेदनशीलता देखाउँदै आर्थिक सहयोग गरेका थिए। देशको सुरक्षाम...
पेट्रोलियम मूल्यवृद्धि विरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

पेट्रोलियम मूल्यवृद्धि विरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

Breaking News 1, मुख्य समाचार, समाचार
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राजधानी काठमाडौंमा युवाहरूले प्र'दर्शन गरेका छन्। राष्ट्रिय जेनजी नागरिक अभियान र कु'शासन विरुद्धको महाअभियानको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले पेट्रोलको बढ्दो मूल्यले जनजीवनमा गम्भीर असर परेको बताएका छन्। उनीहरूले मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरू समेत महँगिन सक्ने भन्दै चिन्ता व्यक्त गरे। प्रदर्शनका क्रममा सहभागीहरूले “महंगीको मार बन्द गर”, “पेट्रोल कर कम गर”, “मूल्य घटाएर जनतालाई राहत देऊ” र “पेट्रोलमा कर खारेज गर” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले पेट्रोलियम पदार्थमा लगाइँदै आएको विभिन्न करहरू खारेज गर्नुपर्ने माग राख्दै मूल्य घटाउन सरकारसँग आग्रह गरेका छन्। प्रदर्शनकारीहरूले सरकारको ध्यानाकर्षण गराउँदै जनतालाई तत्काल राहत दिनुपर्ने बताएका छन्। आयोजकहरूले मूल्यवृद्धिको निर्णय फिर्ता ल...
दुर्घटनाबाट गम्भीर घाइते रावललाइ थ्री स्टार इङलिस बोर्डिङ स्कुलको ठूलो सहयोगhttps://kamanatoday.com/2026/04/04/18/12/39/18834/

दुर्घटनाबाट गम्भीर घाइते रावललाइ थ्री स्टार इङलिस बोर्डिङ स्कुलको ठूलो सहयोगhttps://kamanatoday.com/2026/04/04/18/12/39/18834/

Breaking News 1, कैलाली, घटना, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी : गत चैत ११ गते कैलालीको कैलारी गाउँपालिकास्थित भर्री चोकमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाडते भएका प्रहरी जवान अनिल कमार रावलको उपचारका लागि सामाजिक क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम सुरु भइरहेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी पोस्ट हसूलियामा कार्यरत रावलको दुर्घटनाबाट टाउकोमा गम्भीर चोट लागेको थियो ।  उनी विगत १० दिनदेखि धनगढीस्थित निसर्ग अस्पतालको भेन्टिलेटरमा मृत्युसँग लडिरहेका छन । उपचार खर्च निकै महँगो भइरहेको र परिवारको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा थ्रि स्टार इङ्ग्लिस बोर्डिड स्कुलले  सहयोगको हात अगाडि बढाएको हो । विद्यालयका संस्थापक गोपाल शर्मा र सञ्चालक मिरा आचार्यले शनिबार रावलको परिवारलार्ड भेट गरी तत्काल राहत स्वरूप २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका छन । आर्थिक सहयोगका अति...
पन्जाब किङ्सको लगातार दोस्रो जित, चेन्नई ५ विकेटले पराजित

पन्जाब किङ्सको लगातार दोस्रो जित, चेन्नई ५ विकेटले पराजित

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। २१० रनको लक्ष्य पछ्याएको पन्जाबले १८.४ ओभरमा ५ विकेट गुमाएर सहज जित निकालेको हो। कप्तान श्रेयस अय्यरले २९ बलमा ५० रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। उनले ४ चौका र ३ छक्का प्रहार गरे। चेन्नईका लागि म्याट हेनरी र अन्शुल कम्बोजले समान २–२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। आयुष म्हात्रेले ४३ बलमा ७ चौका र ५ छक्कासहित ७३ रनको उत्कृष्ट पारी खेले। शिवम दुबे ४५ रनमा अविजित रहे भने सरफराज खानले ३२ र कप्तान रुतुराज गायकवाडले २८ रन जोडे। सन्जु सामसन ७ रनमै आउट भएपछि म्हात्रे र गायकवाडबीच ९६ रनको महत्वपूर्ण साझेदारी बनेको थियो। त्यसपछि सरफराज र दुबेको प्रभावक...
मोटरसाइकल दुर्घटनामा घाइते प्रहरी जवानलाई विद्यार्थीद्वारा आर्थिक सहयोग

मोटरसाइकल दुर्घटनामा घाइते प्रहरी जवानलाई विद्यार्थीद्वारा आर्थिक सहयोग

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - कैलालीको कैलारी गाउँपालिका मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका प्रहरी जवान अनिल रावलको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । बझाङको मष्टा गाउँपालिका–१ घर भएका रावलको उपचारका लागि विद्यार्थीहरूले आर्थिक सहयोग गरेका हुन् । गत चैत ११ गते ड्युटी सक्काएर घर फर्कने क्रममा भएको दुर्घटनापछि उनलाई निसर्ग हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। प्रहरी जवान पेशामा कार्यरत रावलको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचार खर्च करिब २० लाख रुपैयाँ नाघ्ने अनुमान गरिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण परिवारलाई उपचार खर्च धान्न कठिन भएपछि सहयोगको अपिल गरिएको थियो। सोही अपिलपछि दीपक जोशीको पहलमा देवराज, माधव, सुरेश, लक्ष्मण, उमेश र अनिशा लगायतका साथीहरूको सहयोगमा ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूबाट आर्थिक सहयोग संकलन गरिएको थियो। संकलित रकम १७ हजार २३५ रुपैया...
जवाफदेहितामा अनुभव बटुलेका खड्का जिल्ला अस्पतालकाे अध्यक्षमा

जवाफदेहितामा अनुभव बटुलेका खड्का जिल्ला अस्पतालकाे अध्यक्षमा

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- जिल्ला अस्पताल सिमखेतको अध्यक्षमा विरेन्द्र बहादुर खड्का चयन भएका छन् । स्वास्थ्य सेवाको गुणस्तर सुधार र संस्थागत सुशासन प्रवर्द्धनमा अनुभव हासिल गरेका खड्का अध्यक्षमा नियुक्त भएसँगै स्वास्थ्य क्षेत्रप्रति नयाँ अपेक्षा बढेको छ। जयपृथ्वी नगरपालिका–३, बझाङका स्थायी बासिन्दा खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) तथा पाठ्यक्रम तथा मूल्यांकन विषयमा एमएड उत्तीर्ण गरेका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो सार्वजनिक जीवन सुरु गरेका उनी अनेरास्ववियुका विभिन्न तहमा सक्रिय रहँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। विद्यार्थी आन्दोलनको क्रममा उनले कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिवको भूमिका निर्वाह गरेका थिए। अहिले खड्का नेकपा एमालेको जिल्ला कमिटी सदस्य रहेका छन् । खड्काले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थास...
सुनकुडा स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न ,१२९ जनाले लिए सेवा

सुनकुडा स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न ,१२९ जनाले लिए सेवा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य सम्बन्धी निशुल्क बृहत् शिविर सम्पन्न भएको छ। बित्थडचिर गाउँपालिकाको समन्वयमा नर्वेजियन राजदूतावास, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) तथा आड्रा नेपालको प्राविधिक सहयोगमा आयोजित शिविर सोमबार सम्पन्न भएको हो । शिविर मार्फत १२९ जनाले सेवा लिएका छन् । जसमा १२२ जनाको भिआइए (VIA) परीक्षण गरिएको थियोे । सो मध्ये ४८ जनामा पोजेटिभ नतिजा देखिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्। प ४ जनालाई थप शल्यक्रियाका लागि सिफारिस गरिएको छ भने १६ जनालाई थर्मोकोएगुलेसन सेवा प्रदान गरिएको पालिका प्रवक्ता तथा वडाध्यक्ष हरिश्चन्द्र जोशीले कामना टिभीलाई जानकारी दिए । साथै २ जनामा सर्भिसाइटिस समस्या पहिचान गरी आवश्यक उपचार सेवा उपलब्ध गराइएको थियो। प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि, रोगको समयमै पहिचान तथा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज