Advertisement

प्रधानमन्त्री बालेनको निर्देशनले बढायो सरकारी खर्च, प्रतिस्पर्धात्मक मिडियाको अस्तित्व संकटमा

Advertisement

कैलाली : सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धात्मक र लागत प्रभावकारी बनाउने उद्देश्यसहित लागू गरिएको ऐन कानुन माथी नै यतिबेला प्रश्न उठिरहेका छन । सरकारी निकायहरूबाट प्रकाशित हुने सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू सीमित माध्यममा केन्द्रित गर्दै राज्यको खर्च उल्लेखनीय रूपमा बढेको देखिएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ र त्यसको नियमावलीले स्पष्ट रूपमा बोलपत्र आह्वानसम्बन्धी सूचना राष्ट्रियस्तरका क वर्गका दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक खरिद ऐन मा क वर्गको राष्ट्रिय दैनिक भनेपछि त्यसमा सरकारि र गैरसरकारी दुइटै पत्रीकाहरु समावेश हुन्छन् । तर भर्खरै गठन भएको नयाँ सरकारले भने सरकारी निकायका सूचना केवल सरकारी स्वामित्वको गोरखापत्र संस्थान मार्फत मात्र प्रकाशित गर्न लिखित निर्देशन दिइएको छ । यसले कानुनको मूल मर्ममाथि प्रत्यक्ष प्रश्न उठाउँछ । केही वर्षअघिसम्म सूचना प्रकाशनमा निजी मिडियाबीच कडा प्रतिस्पर्धा थियो । नागरिक दैनिक, नयाँ पत्रिका, मध्यान्ह राष्ट्रिय दैनिकलगायत पत्रिकाहरूबीच प्रतिस्पर्धा हुँदा सूचना प्रकाशन दर उल्लेखनीय रूपमा कम रहन्थ्यो । प्रतिसिसी १२०० रुपैयाँ सामान्य दर थियो भने कतिपय अवस्थामा प्रतिसिसी ९०० रुपैयाँसम्ममा समेत सूचना प्रकाशित भएको प्रमाणहरू रहेका छन् । तर अहिले प्रतिस्पर्धा हटेसँगै बजार दर बढेर प्रतिसिसी १६०० रुपैयाँभन्दा माथि पुगेको छ ।

यसको प्रत्यक्ष असर सरकारी खर्चमा देखिएको छ । औसत रूपमा एउटा सार्वजनिक सूचना कम्तीमा ७० सिसीको हुन्छ भने बढिमा २५० सिसि सम्मका हुन्छन् । अहिलेको दरअनुसार, एउटै सूचनामा ७० सिसी × १६०० = १,१२,००० रुपैयाँ खर्च भइरहेको छ । यो सानो सुचनाको हकमा मात्र हो अझै ठूलो सुचनाको खर्च भार निकै हुन जान्छ । प्रतिस्पर्धात्मक अवस्थामा यो खर्च केवल ८४,००० रुपैयाँ मात्र हुन्थ्यो । यदि पहिलेको ९०० रुपैयाँ प्रतिसिसी दरसँग तुलना गरियो भने, वर्तमान अवस्थामा ४९,००० रुपैयाँसम्मको अतिरिक्त भार देखिन्छ । देशभरका सरकारी निकायबाट प्रकाशित हुने सयौं सूचना यसरी हिसाब गर्दा राज्यको खर्च करोडौँ रुपैयाँसम्म पुगेको अनुमान गर्न सकिन्छ ।

सूचनाहरू एउटै माध्यममा थुप्रिँदा गोरखापत्र संस्थानले ८ पृष्ठ बाट ३६ पृष्ठसम्म निकाल्नुपरेको छ । पृष्ठको संख्या अझै बढ्ने देखिन्छ । पृष्ठ विस्तारसँगै कागज, छपाइ र वितरण खर्च सबै बढेको छ, जसले सूचना प्रकाशनलाई अझ महँगो बनाएको छ ।

यसले  सरकारी खर्च बढाएको मात्र नबढाइ निजी मिडिया बजारलाई समेत प्रत्यक्ष असर गरेको छ । सूचना प्रकाशनबाट हुने आम्दानी निजी पत्रिकाहरूका लागि महत्वपूर्ण आयश्रोत हो । प्रतिस्पर्धा घट्दा उनीहरूको आर्थिक आधार कमजोर भएको छ भने बजार विविधता पनि घट्दै गएको छ । निजि मिडियामा काम गरिरहेका र निजि मिडियाले रोजगारी दिइरहेका कयौं श्रमजीवी पत्रकारहरुको रोजगारी समेत खोसिने अवस्थामा पुगेको छ । यसरी एउटै संस्थामा सूचना केन्द्रित गर्दा एकाधिकारको प्रवृत्ति बलियो बनेको छ । यसले कानुन र व्यवहारबीच स्पष्ट अन्तर देखिएको छ । सार्वजनिक खरिद प्रणालीको उद्देश्य खुला प्रतिस्पर्धा, पारदर्शिता र लागत नियन्त्रण हो तर व्यवहारमा सूचना प्रकाशनमा विकल्प एउटै हुँदा प्रतिस्पर्धा समाप्त भएको छ र कानुनको मर्म निष्प्रभावी भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

धनगढी- कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा शुक्रबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।...
आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बद...
बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडी- बैतडीकाे पाटनमा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुधवार जिल्लाकाे पाटन नगरपालिका- ४ तोलीस्थित सडक छेउको नालीमा एक पुरु...
डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन्। दार्चुलाबाट बुधबार प्रेस विज्ञप्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज