गेटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार एकजना घाइते
धनगढी- कैलालीको गेटामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडी आईतवार राती मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका-४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको हो ।
सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका-४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।...












