सोचेभन्दा बढी माया पाएँ : नयाँ नेतृत्वका लागि जनताको भरोसा बढ्दो: एमाले उपाध्यक्ष तिलक कुँवर
अछाम- एमाले अछाम जिल्ला पार्टी उपाध्यक्ष तिलक कुँवरले चुनावी घरदैलोका क्रममा जनताबाट सोचेभन्दा बढी माया पाएको बताएका छन् ।
जिल्लाको रामारोशन गाउँपालिका-७ सुतारमा घरदैलो कार्यक्रममा बोल्दै उनलेे यस्तो बताएका हुन् ।
कुँवरले विगत २० वर्षदेखि निरन्तर जित्दै आएका नेताहरू जनअपेक्षित काम गर्न असफल भएको आरोप लगाए ।
उनले भने,“बारम्बार जित्दै आएका नेताहरू जनताको दुःख, पीडा र मागको पक्षमा उभिएको देखिएन । जनभावनामा लात हान्दै हिँडेकाहरूलाई होइन, अब नयाँ उम्मेदवारलाई अवसर दिनुपर्ने समय आएको छ ।”
कुँवरले अछाम क्षेत्र नं. १ का एमाले उम्मेदवार दिपक साउँद कुनै पदमा नहुँदा पनि जिल्लाको शिक्षा, स्वास्थ्य, खेलकुद र सडक सञ्जाल विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।
“पदमा नभएर पनि जिल्लाका लागि काम गर्ने नेता नै आजको आवश्यकता हो,” भन्दै उनले साउँदको कार्यसम्पादनको खुलेर प्रशंसा गरे ।
उनले उपस्थित ...











