धनगढी- अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । केन्द्रका अनुसार अछामको बाटुलासेन केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको छ ।
भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ।

