Advertisement

साउँदलाई बिजय गराउन स्थानीय स्तरबाटै सक्रिय हुँदै एमालेजन , रामारोशन- ४ मा वडा कमिटी बैठक सम्पन्न

Advertisement

अछाम- अछाममा नेकपा एमाले स्थानीय स्तरबाटै आफ्ना उम्मेदवारलाई बिजय गराउन सक्रिय हुन थालेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँदलाई बिजय गराउन एमाले वडातहबाटै सक्रिय हुन थालेको हो ।

जिल्लाको रामारोशन गाउँपालिका नेकपा एमाले कमिटीले आइतबार पालिका स्तरका पदाधिकारीलाई विभिन्न जिम्मेवारी प्रदान गर्दै उम्मेदवार बिजय गराउन सक्रियता देखाएको हो, भने वडा कमिटीलाई पनि जिम्मेवारी प्रदान गर्न निर्देशन दिइएको थियो ।
सो निर्देशन अन्तर्गत सोमबार नेकपा एमाले रामारोशन गाउँपालिका वडा नं-४ को वडा कमिटीले पार्टीका उम्मेदवारलाई विजय गराउन जिम्मेवारी बाँडफाँड गरेको छ ।

बाटुलसैनमा सम्पन्न वडा कमिटी बैठकले वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ । वडा कमिटी अध्यक्ष अध्यक्ष तपेन्द्र शाहको संयोजकत्वमा १५१ सदस्यीय समिति गठन गरिएको छ ।
यस्तै वडा कमिटी सचिव प्रयागराज उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरिएको छ । यसैबीच भुवन बिष्टको संयोजकत्व २५ सदस्यीय वडा स्तरीय नेशनल भोलेन्टियर फोर्स समेत गठन गरिएको एमाले अछामले जनाएको छ ।

बैठकमा बोल्ने वक्ताहरूले रामारोशनले पहिलोपटक एमालेबाट प्रतिनिधिसभा उम्मेदवार पाएको उल्लेख गर्दै, “अब जिताउनु हाम्रो ऐतिहासिक दायित्व हो” भन्ने दृढ अठोट व्यक्त गरेका छन् ।
उनीहरूले रामारोशनबासी एकजुट भएर दिपक साउँदलाई संसदसम्म पुर्‍याउनुपर्ने समय आएको बताए ।

“दिपक साउँद परिवर्तनका संवाहक”

एमाले रामारोशन गाउँकमिटी अध्यक्ष भीष्म साउँद ले दिपक साउँदलाई विजयी गराएर संसद पठाउन सके अछामको राजनीतिक इतिहासमै नयाँ अध्याय लेखिने दाबी गरेका छन।
उनले भने “नागरिकका समस्या सदनसम्म पुर्‍याउन सक्ने, विकासलाई प्राथमिकतामा राख्ने र युवाको आवाज बन्न सक्ने उम्मेदवार दिपक साउँद नै हुन् ।

वडा कमिटी अध्यक्ष शाहले लामो समयसम्म जिताइएका नेताहरूले जनअपेक्षा अनुसार काम नगरेको गुनासो गर्दै अब विकासप्रेमी, जनउत्तरदायी र परिवर्तनकारी उम्मेदवार दिपकलाई मतदान गर्नुपर्ने समय आएको स्पष्ट पारे । हामीले स्थानीयस्तरबाटै बलियो रुपमा उम्मेदवारलाई बिजय गराउन लागे मात्रै सफल ‍भइने समेत बताए ।

पर्यटनको स्वर्ग मानिएको रामारोशनको विकास पनि दिपकले जिते मात्रै हुने सहभागीहरूको धारणा रहेको थियोे ।

बैठकमा प्रमुख अतिथि एमाले प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, विशिष्ट अतिथि एमाले उम्मेदवार दिपक साउँद, अतिथि प्रदेश कमिटी सदस्य रामारोशन पालिका इन्चार्ज चक्र रावल , जिल्ला सचिव हिरेण्ड भट्टराई , युवा नेता गोविन्द साउँद , महादिवेशन प्रतिनिधि परिषद सदस्य डिबि साउँद, जिल्ला कमिटी सदस्य, वडा कमिटी पदाधिकारी नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियोे ।

पालिकामा पार्टीका वडा कमिटीका चुनाव लक्ष्यित बैठक निरन्तर हुने जनाइएको छ । अन्य स्थानीय तहमा पनि पार्टीका पालिका र वडाका चुनावी कार्यक्रम भइरहेका छन् ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज