टीकापुर अस्पतालमै सर्जरी सेवा : बिरामीलाई राहत
कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ । दुई वर्षमा ‘जनरल सर्जन’तर्फ एक हजार तीन सय ७० को शल्यक्रिया भएको छ । अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालमा श्ययाको सङ्ख्या र परीक्षण गर्ने उपकरणको प्रयाप्त व्यवस्था भएको भए यो सङ्ख्या अझ बढी हुने चिकित्सक बताउँछन् ।
टीकापुर अस्पतालका शल्यचिकित्सक नवीनचन्द्र भट्टले आफ्नो सेवा सुरुआत गरेसँगै अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको हो । उहाँले २०७९ असारदेखि अस्पतालमा आफ्नो सेवा थाल्नुभएको थियो । उहाँका अनुसार अस्पतालमा सामान्य, मध्यम र जटिल शल्यक्रियाको सेवा दिने गरिएको छ । दुई वर्षका अवधिमा सामान्य शल्यक्रिया छ सय जना गरेको अस्पतालले जनाएको छ । “सामान्य शल्यक्रिया छ ...












